site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विश्वकै पातलो ब्याट्री, कम्फर्ट र मूल्यले एमजी एस५ सेग्मेन्टकै उत्कृष्ट

काठमाडौं । एमजीले नेपालमा नयाँ गाडी एमजी एस५ ईभी सार्वजनिक गर्ने भएको छ । एमजीको नेपालका लागि आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजी एस५ ईभी नेपाल भित्र्याउन लागेको हो । 

रियर ह्विल ड्राइभ, मल्टिलिंक सस्पेन्सन, सबैभन्दा पातलो एलएफपी ब्याट्री जस्ता युनिक फिचरले एमजी एस५ सेग्मेन्टकै उत्ृकष्ठ गाडी बन्ने कम्पनीको भनाइ छ । नेपाली बजारमा यसअघि एमजी जेडएस, एमजी कमेट र एमजीफोर ईभी उपलब्ध गराउँदै आएको एमजीले एस५ लाई जेडएसको नयाँ पुस्ता भनेको छ ।

कम्पनीले फेब्रुअरीभित्रै वा मार्चको सुरुतिर एस५ विद्युतीय गाडी (ईभी) सार्वजनिक गर्ने बताएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सेग्मेन्टकै पहिलो रियर ह्विल ड्राइभ गाडी नेपाली सडकका लागि अब्बल हुने एमजी नेपाल एवं पारामाउन्ट मोटर्सका महाप्रबन्धक (जनरल म्यानेजर) सुनील क्षेत्रीको भनाइ छ ।
०००
नेपालमा मास सेलिङ मोडलको फस्र्ट मुभर ईभीका रुपमा जेडएस ईभी एकदमै सफल मोडल भएको एमजी नेपालका महाप्रबन्ध क्षेत्रीको भनाइ छ ।

“एसयूभी प्लेटफर्म, नेपालका उपभोक्तालाई चाहिने रेन्ज, फिचर र प्राइस मिलेको भएर हाम्रो लागि एकदमै सफल मोडल हो । जेडएस ईभीको इन्डअफ दि लाइफ भएको भएर नयाँ सक्सेसर हामीले एस५ भनेका छौं,” उनले भने । 

चीनमा घरेलु बजारमा ईएस५ भनिने गाडीको निर्यात मोडललाई एस५ भनेको छ । 

युरोप, ल्याटिन अमेरिका, अष्ट्रेलिलगायत मूलकभन्दा पहिले औपचारिकरुपमा एस५को पहिलो ग्लोबल लञ्च नेपालमा हुने उनले बताए ।
 

विशेषता र फिचर

जेडएस ईभीलाई विस्थापित गर्ने एस५ ईभीमा प्रयोग भएको प्रविधि र फिचर नै एमजीको प्लेटफर्ममा नयाँ छन् ।

“५० देखि ६० लाख रुपैयाँ पर्ने सबैजसो ईभी फ्रन्ट ह्विल ड्राइभ आइरहँदा रियर ह्विल ड्राइभ एस५ को सेग्मेन्टमै पहिलो हो र यसमा इन्डिपेन्डेन्ट मल्टिलिंक सस्पेन्सन सेटअप छ” उनले भने ।

रियर ह्विल ड्राइभ गाडीमा पछाडिको चक्काबाट मोटरले पावर दिन्छ । 

“नेपाल जस्तो अफरोड, खराब, पिच नभएको र उकालो सडकमा यसले ठूलो मद्दत पुर्याउँछ । फ्रन्ट ह्विल ड्राइभमा खासगरी ईभीमा अगाडीको बडी वेट हलुका हुने भएर ट्र्याक्सन कम भएर गाडी स्पिन हुन्छ । यसमा पछाडिबाट पावर दिने हुँदा जस्तोसुकै खराब बाटोलाई पनि राम्रोसँग ट्याकल गर्छ,” उनले भने ।

यस्तै मल्टिलिंक इन्डिपेन्डेन्स सस्पेन्सनले चारवटै चक्कामा इन्डिपेन्डेन्ट सस्पेन्सन दिने हुँदा उकालो वा खाल्टो भएको बाटोमा गाडी ब्यालेन्स मिलाएर आफैं स्टेबल हुन्छ ।
०००

पूर्ण ईभी प्लेटफर्म, पातलो ब्याट्री

एस५ ईभी एमजीको पूर्ण विद्युतीय प्लेटफर्ममा बनेको गाडी हो । एमज४ ईभीमा पनि प्रयोग भएको मोड्युलर स्केलेबल प्लेटफर्म–एमएसपी ले गाडीको गुणस्तरलाई विशेष बनाएको कम्पनीले जनाएको छ ।

एस५ ईभीमा प्रयोग भएको एलएफपी ब्याट्री विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएल र एमजीको सहायकम्पनी एसएआईसी मोटरले बनाएको हो । विश्वकै सबैभन्दा पातलो यो ब्याट्रीको प्याटेन्ट एसएआईसी मोटरले दर्ता गराएको छ ।

“अरु ब्याट्रीको सेटअप र यसको सेटअप फरक छ । अरु भर्टिकल लेआउटमा बस्छ । यो चाहि होरिजन्टल लेआउटमा बस्छ । त्यसैले यसले स्पेस सेफ गर्छ र सुरक्षाका दृष्टिकोणले पनि राम्रो छ,” उनले भने ।

०००

कन्भिनियेन्स

गाडीमा जेडएस ईभीभन्दा ठूलो १२.८ इञ्चको इन्फोटेनमेन्ट स्क्रिन छ । एसी, म्युजिक कन्ट्रोललगायत विभिन्न सुविधाका लागि टचसँगै बटनहरु दिइएको छ । 

“धेरै जसो अध्ययनले अहिले ईभीमा सबै कुरा टच स्क्रिन भएकाले ग्राहकलाई कम्र्फटेबल कम भएको देखाएको छ । त्यसैले अरुले पनि बटन बढी प्रयोग गर्न थालेका छन्, एस५ त्यसरी पनि कन्भिनियन्स छ,” महाप्रबन्धक क्षेत्रीले भने ।

यस्तै गाडीमा स्पटीफाइ, च्याटजीपीटी, युट्युबलगायत एप इन्टिग्रेट गरिएर सिस्टममै राखिएको छ । यी एपहरु कमान्डबाटै काम गर्ने र तीन वर्षको एप सब्सक्रिप्सनसहित उपलब्ध छन् । गाडीको सिस्टममा ईसीम इन्टिग्रेटेड गरिएको छ ।

००००

रियर ह्विलको विशेषताले गाडी स्टेबल र कम्फर्ट रहेको कम्पनीको भनाइ छ । सुरक्षाका लागि ७ वटा एयर ब्याग, एडासमा १६ फिचर्स छन् । गाडी चलाउँदा चलाउँदै ड्राइभरलाई निद्रा लागेको अवस्थामा डिजीनेस मोनिटरिङ सिस्टममको सेन्सरले गाडी आफैं साइड लगाएर ड्राइभरलाई सेफ राख्ने इन्टेलीजेन्ट फिरच समेत गाडीमा छ ।

“एस५ को युनिक फिचर भनेको रियर ह्विल ड्राइभ, इन्डिपेनडेन्ट मल्टिलिंक सस्पेन्सन, विश्वकै पातलो ब्याट्री र इन्टिग्रेटेड एपले यसलाई अन्य गाडीभन्दा उत्ृकष्ठ बनाएको छ,” एमजी नेपालका महाप्रबन्धक क्षेत्रीले भने ।

लामो इतिहास बोकेको एमजीले नेपालमा उपलब्ध गराउँदै आएको सर्भिस, आफ्टर सेल्स सर्भिस र म्यानपावर, उपकरण, दिगो सेवा, स्पेयर पार्टस्लगायत ब्याकअपले ग्राहकको पहिलो रोजाइ बन्ने उनको दाबी छ ।

“यो मूल्य रेन्जमा रहेको जेडएस ईभी र अन्य प्रतिस्पर्धीको भन्दा नयाँ फिचर, साइज, डिजाइन पर्फेक्ट छ र मूल्य पनि त्यसै अनुसार हुने भएकाले हामी यो गाडीलाई लिएर आशावादी छौं,” उनले भने ।

भेरियन्ट र रेन्ज

यो गाडी दुई वटा ब्याट्री अप्सनमा तीन वटा भेरियन्टमा गाडी आउने भएको छ । जसमा ४२ किलोवाटको ब्याट्री अप्सनमा कम्र्फट र डिलक्स भेरियन्ट आउँदैछ । लङ रेन्ज ६२ किलोवाटको ब्याट्री अप्सनमा एउटा मात्रै डिलक्स भेरियन्ट आउँछ ।

डब्ल्यूएलटीपीको सर्टिफाइड रेन्ज ३४० किलोमिटर ४९ किलावोटको लागि र ६२ किलोवाटको लागि ४३० किलोमिरट रेन्ज छ ।

१८ इञ्चको टायर रहेको ४९ किलोवाट क्षमताको ब्याट्री रहेको लक्जरी र ६२ किलोवाटको ब्याट्री रहेको डिलक्स भेरियन्टमा १८० एमएम ग्राउन्ड क्लियरेन्स छ । १७ इञ्चको टायर रहेको ४९ किलोवाटको कम्र्फट भेरियन्टमा १७६ एमएम ग्राउन्ड क्लियरेन्स छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्