site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दिल्ली रेलवे स्टेसनमा कसरी मच्चियो भागदौड ? 

काठमाडौं । भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको छ ।

रेलवे स्टेसनमा भएको भागदौडबारेको प्रश्नमा डीसीपी रेलवे केपीएस मल्होत्राले भने, “भागदौडको कारण छानबिनपछि बाहिर आउनेछ। यो काम रेलवेले गर्नेछ।’’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भने, ‘‘हामीले भीडको अनुमान गरेका थियौँ । तर, दुईवटा रेल ढिलो भएको र त्यहाँ धेरै मानिस जम्मा भएकाले यस्तो अवस्था आएको हो । रेलवेले तथ्य पत्ता लगाउने काम गर्नेछ।”

malhotra-1739673142.webp
 

मल्होत्राले भने, ‘करिब ९ बजे रेल चल्दा भीड बढ्यो । एकै ठाउँमा धेरै मान्छे हुँदा र ट्रेनको प्रतीक्षामा हुँदा कुनै गलत सूचना फैलियो भने यसले पनि भागदौड निम्त्याउँछ। अब के कारणले यस्तो भयो भन्ने कुरा हो । त्यो विन्दु अनुसन्धानपछि आउनेछ, जुन रेलवेले गर्नेछ।”

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्