site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारले अवकाशप्राप्त राष्ट्रसेवक र निजामती कर्मचारीमाथि कडाइ गर्दै

काठमाडौं ।  सरकारले अवकाशप्राप्त राष्ट्रसेवक र निजामती कर्मचारीमाथि कडाइ गर्ने भएको छ ।  अवकाशप्राप्त राष्ट्रसेवक र निजामती कर्मचारीले जथाभावी क्रियाकलाप र अभिव्यक्ति दिन थालेपछि सरकारले उनीहरुमाथि कडाइ गर्न लागेको हो ।

यही फागुन ५ गते मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले अवकाशप्राप्त राष्ट्रसेवक र निजामती कर्मचारीमाथि कडाइ गर्ने निर्णय गरेको हो ।  सचिव बैठकले अवकाशप्राप्त राष्ट्रसेवक र निजामती कर्मचारीलाई आचारसंहिता बनाइ बाँध्ने निर्णय गरेको छ । 

Dabur Nepal
NIC Asia

यसको लागि एउटा समिति गठन गर्ने र उक्त समितिले दुई महिनाभित्र आचारसंहिताको मस्यौदा तयार पार्नेछ । सचिव बैठकले नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । 

उक्त समितिमा गृह सचिव गोकर्णमणि दुवाडी तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सचिव सदस्य रहेका छन् । 

“संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको संयोजकत्वमा गृह सचिव तथा प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सचिव सदस्य रहने समितिले दुई महिनाभित्र सेवा निवृत्त राष्ट्रसेवक÷निजामती कर्मचारीहरुको ज्ञान सीप र अनुभवलाई राष्ट्रसेवामा समुचित उपयोग गर्न तथा निजहरुले पालना गर्नुपर्ने आचरणलाई संहितावद्ध गर्नका लागि कस्यौदा तयार गरी सचिव बैठकमा पेश गर्ने,” फागुन ५ गतेको सचिव बैठकको निर्णयमा भनिएको छ ।

पछिल्लो समय अवकाशप्राप्त सरकारी कर्मचारीले सामाजिक सञ्जालमा जथाभावी लेख्न र विभिन्न क्रियाकलापमा संलग्न हुन थालेपछि सरकारले उनीहरुलाई बाँध्नको लागि आचारसंहिता तयार पार्न लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतको दाबी छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro