site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ओडिसाको केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थीलाई क्याम्पस छाड्न दियो निर्देशन 
तस्बिर : लाेकमत टाइम्स ।

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई क्याम्पस छाड्न निर्देशन दिएको छ । 

केआईआईटीको होस्टलमा आइतबार साँझ एकजना नेपाली छात्रा मृत अवस्थामा भेटिएकी थिइन् । विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रजिस्ट्रारको कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न भनेको हो । 

“नेपालबाट आउने सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । उनीहरूलाई १७ फेब्रुअरी (आज) तुरुन्तै विश्वविद्यालय क्याम्पस खाली गर्न निर्देशन दिइएको छ,” सूचनामा भनिएको छ ।

आइतबार साँझ भुवनेश्वरको पटिया क्षेत्रमा रहेको केआईआईटी विश्वविद्यालयको होस्टेलमा रहस्यमय अवस्थामा नेपाली छात्रा मृत अवस्थामा भेटिएकी थिइन् । 

मृतक बी.टेक तेस्रो वर्षकी छात्रा प्रकृति लम्साल रहेको जनाइएको छ । उनको मृत्युको कारण अझै पत्ता लागेको छैन ।

सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले कथित रूपमा दुव्र्यवहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ ।

सामाजिक सञ्जाल एक्सका एक प्रयोगकर्ताले ती पुरुष विद्यार्थीले प्रकृतिलाई दुव्र्यवहार गरेको अडियो समेत पोस्ट गरेका छन् । 

गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ)लाई प्रकृतिले आफूमाथि दुव्र्यवहार भएको रिपोर्ट गरेकी थिइन् । तर विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको स्रोतको दाबी छ । 

घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए र उनीहरूले विश्वविद्यालयको प्रवेशद्वारबाहिर विरोध प्रदर्शन गरेका थिए ।  विश्वविद्यालय अधिकारीहरूको लापरबाहीको कारण प्रकृति ज्यान गएको भन्दै उनीहरूले नाराबाजी गरेका थिए । 

स्रोतका अनुसार मृतकको शवलाई अहिले पोस्टमार्टमका लागि क्यापिटल अस्पताल लगिएको छ । 

सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै विश्वविद्यालयका रजिस्ट्रार ज्ञानरञ्जन मोहन्तीले प्रकृति सम्बन्धमा रहेको जानकारी दिइन् । 

उनी होस्टेलमा बस्दै आएकी थिइन् र आफ्नो पार्टनरसँगको तनावपूर्ण सम्बन्धका कारण उनले उक्त कदम चालेको उनले बताइन् । प्रकृतिको परिवारका सदस्यलाई घटनाबारे जानकारी दिइएको उनले बताएकी छिन् ।

“विश्वविद्यालयमा सोही वर्षमा अध्ययनरत अभियुक्त केटालाई प्रहरीले पक्राउ गरेको छ,” उनले भनिन् । (संवादबाट) 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro