site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतले भन्यो– नेपाली विद्यार्थीको सुरक्षार्थ सम्पूर्ण कदम चाल्न तयार छौँ

काठमाडौं । भारतले ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा भएको नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युप्रति दु्ःख व्यक्त गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकार सम्मेलनमा भुवनेश्वरको केआईआइटी विश्वविद्यालमा भएको नेपाली छात्राको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

“भारतमा रहेका सबै नेपाली विद्यार्थीको सुरक्षा र हितको लागि आवश्यक सम्पूर्ण कदम चाल्न भारत सरकार तयार छ,” उनले भने ।
भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षा र हितलाई उच्च प्राथमिकता दिने उनले जनाए ।

नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु सम्बन्धमा विदेश मन्त्रालय उडिसा सरकार, केआईआईटी अधिकारी र नेपाली अधिकारीसँग निरन्तर सम्पर्कमा रहेको उनले बताए ।

“आरोपितलाई पक्राउ गरिएको छ । अनुसन्धान अघि बढेको छ । छानविनको लागि ओडिसा सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । नेपाल विद्यार्थीलाई फर्कन अनुरोध गरिसकिएको छ,” विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भने ।

यही फेब्रुअरी १६ का दिन केआईआईटी विश्वविद्यालयको गल्स होस्टेलमा नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

नेपाली छात्रा मृत अवस्थामा भेटिएपछि त्यहाँ अध्ययनरत अन्य नेपाली विद्यार्थीले निष्पक्ष र स्वतन्त्र छानबिनको माग गर्दै आन्दोलन गरेका थिए । त्यसपछि केआईआईटी प्रशासनले नेपाली विद्यार्थीलाई तत्काल होस्टल खाली गर्न र स्वदेश फर्कन भनेको थियो ।

फेब्रुअरी १७ का दिन केआईआईटी प्रशासनले त्यहाँ अध्ययनरत ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई जर्बजस्ती बसमा चढाई रेल स्टेसमा लगि छोडिदिएको थियो । त्यसपछि लम्साको मृत्यु र केआईकेआईटी प्रशासनले गरेको अमानवीय कार्यको नेपाल र भारत दुवै देशमा व्यापक विरोध भएको थियो ।

दबाब थेग्न नसकेपछि फेब्रुअरी १७ का दिन नै केआईआइटी प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीलाई फर्कन आह्वान गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro