site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वाग्मती प्रदेशले स्वर्ण पदक विजेतालाई मासिक ६ हजार दिने, सबै खेलमा सहभागिता
Siddhartha BankSiddhartha Bank

काठमाडौं । वाग्मती प्रदेशले आफ्नो सरकारको प्राथमिकतामा परेका खेलबाट नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडीलाई मासिक ६ हजार रुपैयाँ मासिक भत्ता प्रदान गर्ने भएको छ । 

प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले प्रदेश सरकारको प्राथमिकतामा फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराते, तेक्वान्दो, ब्याडमिन्टन तथा पौडीलाई प्राथमिकतामा राखेको बताए । 

Agni Group
NIC Asia

‘‘यो स्वर्ण पदक पनि केन्द्रको राष्ट्रिय खेलकुद परिषद्बाट दिने सेवा सुविधाबाट बञ्चित भएका खेलाडीले मात्र पाउनेछन्,’’ भण्डारीले भने, ‘‘दोहोरिने गरी खेलाडीले यो सुविधा पाउने छैनन् ।’’

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुँदै छ । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र एनआरएन गरी ११ टिमले प्रतिस्पर्धा गर्नेछन् ।  

Global Ime bank

‘‘खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो रकम दिने निर्णय गरेका हौं । यसको सुनिश्चितता प्रदेश खेलकुद विकास नियमावली २०७६ दफा (१३) मा उल्लेख गरिएको छ,’’ भण्डारीले भने । 

वाग्मतीले ३६ वटै खेलमा सहभागी हुने जनाएको छ । वाग्मतीले प्रदेशका खेलाडीहरूलाई ४५ दिने बन्द प्रशिक्षण राखेको छ । वाग्मती प्रदेशले भदौ २० गतेभित्र प्रदेश छनोट गरिसक्ने र राखेपको निर्णयानुसार भदौ २५ गतेसम्म खेलाडीको सम्पूर्ण विवरण पठाउने बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu