site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
सुन्लान् त ‘वेकअप कल’ ?

हुन त राज्यका मालिक जनता हुन् तर शासकहरू राज्यलाई बपौती ठान्छन् । सामन्तहरूले कुल वा बलको आडमा जनताको हक खाेसे । जनतालाई चित्त बुझेन र उनीहरूलाई हटाए । दुर्भाग्य, संसारका धेरै मुलुकमा लोकतन्त्रमा पनि जनता मालिक हुन पाएनन् । 


जनादेश मागेर सरकारमा पुगेका जनताका वारेसले पनि ‘काँक्रालाई धाँक्रो दियो धाँक्रै धनी’ भनेजस्तै गर्न थालेका छन् । अर्थात्, उनीहरू आफूलाई नै राज्यको मालिक ठान्छन् । जन प्रतिनिधिले नै आफूलाई जनताका मालिक ठान्न थालेपछि कर्मचारीले किन नठानून् ? 


यिनै सबैबाट आजित जनता दिक्क भएका छन् । गएको स्थानीय चुनाव हेर्दा जनतालाई हेप्नेलाई सजाय दिन पनि उनीहरूले जानिसकेका देखिन्छ । यसैले जनतालाई लुटेर उनैमाथि शासन गर्नेहरूलाई सजाय दिनेछन् भन्नेमा आशा पलाएको हो । तर, यही आशा राजनीतिक दलका कथित ‘पूर्णकालीन’कार्यकर्ताबाट पनि गर्नु भने अन्याय हुन्छ । 

KFC Island Ad
NIC Asia


सिद्धान्तका अनुयायी कि नेताका दास ?

जुझारु कार्यकर्ता बिस्तारै क्रीतदास बन्दै गएको देखिनु निराशा र ग्लानिको विषय हो । जनताले त कम्तीमा ५ वर्षमा एकपटक मतबाट इच्छा व्यक्त गर्न पाउँछन् । बिचरा कार्यकर्ताले त त्यति पनि पाउँदैनन् । सहरका व्यापारीले वा सत्ताका दलाल अचेको शब्दमा बिचौलियाले सहजै दल र सरकारको नीति नियम प्रभावित गर्छन् । 

Royal Enfield Island Ad


कार्यकर्ता बिचरा न दलकी नीति निर्माण र कार्यक्रम तर्जुमामा सहभागी हुन्छन् न आफूले बोकेर हिँड्ने घोषणापत्रको लेखनमै तीनको आवाज ध्वनित हुन्छ । दलाल र चाटुकारको रजगज हुँदा यी कर्मी मौरीजस्ता कार्यकर्ता कतै देखिँदैनन् र सुनिदैनन् । यसैले होला चुनावैपिच्छे कतै देखिएर कतै लुकेर र केहीमा चुनावका बेला सुतेर कार्यकर्ताले आफ्नो असन्तोष प्रकट गर्ने गरेका छन् । 


यो कार्यकर्ताले नेतालाई दिएको ‘वेक अप कल’ हो है । बिउँझ ! 


नेपालको हैसियत

चुनावमा जनताले सबैको हैसियत देखाइदिएका छन् । नेताहरू भने सत्य स्वीकार गर्नुभन्दा आफूलाई नै जनताले समर्थन गरेको कुतर्क गर्नमा व्यस्त छन् ।  नेपाली जनताले भने राजनीतिक दलका नेतालाई यसपटक पूर्व, पश्चिम, उत्तर र दक्षिण र मध्य भाग सबैतिरबाट ब्युँझनुपर्ने सङ्केत दिएका छन् । 


सके त झ्यालखानामै थुन्नुपर्ने नभए पनि पार्टीलगायत सार्वजनिक जीवनबाटै निकाल्नुपर्नेहरूलाई नेताहरू खोजीखोजी उमेदवार बनाउँछन् । तिनलाई जनताले भोट दिएनन् वा कार्यकर्ताले प्रचार गरेनन् भनेर उल्टै धम्की दिन्छन् ।


जनताले दिएको सन्देश 

कार्यकर्ताले अन्तर्घात गरे वा जनता पैसामा बिके भन्नेजस्ता भ्रमबाट मुक्त भएर कम्तीमा पदका लागि योग्य उमेदवार छान्न जनताले दिएको ‘वेकअप कल’ सुने बेस हुनेछ । सके त मतदातालाई नभए पनि कम्तीमा कार्यकर्तालाई आफ्नो क्षेत्रको उमेदवार छान्न दिने हो भने कथित ‘अन्तर्घात’ नहोला । फेरि पनि नेताकै खल्तीबाट उमेदवार बनाउने हो भने परिणाम सहन पनि सिक !


‘गठबन्धन’ शब्दसँगै जनवितृष्णा

नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरू सत्तामा पटकपटक पुग्दा पनि रहर किन नपुगेको हो । जनादेश स्वीकार गर्न तयार भए हुन्न? यी दुई दलले अरू कुनै दलसँग पनि तालमेल नगरी चुनाव लडे भने पनि नौरंगी गठबन्धन बनाएर निर्वाचनमा जाँदाभन्दा खासै फरक नपर्ने देखिन्छ । 

एक्लै लड्ने आँट नभए एमाले र कांग्रेस मिलेर लडे पनि हुन्छ । अरू दलले सके अस्तित्व जोगाउलान् नसके समाप्त हुन्छन् । देशले धान्नै नसक्ने गरी नेताका ताबेदार पाल्न राज्यको दोहन त कम होला । 

अरू दलले पनि आफ्नो वास्तविक शक्ती थाहा पाउनेछन् । चुनावपछि त बहुमत पुगे पनि स‌ंयुक्त सरकार बनाए हुन्छ । सरकार चलाउन त सकेसम्म व्यापक राष्ट्रिय सहमति जुट्नु नै बेस हो । 


अहिलेका दललाई नरुचाएको भाष्य सही होइन । अहिलेका नेताको जीवन शैली र सोचप्रति भने पक्कै वितृष्णा छ । यसैले नयाँ दल खोल्ने वा स्वतन्त्र उमेदवार हुने वा दलहरूबाट विद्रोह गर्नेले यही सोच र जीवनशैली बदल्न प्रयास गर्नुपर्छ । जनताले दिएको सन्देश सम्भवतः यही हो । नेताहरूले भने वेक अप कलको घन्टी पनि सुनेको नसुन्यै गरे । 


सुन्लान् त जनताले दिएको वेक अप कल?


र अन्त्यमा 

बालुवाटार मकै लुट काण्डमा धेरैको ध्यान र बहस सडक पेटी छेकेर व्यापार गर्न पाइने कि नपाइनेमा केन्द्रित भयो । मोटर चड्नेहरू सडक खुला हुनुपर्छ भन्ने धेरै देखिए भने पैदल हिँड्नेहरू अलि बढी मानवीय प्रश्नमा केन्द्रित रहे । यी दुवै तर्कमा आआफ्नै दम छ । 


पैदल सडक खाली गराउन खोज्नुलाई अनुचित भन्न सकिँदैन । तर, सडकमा बेचेकै भरमा गाडा र मकै लुट्नु भने कुनै पनि दृष्टिमा उचित होइन । महानगरपालिकाले पनि जनताकाे सम्पत्ति लुट्न पाउने कानुन त बनाएको छैन होला । तस्करीकै सामान जफत गर्दा पनि सम्बन्धित निकायले भर्पाई दिनुपर्छ । अनि त्यसरी सामान जफत गर्न पाउने कानुन पनि हुन्छ र खोल्नुपर्छ ।


भित्री सडकहरूमा हिँड्दा पैदल यात्रुलाई झन् बढी सकस हुन्छ । कतिपय पसलेले त बाटो चेपेका हुन्छन् नै ज्यासलेले पनि चेपेका हुन्छन् । त्यही बिजुली, खानेपानी, ढल र सडक सबैले धराप थाप्ने गरेका छन् । महानगरपालिकालाई पैदल यात्रुको चिन्ता भए त त्यतातिर पनि पुग्थे होलान् नि !

महानगरपालिकाको यस्तो व्यवहार नौलो भने होइन । सम्भवतः नगर प्रहरी गठन गरेदेखि नै सडक लुट अभियान पनि चलिरहेकै छ । यसपटक राजनीतिक दलका उमेदवारलाई पन्छाएर काठमाडौं महानगरका जनताले ‘स्वतन्त्र’ उमेदवारलाई नगर प्रमुख पदमा जिताएका थिए । तिनको कार्यशैली फरक होला कि भनेको सम्भवतः नयाँ नगर प्रमुखलाई पनि विद्यासुन्दर-२ बनाएरै छाड्ने भए ।


सके महानगरलाई माग्ने मुक्त बनाए हुन्छ । यद्यपि, संसारको कुनै पनि सहर माग्ने मुक्त चाहिँ छैन होला । सडकमा ना‌ङ्ले पसल थाप्न नदिए पनि हुन्छ । अरू सहरमा पनि सडकमा खानेकुरा बेच्छन् । अरूले जस्तै काठमाडौं महानगरले पनि गर्नुपर्छ भन्ने छैन । गरिबी देखिने गरी सडकमा निस्कनै निषेध गरे पनि हुन्छ । तर, सबै काम विधिअनुसार गर्नुपर्छ । 


नेपालको संविधान २०७२ ले नेपाली नागरिकलाई पेसा व्यवसाय गर्ने धारा १७ (१)को (च)मा पेसा व्यवसाय गर्ने र धारा २५ मा समुपत्तिको हक दिएको अधिकार  महानगरपालिकाले खाेस्न त सक्तैन होला । सार्वजनिक सडकमा थापिएको पसलबाट कुन कानुन वा नियमले दिएको अधिकार प्रयोग गरेर सामान जफत गरिएको हो खुलाएर भर्पाई दिनुपर््यो नि ! भर्पाई नदिई अरूको सामान बलजफ्ती लानु त लुट नै हो । काठमाडौ महानगरपालिका लुटेरा त पक्कै होइन ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro