site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘हनि ट्रयाप’ घटना– इन्स्पेक्टर फरार, अनुसन्धान प्रतिवेदन सरकारी वकिलकहाँ !

काठमाडौं । प्रहरी निरीक्षक इन्स्पेक्टर बिनुकुमारी शाही नै जोडिएकी भैंसेपाटीको ‘हनि ट्रयाप’ घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वलिक कार्यालय ललितपुर पुगेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन तीन दिनअघिनै सरकारी वकिल कार्यालय बुझाएको हो ।

तीन दिनदेखि सरकारी वकिल कार्यालयले सीआईबीको प्रतिवेदन अध्ययन गरेर मुद्दा दर्ताका लागि तयारी थालेको छ । 

Dabur Nepal
NIC Asia

सीआईबीले अनुसन्धान गर्नुअघि घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो ।

ललितपुरको अनुसन्धानले भैंसेपाटीको घटनामा पक्राउ परेका इटहरीका ताज इस्लाम र दर्शन पोखरेल समूहले विभिन्न ठाउँमासमेत ललितपुरका एक व्यवसायीलाई ‘हनि ट्रयाप’मा पारेर रकम असुल गरेको देखिएपछि थप अनुसन्धानका लागि अनुसन्धान प्रतिवेदन सीआईबी बुझाएको थियो ।

प्रतिवेदनसहित पक्राउ परेका आरोपीहरुलाईसमेत सीआईबीले छुट्टै अनुसन्धान गरेको थियो । 

इटहरीकै भिमादेवी थापा र सुस्मा विकसहितको समूहले ‘हनि ट्रयाप’मा पारेर व्यापारीसँग ३० लाख रुपैयाँ असुल गर्ने प्रयास गरेका थिए । जसमध्ये १० लाख रुपैयाँ भिमादेवीको खातामा ट्रान्सफरसमेत भएको थियो ।
बाँकी रकमको चेक भने प्रहरीले बरामद गरेको थियो ।

सोही घटनामा तत्कालीन भैंसेपाटी प्रभागकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीको संलग्नता देखिएको थियो ।  उनीविरुद्धसमेत ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनलाई पक्राउ गर्न भने प्रहरीले सकेन ।

ललितपुर प्रहरीले पक्राउ गर्न नसकेको बिनु कुमारीलाई सीआईबीले समेत पक्राउ गर्न सकेन । यद्यपी पक्राउ परेका चारजना बाहेक फरार इन्स्पेक्टर शाही र दर्शन पोखरेललाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

दर्शनसँग निकट सम्बन्ध देखिएका प्रहरी उपरीक्षक एसपी कमल थापाको हकमा भने सामान्य बयान कागजमात्रै भएको छ । पक्राउ परेका ताजको मोबाइल फेला नपर्दा र इन्स्पेक्टर शाहीको मोबाइलको समेत डिजिटल फरेन्सिक जाँच नहुँदा उनको कुनै संलग्नता नदेखिएको हो ।

शाहीसहित ६ जनालाई आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो । 

सोही मुद्दा चलाउनुपर्ने राय सीआईबीले दिएको छ । 

सीआईबी स्रोतले भने एसपी थापाको हकमा अनुसन्धान जारी रहेको र केही खुले कानुनी दायरामा ल्याइने बताए ।

स्रोतले भन्यो, ‘‘हामीले जोगाउन खोजेका हौँ । भैँसेपाटी घटनामा उनको भूमिका देखिँदैन । थप प्रमाण आए कानुनी दायरमा ल्याउछौँ अनुसन्धान सकिएको होइन ।’’ 

छ जना प्रतिवादीहरुमध्ये इन्स्पेक्टर शाही, दर्शन पोखरेल भने फरार सूचीमा छन् ।

भैंसेपाटी प्रहरी प्रमुख हुँदा शाहीकै गाडी चालक सहायक हवल्दार महेन्द्र हमाल, सुष्मा विक, ताज इस्लाम र भिमादेवी थापा भने प्रहरीको थुनामा छन् । ताज र सुस्मा असोज ७ गते नै पक्राउ परेका हुन् ।

सुनसरीको एक होटलमा वेटरको रूपमा काम गर्दै आएकी सुस्मालाई ‘हनि ट्रयाप’का लागि ताज र दर्शन पोखरेलको योजनाअनुसार व्यवसायीसँगको सम्पर्कमा पुगेकी थिइन् ।

पछि व्यवसायीबाट रकम असुल गर्न आफू अनकूल ठाउँको खोजी गरेका थिए । त्यसपछि उनीहरू प्रहरी प्रभाग भैंसेपाटी पुगेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता भरतकुमार मैनालीले भने सीआईबीको प्रतिवेदन अध्ययन भइरहेको बताए ।

“हामी सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययन गर्दैछौँ । आइतबार मुद्दा दर्ता गर्ने तयारी गरेका छौँ । एसपीको हकमा पनि अध्ययन भइरहेको छ । अध्ययनकै क्रममा रहेकाले बाँकी आइतबार मात्रै थाहा होला,” मैनालीले भने ।


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro