site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीन भ्रमणबारे प्रचण्डलाई ओलीको प्रश्न– पहिले कता जानुपर्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डताको रक्षा गर्दै छिमेक सम्बन्ध सुदृढ बनाउने बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा ओलीले भ्रमणबारेको निर्णय अपरिपक्व भएको भन्ने प्रश्न उठाएकोमा आक्रोश पोखे ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतीय सञ्चारमाध्यम 'द हिन्दु'मा दिएको अन्तर्वार्तामा पहिले चीन भ्रमण गर्ने ओलीको निर्णयलाई अपरिपक्व भनेका थिए ।

“कतिले के–के न व्यवसाय भेटाएजस्तो गरेर पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो । कस्तो हुन्छ परिपक्व भन्या ? कता जानुपर्ने ? धर्म शास्त्रमा लेखेको छ कि ?, संविधानमा लेखेको छ कि ? कानुनमा लेखेको छ कि ? संयुक्त राष्ट्रसंघको बडापत्रमा छ ?,” ओलीले प्रचण्डलाई लक्षित गरेर सोधे ।

उनले परिपक्वता भन्ने कुरा वाहियात र कायर भएको टिप्पणी गरे । “कहाँ बडा परिपक्वता भेटाउनुभयो ? वाहियात, कायर कुरा हुन । हामी सबै छिमेकीहरूलाई पारस्परिक सम्मानका आधारमा सम्बन्ध राख्दछौँ,” उनले भने ।

उनले कोही पनि शत्रु नभएको बताए । ओलीले मंसिर १७ गतेबाट चीनको भ्रमणमा जान लागेको सुनाए । उनले आफ्नो भ्रमण उदाहरणीय हुने जिकिर गरे ।

“अत्यन्तै सफल भ्रमण रहने छ । चीनबाट फर्किएपछि कसरी सफल भ्रमण भयो थाहा पाउनुहुने छ,” उनले भने “यतिकै चीन यसो घुमेर आऊ भनेर जान लागेको होइन । देशको भलाइका लागि भ्रमण गरिन्छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro