site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
र्‍यापर ‘लाहुरे’ लाई बदल्ने हिरासतका ५६ दिन
SkywellSkywell

पोखरा । चर्चित र्‍यापर आशिष राना उर्फ ‘लाहुरे’ले बिहीबार सामाजिक सञ्जाल फेसबकुमा एउटा पोष्ट शेयर गरे । नेपाल प्रहरीको लोगो राखिएको उक्त पोष्टमा लेखिएको थियो, ‘आइ डेयर, नो ड्रग्स ।’

सँगै लेखिएको थियो, ‘लागूऔषधविरुद्ध सप्ताहव्यापी सचेतना कार्यक्रम ।’ र, यो कार्यक्रमको आयोजक हो, जिल्ला प्रहरी कार्यालय कास्की ।

उनले फेसबुकमा शेयर गरेको यो पोष्टमा अनेकौँ प्रतिक्रिया आए । कतिपयले त उनलाई व्यंग्यसमेत गरे । तर, उनले त्यसलाई सामान्य मान्दै भन्छन्, “यो एउटा रोग हो, अपराध होइन र सेवनकर्ता अपराधी होइनन् ।”

KFC Island Ad
NIC Asia

उनले यो लेख्नुपूर्व उनको विगतलाई नियाल्दा उनी लागूऔषधकै मुद्दामा ५६ दिन हिरासतमा बसिसकेका छन् ।

त्यो दिन थियो, २०७८ पुस १४ । कास्की प्रहरीले उनै लाहुरेलाई लागूऔषध मुद्दामा साथीसहित पक्राउ गरेको थियो । लागूऔषध मुद्दामा चर्चित र्‍यापर समातिएपछि तरंग नै उत्पन्न भयो । यो क्षेत्रमा सबैले लागूऔषध किन सेवन गर्छन् भन्ने बहस सुरु भयो । जुन बहस आजपर्यन्त चलिरहेकै छ ।

Royal Enfield Island Ad

त्यतिबेला लाउरे आफ्नै गाडीमा थिए । उनले आफ्ना सहयोगीलाई १२ हजार रुपैयाँ दिएर ब्राउन सुगर लिन पठाएका थिए । 
त्यही ब्राउन सुगर लिनेक्रममा उनलाई प्रहरीले भेट्टाएको थियो । पक्राउ गरेर लगिसकेपछि मात्रै प्रहरीले चर्चित सेलिब्रेटी लाहुरे हुन् भन्ने थाहा पाएको थियो ।

तर, त्यतिबेला लाहुरे होसमा थिएनन् । नसामा मस्त उनी प्रहरी भ्यानमा पनि गीत सुनिरहेका थिए ।

त्यही घटनाले उनलाई हिरासतमा पुर्‍यायो ।

१० वर्षदेखि लागुऔषध सेवन गरिरहेका उनले हिरासतमा ५६ दिन कसरी बिताए होलान् ?

बिहीबार त्यही एन्टी ड्रग मुभमेन्ट कार्यक्रममा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित लाहुरेले भने, “फिजिकल्ली १/२ महिना कठिन हुन्छ, मेन्टल्ली त सँधैका लागि तयार हुनुपर्छ, यो एउटा तपस्या हो ।”

जिल्ला प्रहरी कार्यालय कास्कीकै तथ्यांक हेर्ने हो भने एकपटक लागुऔषध मुद्दामा परेर छुटेपछि फेरि सोही कार्यमा लाग्ने धेरै छन् ।

तर, लाहुरेको हकमा भने यो अपवाद बन्न पुग्यो । कसरी ?

पहिला त उनको आत्मविश्वास नै सबैभन्दा ठूलो कुरा हो । उनले अब म लागुपदार्थ सेवन गर्दिनँ भन्ने आत्मविश्वास बलियो बनाएका छन् ।

त्यसबाहेक उनले सकारात्मक मनोपरामर्श र साथीसंगतले आफू फेरिएको बताए । 

“मानवीय मनोविज्ञान कस्तो हुन्छ भने राम्रो व्यवाहार पायो भने राम्रै हुन्छ, नराम्रो पायो भने नराम्रो । कस्टडीमा रहँदा मैले एकदमै राम्रो संगत पाएँ ५६ दिन बसेपछि नै लागूऔषधविरुद्धको अभियानमा लाग्नुपर्छ भन्ने ठानें । कस्टडीबाट निस्किएपछिको यो मेरो पहिलो प्रेसमिट पनि हो,” उनी भन्छन् ।

उसो त, कास्की प्रहरी नै लाहुरेलाई सकारात्मक मनोपरामर्श दिएर लागूऔषधविरुद्धको अभियन्ता नै बनाउने भन्ने सोचमा पुगेको थियो ।

कास्की प्रहरी प्रमुख रमेश थापा भन्छन्, “हामीले केही कुरा बुझायौँ, केयर गर्‍यौँ, मोटिभेट गर्‍यौँ भने उसलाई सकारात्मक बनाउन सकिन्छ भन्ने सोच थियो । तिमी रोलमोडल भइसकेका छौ, उसका हरेक सकारात्मक कुरालाई लगिदियौँ, भविष्यको लक्ष्य उपलब्धिलाई सम्झायौँ... ।”

लाहुरेले पनि कास्की प्रहरीको मनोपरामर्शले सकारात्मक उर्जा दिएको बताए । 

“तिमी युवाको आवाज हौ भन्नुभयो, काउन्सेलिङ गर्नुभयो” उनले भने, “मैले सकारात्कम रुपमा त्यसलाई लिएँ ।”

आशिष रानाबाट लाहुरे बन्दैगर्दा उनले जति चर्चा, नेम र फेम कमाए, विवादले पनि उनलाई पछि छाडेनन् ।

विगत सम्झिँदै उनी भन्छन्, “१० वर्षअघि नै कलेज पढ्नेबेला मन बढी चञ्चल हुने रहेछ । मन र दिमागको बढी द्वन्द्व चल्ने रहेछ । त्यही द्वन्द्वको कारण म नराम्रो बाटोमा लागेँ ।”

उनले त्यसपछि लागूऔषधलाई निरन्तरता दिए । कहिलेकाहीँ छाड्ने सोच पनि नबनाएका होइनन् । तर, उनले लागुऔषध छाड्छु भन्दैगर्दा लागुऔषधले चाहिँ उनलाई नछाड्ने भइसकेको थियो ।

उनी सम्झिन्छन, “प्रत्येक पटक ड्रग्स लिंदा अब त छोड्छु भन्ने लाग्थ्यो । तर शरीरले सक्दैन, फिजिकल्ली मात्रै नभएर मेन्टल्ली असर गर्ने भएकाले छाड्न नसकिने रहेछ ।”

जतिजति उनको युवावय बढ्दै गयो, चर्चा पनि बढ्न थाल्यो, अनि नशाको मात्रा पनि । तर, उनको उमेर र सिर्जनालाई लागूऔषधले जित्न थाल्यो ।

त्यही कारण उनले विदेशमा हुने कार्यक्रम गुमाए । यतिसम्म कि विमानस्थलमा लागूऔषध लैजान नपाइने भएपछि विदेशको कार्यक्रम क्यान्सिल गर्नेसम्मको अवस्थामा उनी पुगे ।

“लागूऔषध सेवन भनेको सुगरको बिरामीलाई इन्सुलिन दिएजस्तो हो । काममा फोकस पनि भएन । फिलिङ्स नै मर्दोरहेछ । त्यसकै कारण विदेशका कार्यक्रम क्यान्सिल भएको छ,” उनले सुनाए ।

उनले यी सबै कुरा रियलाइज गरे । हिरासतका ती ५६ दिनलाई उनले एउटा सिकाइको रुपमा लिएका छन् । त्यहाँ उनले आफ्नो विगतदेखि वर्तमान स्मरण गरे र लागूऔषध नछुने प्रण गरे ।

त्यो प्रणमात्र होइन, आफूमा बितेको त्यो घटना र लागूऔषधको नशामा कोइ नपरुन् भनेर लागूऔषधविरुद्धको अभियन्ता बन्ने सोच पनि उनले हिरासतबाटै बनाए । अनि हिरासतबाट उनले लागूऔषध मुद्दामा धरौटी बोकेको व्यक्ति नभई, लागूऔषधविरुद्धको अभियन्ता बनेर निस्के ।

अदालतले उनको मुद्दामा अझै पनि सफाई त दिएको छैन । तर, लागूऔषधबाट लाहुरे आफूले आफैंलाई चाहिँ सफाई दिइसके । उनले त्यो रोगलाई जितिसके । र, यो रोगमा फसेका अरुलाई पनि जिताउन अगाडि सरेका छन् । उनले अब आफ्ना सिर्जना पनि लागुऔषधविरुद्धका सचेतनामा केन्द्रित हुने बताए ।

लाहुरेले लागूऔषधसँग सम्बन्धि तयार गरेको एउटा गीतको असार ११ गते टिजर सार्वजनिक हुँदै छ ।

उनलाई थाहा छ, कुन उमेरसमूहमा यो रोगले बढी प्रभाव पार्छ, त्यो बुझेर नै उनले असार ६ गते जिल्ला प्रहरी कार्यालय कास्कीले गर्न लागेको कार्यक्रममा पोखरा सभागृहमा युवापुस्ता लक्षित प्रस्तुती दिनेछन् ।

“मलाई फलो गर्ने धेरै योङ जेनेरेसनकै साथीहरू हुनुहुन्छ । लागूऔषधमा फस्ने भनेको पनि यही उमेर हो, त्यसैले पनि यो अभियानले राम्रो सन्देश दिन्छ भन्ने मलाई आशा छ,” उनले भने ।

उनी आफैले गाएको चर्चित गीत केस नम्बर ४२० जस्तै, हिरासतका ५६ दिनले उनको बाटो बदलेको छ । उनी अब यो बाटोमा फर्किने छैनन् । करिअर अगाडि बढाउनेछन् ।

पोखराको नयाँबजारमा जन्मिएका हुन लाहुरे । र्‍याप गीतप्रति उनी कक्षा ६ पढ्दादेखि नै आकिर्षत भएका थिए । त्यसको प्रयोग भने उनले देउसीभैलोमा भट्याउने क्रममा प्रयोग गर्थे ।

बाल्यकाल बढ्दै जाँदा, विद्यालयमा पढ्दै जाँदा साथीहरूले विदेशबाट ल्याइदिएको एमिनेमको र्‍याप (सिडी) नै उनले सुनेको पहिलो र्‍याप थियो । 

एमिनेमको ‘द रियल स्लिम सेडी’ सुन्दा उनलाई निकै आनन्द लागेको थियो । त्यसैले उनमा र्‍याप मोह जगाएको थियो । त्यसपछि त उनी र्‍याप गीतहरू इन्टरनेटमा खोजीखोजी सुन्न थाले ।

उनको परिवार र हुर्केको समाज ब्रिटिस लाउरे भनेपछि मरिहत्ते गर्थे । प्रायः सबै युवाले एक पटक प्रयास गर्थे नै । तर, उनको परिवारले लाउरेलाई ब्रिटिस लाउरे बन्न दबाव दिएन । सबैजना लाहुरे बन्ने प्रयास गर्दा उनी पनि त्यसैमा होमिए । विस्तारै र्‍याप उनीबाट टाढा हुँदै थियो ।

साढे १७ वर्षको उमेरमा ब्रिटिस आर्मी छनोटको फाइनल पुगे तर बाहिरिए । डिप्रेसनमा पुगे । स्नातक भर्ना भएका उनले अध्ययन अगाडि बढाएनन् । 

धेरै दिन कलेज नगएको थाहा पाएपछि एकदिन उनलाई बुबाले समातेर कलेज लगेर छोडेका थिए । त्यसपछि उनी निरन्तर कलेज त जाने थाले तर क्लास बंक गर्न थाले । कलेजमा साथीभाइले जिस्काउने क्रममा उनको नाम ‘लाहुरे’ राखिदिए । जुन पछि उनलाई चिनाउने सबैभन्दा ठूलो परिचय बन्यो ।

उनी लाहुरे त भएनन् तर र्‍याप गाउने लाहुरे चाहिँ बने ।

ब्याचलर पास भएपछि ‘मेरो सोल्टा’ भन्ने र्‍याप रेकर्ड गरे । त्यहीँबाट उनको गायनयात्रा अगाडि बढ्यो । 

लाउरेको ‘मेरो सोल्टा’, ‘लाहुरे’, ‘पोखरा’, ‘केस नम्बर ४२०’, ‘नेपहपको बाटो’लगायत गीत चर्चित छन् । उनले ताण्डव नामक फिल्ममा समेत काम गरिसकेका छन् । पछिल्लो समय उनी रियालिटी शो हिमालय रोडिजको निर्णायकको भूमिकामा थिए ।

 

हिपहपमा शताब्दी र परिवारकाे किस्ताकिस्ता सम्झनामा बाँचेका यमबुद्ध

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ४, २०७९  ०७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro