site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुथा उत्तरगंगा उपनिर्वाचन : आधार इलाका जोगाउने र भत्काउनेको लडाइँ

काठमाडौं । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष बन्ने होडमा दुई उमेदवार छन् । नेपाली कांग्रेसको चिह्नबाट उमेदवार बनेकी नेकपा (एमाले)की जिल्ला उपसचिव केशकुमारी तुलाचन र नेकपा (माओवादी केन्द्र)का नरपुरा बुढाबीच प्रतिस्पर्धा हुँदै छ । 

नेकपा (एकीकृत समाजवादी)बाट उमेदवारी दिएकी सुनिता बुढामगर र स्वतन्त्र उमेदवारी दिएका कोपिला पुन बुढा, मोहनभक्त बुढा, भीमकुमारी पुन र श्रीदेवी सुनार (वि.क.)ले उमेदवारी फिर्ता लिइसकेका छन् । 

मंसिर १६ गते हुने दुई पक्षीय भिडन्त प्रतिष्ठाको विषय बनेको छ ।

एमालेले कांग्रेसको चिह्न रोज्नुको रहस्य 
अधिकांश स्थानमा एक्लाएक्लै चुनाव लडेका कांग्रेस र एमालेबीच यहाँ रोचक चुनावी तालमेल भएको छ । कांग्रेसको चिह्नबाट एमालेकी उमेदवार तुलाचन चुनावी प्रतिस्पर्धामा छिन् । यहाँको वडा नम्बर २ मा भने कांग्रेसले उमेदवारी नदिएर एमालेका उमेदवार जीवन रोकालाई सहयोग गरेको थियो । तर, एमालेका उमेदवार रोकाले उमेदवारी फिर्ता लिँदा माओवादीका उमेदवार जगत घर्ती सर्वसम्मत निर्वाचित भए । 

उमेदवारी फिर्ता लिएबापत उनलाई पार्टीबाट हटाइएको एमाले जिल्ला अध्यक्ष लीलामणि गौतमले बताए । उपाध्यक्षको निर्वाचनमा त्यो विषयले कुनै असर नपर्ने भनाइ उनको छ । 

“दुई नम्बरको वडा अध्यक्षले पार्टीको निर्देशनविपरीत उमेदवारी फिर्ता लिएकाले उहाँलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिसकेका छौँ । यसले चुनावी अभियानमा असर पार्दैन,” उनको जिकिर छ । 

माओवादीको आधार इलाका तोड्न कांग्रेस–एमाले गठबन्धन गर्नुपरेको उनले सुनाए । “आधार इलाका भनेर माओवादीले प्रतिष्ठाको विषय बनाएको छ । कांग्रेस, एमाले एक्लै लडेर जित हाँसिल गर्न सकिँदैन भनेर हामीले मिलेर जाने निर्णय गर्यौं,” उनी भन्छन्, “पार्टीले एक्ला एक्लै चुनाव लड्न निर्देशन दिए पनि माओवादीको आधार इलाका तोड्नका लागि जिल्लास्तरमा सम्झौता गरेका हौँ ।” 

nalgad-chunab-1732703984.jpg
 

बरु, अर्को चुनावमा फरक–फरक जान भन्दै जिल्लाको आवश्यकताका आधारमा गठबन्धन गरिएको उनको भनाइ छ ।  

अपनत्व कायम गर्न र मत बदरको सम्भावना रोक्न कांग्रेसको चिह्न रोजिएको उनले बताए । “समान अस्थित्व, अपनत्वका लागि चिह्न रोजेका हौँ । मतदाताका मनोभावनअनुसार मत बदर हुने खतरा रोक्न पनि चिह्न रोजिएको हो,” गौतमले भने । उनले चुनावी माहोल पक्षमा रहेको दाबी पनि गरे । 

प्रतिष्ठाको लडाईंमा माओवादी 
पुथाउत्तरगंगाको निर्वाचन माओवादीको प्रतिष्ठासँग जोडिएको छ । संगठनात्मक रूपमा माओवादीको पकड रहेको क्षेत्र हो । ०७४ को निर्वाचन माओवादीले नै जितेको थियो । ०७९ को निर्वाचनमा माओवादीले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । माओवादीले उमेदवार बनाएकी नरपुरा ०७९ मा उपाध्यक्ष जितेकी भुपेन्द्रा बुढामगरकी दिदी हुन् ।

पालिकाको निर्वाचनका लागि माओवादीले केन्द्रीय नेताहरूलाई समेत परिचालन गरेको छ । माओवादीले प्रतिनिधिसभा सदस्य पूर्ण घर्तीको नेतृत्वमा पूर्वमन्त्री गणेशमान पुन, कमला रोका, दलजित सिर्पाली लगायतका नेता–कार्यकर्ता खटिएका छन् । 

माओवादी केन्द्रकी जिल्ला संयोजक कुमारी बरालले पार्टीको संगठन र उमेदवारको सेन्टिमेन्ट जित्ने आधार भएको बताइन् ।

maw-1732704287.jpg
 

“कांग्रेस र एमाले गठबन्धनमा छ । हामी एकल प्रतिस्पर्धामा छौँ । यहाँ हाम्रो संगठन बलियो छ । हाम्रा उमेदवार यसअघि उपाध्यक्षकी दिदी हुनुहुन्छ । उहाँसँग सेन्टिमेन्ट पनि जोडिन्छ,” उनी भन्छिन् । 

गएको भदौ २८ गते माओवादीबाट उपाध्यक्ष भुपेन्द्रा बुढामगरको सवारी दुर्घटनामा परी निधन भएको थियो । 

०७९ को निर्वाचन जितेर उपाध्यक्ष बनेकी बुढाले चार हजार ५९ मत ल्याएकी थिइन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी कमलाकुमारी मल्लले दुई हजार १०, एमालेकी धर्मघर्ती बुढाले एक हजार ८१२ मत पाएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro