site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बिदा भए गेलाल, चैतसम्म चार सचिव पनि अवकाशमा जाने 

काठमाडौं । सहरी विकास सचिव मणिराम गेलाल बुधबारदेखि सरकारी सेवावधि पूरा गरी मन्त्रालयबाट बिदा भएका छन् । गेलाल ५८ वर्षे उमेर हदका कारण सरकारी सेवाबाट बिदा भएका हुन् । उनी २०७७ मंसिरमा सचिव बनेका थिए ।

गेलाल कर्मचारीतन्त्रबाट मिश्रित अनुभव बोकेर बाहिरिएको बताउँछन् । इन्जिनियरिङ पृष्ठभूमिमा गेलाल २९ वर्ष पाँच महिना २६ दिन सरकारी सेवामा रहे । उनी पहिला इन्जिनियर र चिफ डिभिजन इन्जिनियर हुँदाका कार्यान्वयन तहमा थिए । सहसचिव–सविच हुँदा नीतिगत निर्णयमा हुने अवसर मिल्यो ।

उनी सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक पनि भएका थिए । ‘‘नीतिगत तहमा रहेर सोचेका काम गर्न पाउँदा केही सन्तुष्टि मिल्यो’’ उनले मन्त्रालयबाट विदा हुँदै गर्दा बाह्रखरीसँग भने, ‘‘कतिपय काममा यस्तो भइदिए हुन्थ्यो भनी चाहेर पनि नसकिएको अवस्था रहयो ।’’

Dabur Nepal
NIC Asia

‘‘त्यहीकारण मिश्रित अनुभव बोकेर बाहिरिँदैछु’’ उनले भने, ‘‘विकास आयोजनामा यहाँ यस्तो गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो, तर स्रोत नभएर त्यो पूरा गर्न सकिएन । कतिपय बेला प्राथमिकता नपारिएका कारण गर्न सकिएन । सरकारसँग आममानिसका आशा धेरै छन्, ती आशा पूरा गर्न सक्दा खुसी लाग्ने रहेछ, पूरा गर्न नसक्दा खल्लो लाग्ने भयो ।’’ 

अब आउँदो चैतभित्र हाल बहालावाला चार सचिव अवकाशमा जाँदैछन् । 

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई यही माघ २० अवकाशमा जाँदैछन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलको पनि फागुन १२ गते सेवावधि सकिँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाल दुई जना सचिव छन्, डा. पोखरेलले स्वास्थ्य हेर्दै आएका छन् । भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा निलम्बनमा परेका सचिव टेकनारायण पाण्डे पनि आउँदो फागुन १२ मा पाँच वर्षे सेवावधि पूरा हुनेछ ।

त्यसरी नै राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनी पनि फागुन १६ गते ५८ वर्षे उमेर हदका कारण फागुन १६ मा नै अवकाशमा जानेछन् । उता, मुख्यसचिव नभएको भए पाँच वर्षे सेवावधिका कारण एकनारायण अर्याल पनि आउँदो फागुन १८ गते सरकारी सेवाबाट बिदा हुने थिए । 

तत्कालीन मुख्यसचिव बैकुन्ठ अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोग लगाएपछि एकनारायण अर्याललाई मुख्यसचिव बन्ने ढोका खुल्यो । त्यसबीचमा केही समय लीलादेवी गड्तौलालाई पनि मुख्यसचिव बन्ने अवसर मिल्यो । उनी उमेर हदका कारण सेवाबाट बाहिरिएपछि अर्याल मुख्यसचिव बनेका हुन् ।

अभियोग लागेपछि सरकारले बैकुन्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिव सरहको दरबन्दी सिर्जना गर्दै जगेडामा राखेको थियो । विशेष अदालतले अर्याललाई गत कात्तिक १४ गते सफाइ दियो । तर, सरकारले उनलाई मुख्यसचिवमा पुनस्र्थापित गरेन । त्यसपछि अर्यालले गतसाता राजीनामा दिएका थिए ।

अर्याललाई भ्रष्टाचारको अभियोग नलागेको र सफाइपछि पनि राष्ट्रिय योजना आयोगमा हाजिर गरिरहेको भए उनी २०८२ मंसिरमा मात्रै अवकाशमा जाने थिए ।

त्यसरी आउँदो वैशाखदेखि असार मसान्तभित्र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल, पर्यटन तथा नागरिक उडड्यन मन्त्रलायका सचिव गणेशप्रसाद पाण्डे पनि अवकाशमा जानेछन् । 

कानुन, न्याय तथा संसदीय मामिला सचिव उदयराज सापकोटा, संसद् सचिवालयका सुदर्शन खड्का पनि अवकाशमा जाँदैछन् । अवकाश पाउनुपूर्व नै परराष्ट्र सचिव सेवा लम्साललाई राजदूत पद मिलेको छ । नत्र उनी पनि २०८२ असार ५ गते सरकारी सेवाबाट बिदा हुने थिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro