विशेष
काठमाडौं । ४६ वर्षीया मालती पुरी हरेक दिन मोटरसाइकल मर्मत गर्न तल्लीन रहन्छिन् । ललितपुरको पुल्चोकस्थित एउटा मोटरसाइकल ग्यारेजमा काममा व्यस्त हुन्छिन् ।
१५ वर्षअघि श्रीमान्लाई मद्दत गर्न भनेर यो काममा हात हालेको उनी बताउँछिन् । अहिले ‘पोख्त’ भइसकेकी छन् ।
आफूले यो काम सुरु गर्दा धेरै व्यक्तिले नरुचाएको उनी सुनाउँछिन् । तर, यसमै लागिरिहन् । श्रीमान्सँग एकै ठाउँमा काम गर्दा सजिलो भएको र धेरै सीप सिक्न पाएको उनको भनाइ छ ।
उनीहरूले यही कामको सहारामा बालबच्चा हुर्काए । पढाए । छोरालाई अमेरिका पठाए । पाटनमा आफ्नै घर पनि बनाउन सकेको उनी सुनाउँछिन् ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८ १०:२०
प्रतिक्रिया दिनुहोस्