site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजमो गठबन्धनबाट बाहिरिएपछि गण्डकी सरकार धर्मरायो
SkywellSkywell

पोखरा । गत सोमबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गरे । विज्ञप्ति जारी गर्नुभन्दा अघिल्लो दिन आइतबार साँझमा मात्रै प्रतिनिधिसभा बैठकले अमेरिकी सहयोग अनुदान लिने प्रस्ताव अनुमोदन गरेको थियो ।

तर, जनमोर्चा यसको विपक्षमा थियो र त्यसकै प्रतिक्रियास्वरूप सोमबार जनमोर्चा अध्यक्षले विज्ञप्ति जारी गरेका थिए ।विज्ञप्तिको पहिलो बुँदामा नै उनले तत्कालीन केपी ओली सरकारले गरेको प्रतिगमनको विरुद्धमा लड्न पाँचदलीय गठबन्धन बनेको र उक्त गठबन्धनले एमसीसी पारित गरेकोमा आफ्नो दल जनमोर्चा गठबन्धनबाट अलग भएको उल्लेख गरेका छन् ।

“एमसीसी सम्झौताले देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउनुका साथै सम्झौताका आडमा अमेरिकी सेनासमेत नेपाल आउन सक्ने र त्यसबाट हाम्रो असंलग्न परराष्ट्रनीति पनि धरासायी हुने भएकोले विद्यमान अवस्थामा एमसीसी विरुद्धको संघर्ष प्रधान बनेर अगाडि आएको छ । यस परिप्रेक्ष्यमा पाँच दलीय गठबन्धनभित्रको हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसदद्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ । गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षती पुगेकोले त्यसबाट हाम्रो पार्टी आज कै मितिदेखि अलग भएको घोषणा समेत गर्दछौँ,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

KFC Island Ad
NIC Asia

जनमोर्चाको उक्त विज्ञप्ति आएपछि गण्डकीमा भने सरकारको आयुबारे बहस सुरु भएको छ ।

जनमोर्चा नै यस्तो पार्टी हो, जसले तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढाल्न र कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनाउन प्रत्यक्ष निर्वाचित सांसदलाई पद नै नरहनेगरी कारबाही गरेको थियो ।

Royal Enfield Island Ad

गण्डकीमा गठबन्धनको सरकार बनाउन आफ्नै सांसदलाई कारबाही गर्ने जनमोर्चाको अहिलेको विज्ञप्तिले फेरि सरकार अल्पमतमा पर्ने चर्चा सुरु भएको छ ।

सरकार ढल्ने, नढल्ने वा गठबन्धनबाट बाहिरिएको तर सरकारलाई दिएको समर्थन फिर्ता लिने, नलिनेबारे चाहिँ जनमोर्चाकै आगामी केन्द्रीय समिति बैठकबाट थाहा हुने जनमोर्चाका नेता बताउँछन् ।

जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले भने, “तत्कालका लागि गठबन्धनबाट बाहिरिएको हो, सरकारलाई दिएको समर्थन फिर्ता लिएको चाहिँ होइन ।”

उनले छिट्टै पार्टीको बैठक बस्ने र थप निर्णय गर्ने जानकारी दिए । तत्कालका लागि प्रदेशको हकमा गठबन्धनबाट बाहिरिने निर्णय नभएको बरालले बताए ।

हाल गण्डकीमा जनमोर्चाका दुई सांसद छन । तर, यदि जनमोर्चाले गठबन्धनसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय  गरेको हकमा चाहिँ गण्डकी सरकारले बहुमत गुमाउँछ ।

जनमोर्चा संसदीय दलका नेता पियारी थापा भन्छिन्, “गठबन्धन निश्चित उद्देश्यले बनेको हो, त्यो उद्देश्य अझै पूरा भएको छैन । यथावतै छ, संसद् अवरुद्ध त्यसको प्रमाण हो । अझै पनि प्रतिगमनको खतरा उत्तिकै छ । एमसीसीले झन समस्या थपेको छ, अब निर्णय के हुन्छ यसै भन्न सकिन्न । जे पनि हुनसक्छ ।”

फागुन २३ पछि विरोधका कार्यक्रम सकिने र त्यसपछि बस्ने बैठकले आगामी कदमबारे निर्णय गर्ने उनले जानकारी दिइन् ।

तत्कालका लागि समर्थन फिर्ता नलिने तर गठबन्धनबाट अलग हुने निर्णय गरेतापनि जनमोर्चाले अब लिने निर्णयबाट के हुन्छ भन्ने चासो गठबन्धनका अन्य चार दललाई पनि उत्तिकै रहेको छ ।

यदि जनमोर्चाले सरकारबाट नै समर्थन फिर्ता लिए के होला ?
६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ५९ जना सांसद छन । जनमोर्चाले आफ्नै सांसद कृष्ण थापालाई गठबन्धन सरकार बन्ने पार्टी निर्णयविपरीत कार्य गरेको भन्दै पदमुक्त गर्ने निर्णय गरेपछि गत जेठ २८ गते थापा पदमुक्त भएका थिए ।

त्यसयता ५९ सदस्य कायम रहेको गण्डकीमा सरकार बनाउन ३० सांसद आवश्यक पर्दछ । त्यतिबेला कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र १ स्वतन्त्र गरी कुल ३१ सांसदको साथमा कांग्रेसका कृष्णचन्द्र नेपाली जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

अहिलेको अवस्थामा दुई सांसद रहेको जनमोर्चाले साथ छाड्नासाथ गठबन्धनमा बहुमत पुग्दैन र सरकार अल्पमतमा पर्छ ।

संविधानको धारा १६८ (५) मुख्यमन्त्री नियुक्त भएपछि पोखरेलले उपधारा ६ बमोजिम विश्वासको मत लिएका थिए ।

यस्तो अवस्थामा सरकार अल्पमतमा परे के हुन्छ ? भन्ने चर्चा नै गण्डकीमा गठबन्धनसहित आम चासोको विषय बनेको छ ।

उपधारा ७ मा जाँदा चाहिँ ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नेगरी प्रदेश प्रमुखले प्रदेशसभा विघटन गर्न सक्ने प्रावधान रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro