site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीमा गठबन्धनका जनप्रतिनिधिले एमालेलाई मत दिएकोबारे छानबिन गरिने
SkywellSkywell

पोखरा । राष्ट्रिय सभा निर्वाचनमा मंगलबार बिहान मतदान गर्न पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आइपुगे । उनको दल नेकपा एमाले राष्ट्रिय सभाका तीन क्लस्टरमा पाँचदलीय गठबन्धनसँग एक्लै भिड्दै थियो । एमालेको आफ्नो मतभार गठबन्धनको भन्दा ६९६ ले कम थियो ।

तैपनि गुरुङ भन्दै थिए, “गठबन्धनमा एकले अर्कालाई शंका पनि गर्ने, विश्वास नगरी पनि नहुने अप्ठ्यारो ठाउँमा उहाँहरू हुनुहुन्छ । यसले पनि केही न केही संकेत गर्दछ । मलाई लाग्दछ, जति भोट जो जससँग छ, केही न केही फेरबदल हुन्छ ।”

उनले भनेझैँगरी ३ बजे सकिएको मतदानको परिणाम फेरिएर आयो । एक्लो एमालेसँग २७ जना प्रदेश सांसदको एक हजार २९६ र ७० जना स्थानीय तहका जनप्रतिनिधिको एक हजार २६० गरी कुल २ हजार ५५६ मतभार मात्रै थियो ।

KFC Island Ad
NIC Asia

गठबन्धनसँग चाहिँ ९८ स्थानीय तहको एक हजार ७६४ सय र ३१ प्रदेशसभा सदस्यको एक हजार ४८८ गरी ३ हजार २५२ मतभार थियो ।

एक स्वतन्त्र सांसदलाई नगन्दा पनि गठबन्धन स्पष्ट रूपमा एमालेसँग ६९६ मतभार अगाडि रहेको गणित थियो ।

Royal Enfield Island Ad

दुई स्थानीय तहका जनप्रतिनिधि रहेको राप्रपा र एक स्वतन्त्र सांसदले पनि गठबन्धनको उक्त अन्तरमाथि प्रभाव पार्न सक्दैनथे ।
तर, पृथ्वीसुब्बाले भनेझैँ, एमालेका उमेदवारले आफ्नो मत त पाए, अरूको पनि 'चोर्न' सके ।

गठबन्धनले जित्यो । तर, उसले त्यसको स्वाद चाख्न पाएन, उल्टो अविश्वासको र शंकाको घेरामा उसका जनप्रतिनिधि परे । त्यही शंकालाई चिर्न र 'फ्लोर क्रस' गर्ने जनप्रतिनिधि चिन्न गठबन्धन छानबिनतर्फ अगाडि बढेको छ ।

एमालेले अन्य क्लस्टरमा पुण्यप्रसाद पौडेल, दलितमा अर्जुनकुमार सुनाम र महिलामा लिला थनेतलाई उमेदवार बनाएको थियो । यी उमेदवारहरूले एमालेबाहेक २ प्रदेश सांसद र ४ जनासम्म स्थानीय तहका जनप्रतिनिधिको मत तान्न सफल भए ।

दलिततर्फका उमेदवार सुनामले २९ जना प्रदेश सांसद र ७४ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाए । यसको कुल मतभार २ हजार ७२४ हुन आउँछ । जुन एमालेको भन्दा १६८ मतभार बढी हो ।

दलित क्लस्टरमा एक जना प्रदेश सांसद र २ जना स्थानीय तहका जनप्रतिनिधिको मत बदर भयो ।

एमालेको महिला उमेदवार लिला थनेतले पनि २ जना प्रदेश सांसदको मत बढी पाइन् । स्थानीय तहमा पनि उनले एमालेको भन्दा चारजना बढी गठबन्धनका जनप्रतिनिधिको मत तान्न सफल भइन् ।

खुलाबाट लडेका पुण्यप्रसाद पौडेलले चाहिँ एकजना प्रदेश सांसद र ५ जना स्थानीय तहका जनप्रतिनिधिको मत गठबन्धनबाट ताने ।

यी त भए पराजित भएपनि गठबन्धनको मत तान्न सफल एमालेका उमेदवारहरू ।

गठबन्धनबाट चाहिँ महिलामा कमला पन्तले २९ प्रदेश सांसद र ९४ स्थानीय तहका जनप्रतिनिधिको मत पाएर विजयी बनिन् । प्रदेश सांसदको एक मत बदर भयो भने उनले आफ्नै गठबन्धनका दुई सांसदको साथ पाइनन् । स्थानीय तहका चार जनप्रतिनिधिले उनलाई मत दिएनन् ।

दलित क्लस्टरमा विजयी भएका भुवन सुनारलाई त गठबन्धनका ६ जनप्रतिनिधिले पत्याएनन् । दुईजना सांसदको मत पनि उनले पाएनन् ।

अन्य पदमा विजयी भएका सुरेशबहादुर आलेले ३० जना सांसदको साथ पाए । उनलाई एक सांसदले मत हालेनन् भने स्थानीय तहका ६ जनप्रतिनिधिको मत पनि उनले पाएनन् ।

राष्ट्रिय सभाको मतगणना चलिरहँदा दुई सांसदले 'फ्लोर क्रस' गरेको खबर बाहिरिँदै गर्दा निर्वाचन कार्यालयको परिसर बाहिर माओवादी संसदीय दल गण्डकीका नेता हरि चुमान चाहिँ गम्भीर देखिएका थिए ।

माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेश सांसद गायत्री गुरुङ मतपरिणाम सार्वजनिक भइसकेपछि भन्दै थिइन्, “फ्लोर क्रसबारे छानबिन गर्नुपर्छ ।”

राष्ट्रिय सभामा विजयी उमेदवारहरू हँसिलो मुद्रामा फूलमाला, अबिर र खादा थाप्दै गर्दा त्यहीँ उपस्थित गठबन्धनका नेताहरू चाहिँ फ्लोर क्रसले खुसी थिएनन् ।

कांग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछानेले भने, “यसको बारेमा छानबिन हुनेछ ।”

'फ्लोर क्रस' त्यो पनि सांसद र स्थानीय तहका जनप्रतिनिधिबाट भएपछि सत्ताघटक गठबन्धनका नेताहरू एमालेका उपमहासचिव गुरुङले भनेझैँ 'शंका र विश्वास'को दोधारमा देखिएका थिए ।

यो विषय निकै गम्भीर रहेको माओवादी केन्द्रका नेता चुमान स्वीकार्छन् ।

कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले चाहिँ छानबिन नै गर्ने बताए ।

“यो छानबिन गर्ने विषय हो । छानबिन हुन्छ । भर्खरै नतिजा आएको छ, भोलितिर हेरौँ, छानबिन गर्नुपर्छ भन्ने हामीलाई लागेको छ,” उनले भने ।

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले बिहीबार समीक्षा बैठक बस्ने र छानबिन गरिने बताए ।

“कोही जनप्रतिनिधिले व्यक्तिगत रूपमा मत दिएको हुनसक्छ । संस्थागत रूपमा कुनै दलले त्यस्तो गरेजस्तो लाग्दैन । अब भोलि गठबन्धनको बैठक बस्छ । त्यहाँ कुरा उठ्छ र पत्ता लगाउने कुरा त हुन्छ,” उनले भने ।

जनता समाजवादी पार्टी संसदीय दल गण्डकीका नेता तथा मन्त्री हरिशरण आचार्यले पनि छानबिन गरिने बताए ।

“हामीले गठबन्धनमा छलफल गर्छौं, कहाँ कसले कसरी, कुन हिसाबले फ्लोर क्रस गर्नुभयो, त्योबारेमा अध्ययन गर्छौं । त्यसको निष्कर्ष कुन दल सम्बद्ध छ भन्ने आउला, त्यसपछि सम्बन्धित पार्टीमा कुरा हुनेछ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  २१:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro