site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपमहासचिव र संगठन विभाग प्रमुखको चपेटामा कास्की एमालेको अधिवेशन
SkywellSkywell

पोखरा । लमजुङको अधिवेशन सकेपछि सोमबार साँझ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पोखरा आइपुगेका छन् । एमालेकै शक्तिशाली संगठन विभागका प्रमुख खगराज अधिकारी पनि काठमाडौंबाट सोमबार नै पोखरा आए । कास्की एमाले केन्द्रीय सदस्य अधिकारीको गृहजिल्ला पनि हो ।

गण्डकीका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधि सभा सांसद अधिकारी एमालेमा पहिल्यैदेखि ओलीनिकट हुन् । तर, गण्डकी प्रदेशको राजधानी कास्कीमा एमालेको अधिवेशनलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएका छन् । स्वयम् एमालेकै कार्यकर्ता तथा उमेदवारहरूले यो कुरालाई निर्विवाद रूपमा स्वीकार्छन् ।

शनिबार बन्दसत्र चल्दैगर्दा लन्च ब्रेकमा एमालेका एक कार्यकर्ताले भन्दै थिए, “यहाँ नेताले एउटा उमेदवार उठाएका छन् भने कार्यकर्ताको मनमा अर्का उमेदवार देखिएका छन् । अर्कातर्फ गुरुङलाई गुरुङ र वैरागीलाई अधिकारीको समर्थन छ । दुवै ओलीनिकट हुन । तर यहाँ भने पृथ्वीसुब्बा भर्सेस खगराजको चुनावजस्तो देखिएको छ ।”

KFC Island Ad
NIC Asia

यहीबिचमा तल्लो तहका कार्यकर्ताहरूले पनि लाइन परिवर्तन गरेको चर्चासमेत चलेको छ । 

उनीहरूकाअनुसार कास्की एमालेको नेतृत्वका आकांक्षीमध्ये मनबहादुर गुरुङ पृथ्वीसुब्बा गुरुङको निकट छन् भन अर्का उमेदवार दामोदर बैरागी खगराज अधिकारीसँग निकट छन् ।

Royal Enfield Island Ad

नत्रभने अन्य जिल्लामा सर्वसम्मत वा निर्वाचनबाटै भएतापनि अधिवेशन सकिइसक्दा २३ गतेदेखि सुरु भएको कास्कीको अधिवेशन चार दिनसम्म लम्बिने थिएन । अझैपनि कास्कीमा निर्वाचन हुने वा सर्वसम्मत हुने अझै टुंगो छैन ।

तर, सोमबार भने प्यानल नै बनाएर गुरुङ र बैरागी पक्षमा मत मागिएका प्यानल लिस्ट  सामाजिक सञ्जालमा देखिएका छन् ।

मंगलबार बिहान मतदान हुने भनिएतापनि त्यसको सम्भावना भने कम छ । कास्की एमालेको अधिवेशन गर्ने जिम्मेवारी पाएको निर्वाचन समितिले सोमबार साँझ उमेदवारको अन्तिम नामावली टाँसेको छ ।

यही मेसोमा उपमहासचिव गुरुङ र संगठन विभाग प्रमुख अधिकारी सोमबार पोखरा आएका छन् । उनीहरूबीच वार्ता भएपछि मात्रै निर्वाचन हुने वा सर्वसम्मतिले नेतृत्व चयन हुने टुंगो लाग्नेछ ।

कास्कीमा एकएकजना नेता च्याप्ने र आफ्नो उपस्थिति देखाउने होड यसअगाडि पनि देखिइसकेको छ । कास्की एमालेका अध्यक्ष कृष्ण थापा केन्द्रीय सदस्य भएपछि उनले उपाध्यक्षलाई कार्यवाहक दिनुको सट्टा सचिव वैरागीलाई सुम्पेका थिए ।

केन्द्रीय सदस्य थापा पनि खगराज अधिकारीसँगै छन् । बैरागीलाई उमेदवार बनाउन र जिताउनका लागि उनीहरू यतिबेला मतदाता 'कन्भिन्स' गर्नमा लागिपरेका छन् ।

अर्कातर्फ कार्यवाहक नपाएका मनबहादुर गुरुङ आफू स्वत: अध्यक्षको उमेदवार भन्दै मत माग्नमा व्यस्त छन् । उनलाई मुखले स्वीकार नगरे पनि मनबाट पृथ्वीसुब्बा गुरुङसहित पूर्व पोलिटब्युरो सदस्य जगत विश्वकर्मा लगायतको समर्थन रहेको छ ।

केन्द्रीय सदस्य थापा र कार्यवाहक अध्यक्ष गुरुङ दुवै प्रदेशसभा सदस्य पनि हुन् । तर, जिल्ला अध्यक्षको सहयोग नपाएका गुरुङलाई भने पूर्वमुख्यमन्त्रीको साथ छ ।

तर, पूर्वमुख्यमन्त्री गुरुङका स्वकीय सचिव विक्रम न्यौपानेले भने गुरुङले कसैको पक्षमा नलागेको र सम्बन्धित जिल्लाका नेताले नै अधिवेशन सकाउन भनेको बताए ।

“उहाँ कसैको पक्षमा हुनुहुन्न । मिडियामा नाम जोडेर आएको छ । तर त्यस्तो होइन, कास्कीमा नै अन्य केन्द्रीयस्तरका नेताहरू हुनुहुन्छ । उहाँहरूले नै मिलाउनुहोला, पृथ्वीसुब्बाको नाम अनाहकमा जोडिएको छ,” उनले भने ।

तर, सोमबार साँझ नै पृथ्वीसुब्बा गुरुङ पोखरा आइपुगेको उनले नै जानकारी दिए ।

स्रोतकाअनुसार गुरुङ र खगराज अधिकारीबिच भेटवार्ता हुने छ ।

“राति एकचरणको वार्ता हुन्छ । त्यसपछि के हुन्छ थप निर्णय होला,” स्रोतले भन्यो । चारदिनसम्म पनि अधिवेशन नसकिँदा मतदाता अन्योलमा छन भने दुवैपक्षका कार्यकर्ताले पदाधिकारीको लिस्ट बनाएका छन् ।

निर्वाचन समितिले सोमबार साँझ टाँसेको उमेदवारको अन्तिम नामावलीअनुसार मनबहादुर गुरुङ पक्षको पदाधिकारीमध्ये उपाध्यक्षमा तेजनारायण अधिकारी, सचिवमा विष्णुबहादुर केसी, उपसचिवमा इमानराज शर्मा र मन्बुजा विश्वकर्मा रहेका छन् ।

अर्कातर्फ बैरागी नेतृत्वको पदाधिकारीमध्ये उपाध्यक्षमा प्रदेशसभा सदस्य प्रभा कोइराला, सचिवमा जिसस कास्की प्रमुख बैनबहादुर क्षेत्री तथा उपसचिवमा दर्शन लामा र नवराज ओझा छन् । लामा पोखरा १३ का वडाध्यक्ष हुन् भने ओझा रूपा गाउँपालिकाका प्रमुख हुन् ।

एमालेको जिल्ला कमिटी कुल १२० सदस्यीय हुनेछ । त्यसमध्ये भूगोलबाट ६० सदस्य, समावेशीतर्फ ४३ जना र खुलातर्फ २२ सदस्य निर्वाचित हुनेछन् । निर्वाचन समितिकाअनुसार १५३ जनाको सदस्यमा उमेदवारी परेको छ ।

एमाले कास्की अधिवेशनमा ९१४ जना मतदाता छन् ।

पर्वत र बागलुङमा पूर्व माधवपक्षीयको वर्चस्व

अघिल्लो अधिवेशनमा माधव नेपाल पक्षबाट प्यानल नै बनाएर चुनावमा प्रतिष्पर्धा गरेका राजुप्रसाद पौडेल यसपटक पर्वत जिल्लाको अध्यक्ष सर्वसम्मत भएका छन् । पर्वतमा आज निर्वाचन समितिले पढेको नामअनुसार उनी अध्यक्षमा सर्वसम्मत भएका हुन् ।

महाशिला गाउँपालिका अध्यक्षसमेत रहेका पौडेल अघिल्लो निर्वाचनमा ओली समूहका पदम गिरीसँग प्रतिष्पर्धा गरेका थिए । तर, गिरीले अध्यक्ष जित्दा कार्यसमितिमा बहुमत भने माधवपक्षका सदस्यहरूको थियो ।

तर, माधव नेपालले एमाले छाडेपछि पनि एमालेमा नै रहेका पौडेल एमाले पर्वतको अध्यक्ष बनेका हुन् ।

बागलुङमा पनि तत्कालीन माधव समूहकै उमेदवार निर्वाचित भएका छन् । बागलुङमा भने मतदान नै भएको थियो । निर्वाचनबाट एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी निर्वाचित भएका छन् । उनले प्रतिष्पर्धी कृष्ण पाठकलाई पराजित गरेका हुन् ।

केसीले ३२९ मत ल्याउँदा पाठकले २२८ मत ल्याए । अर्का प्रत्यासी मेहरसिंह पाइजाले ३४ मत ल्याएका थिए ।

यसबाहेक एमालेको जिल्ला अधिवेशनले गोरखामा प्रेम गुरुङ, लमजुङमा कृष्ण अधिकारी, तनहुँमा श्रीप्रसाद श्रेष्ठ र म्याग्दीमा देवेन्द्र कटुवाललाई अध्यक्ष चयन गरेको छ ।

स्याङ्जामा भने बादल समूहबाट एमाले प्रवेश गरेका पारस गैह्रे र प्रतिनिधि सभा सदस्य नारायणप्रसाद मरासिनीबिच प्रतिष्पर्धा छ । स्याङ्जामा पनि मतदान भएको हो । सोमबार साँझसम्म मतदान सकिसकेको छ भने गणनाको काम बाँकी नै छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro