site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभा निर्वाचन : गण्डकीमा एमालेमा तीन गुणा बढी आकांक्षी, कांग्रेसमा मात्रै ४०
SkywellSkywell

पोखरा । आउँदो माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । गण्डकी प्रदेशबाट तीन बहालवाला राष्ट्रियसभा सदस्यको कार्यकाल सकिँदै छ ।

उक्त स्थान पूर्तिका लागि निर्वाचन हुन लागेको हो । त्यसको मनोनयनपत्र दर्ता यही पुस २० गतेलाई तोकिएको छ । पुस १७ गते जिल्ला निर्वाचन कार्यालय कास्कीको भवनमा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन कार्यालयसमेत स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको रूपमा जिल्ला अदालत कास्कीका न्यायधीश श्रीकृष्ण भट्टराईलाई तोकिएको छ ।

गण्डकीबाट कार्यकाल सकिन लागेका राष्ट्रियसभा सदस्यमध्ये नेकपा (माओवादी केन्द्र)का दुई र नेकपा (एकीकृत समाजवादी) एक सदस्य छन् ।

KFC Island Ad
NIC Asia

०७४ माघ तेस्रो साता भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकीबाट माओवादी केन्द्रका दीनानाथ शर्मा खुलातर्फ विजयी भएका थिए । सोही पार्टीका खिमबहादुर विक दलिततर्फ निर्वाचित भएका हुन् । त्यति बेला नेकपा (एमाले)मा रहेकी शान्ति अधिकारी महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।

०७५ असार ४ गते भएको गोलाप्रथाद्वारा चारवर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो । कार्यकाल सकिनुभन्दा ३५ दिनअघि राष्ट्रियसभा निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । गण्डकीबाट रिक्त हुने सदस्यहरूको कार्यकाल गोलाप्रथाद्वारा चार वर्ष तोकिएको थियो ।

Royal Enfield Island Ad

एमालेमा तीन गुणा बढी आकांक्षी
रिक्त हुने तीन क्लष्टरका लागि हालसम्म एमालेले मात्रै उमेदवारको सूची तयार पारेको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि एमाले गण्डकी प्रदेश कमिटीको यही पुस १३ गतेको बैठकले तीन उमेदवारका लागि नौजनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ । एमाले गण्डकीका सचिव धनञ्जय दवाडीका अनुसार राष्ट्रियसभा सदस्यको चुनावका लागि दलिततर्फ बागलुङका गोविन्दबहादुर नेपाली, गोरखाका कृष्ण नेपाली र मनाङकी शान्तिमाया परियार सिफारिस भएका छन् ।

महिला क्लस्टरका लागि कास्कीकी मीनाकुमारी गुरुङ, गोरखाकी सम्झना देवकोटा र नवलपुरकी लीला थन्नेत सिफारिस भएका छन् ।

अन्यका लागि कास्कीका पुण्यप्रसाद पौडेल, बागलुङका लीलबहादुर थापा र गोरखाका प्रेम गुरुङ सिफारिस भएका छन् ।

नौमध्येबाट तीन क्लष्टरका लागि तीनजनाको नाम केन्द्रले अनुमोदन गर्ने दवाडीले जानकारी दिए । “केन्द्रमा आज सचिवालय बैठक बस्दै छ । त्यही बैठकले उमेदवारको नाम तय गर्नेछ,” उनले भने ।

कांग्रेसमा मात्रै ४० आकांक्षी
सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट मात्रै तीन पदका लागि ४० जना आकांक्षी छन् ।

कांग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछानेले बैठक दिनहुँ बसिरहेको तर केही निर्णय भने नभएको बताए । उनका अनुसार हरेक जिल्लाबाट दुईदेखि तीनभन्दा बढी आकांक्षीको नाम आइरहेको उनले सुनाए ।

अर्कातर्फ, गठबन्धनमा भएका कारण कांग्रेसले कुन क्लष्टर पाउँछ भन्ने यकिन छैन । त्यसकारण पनि उमेदवार चयनमा ढिलाइ भएको उनको भनाइ छ ।

कांग्रेसको प्रदेश समितिले हरेक जिल्लाबाट आकांक्षीको नाम मागिरहेको र आइतबार साँझसम्म सबै आकांक्षीको नाम आइपुग्ने प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए ।

तर, पहिला कुन पार्टीले कुन क्लष्टर पाउने निश्चित नभएसम्म प्रदेशले नाम सिफारिस नगर्ने उनले बताए । “माथि नेताहरू बसेर क्लष्टर टुंग्याएपछि हामीले पाउने क्लष्टरमा एक उमेदवार बराबर तीनजनाको नाम सिफारिस गर्नेछौँ,” उनले भने ।

गठबन्धनका कारण उमेदवारी चयनमा ढिलाइ भइरहेको छ । सत्तासाझेदार दल माओवादी केन्द्र आफ्नै महाधिवेशनमा व्यस्त छ ।

सत्ताको एक घटक जनता समाजवादी पार्टी (जसपा)ले एउटा क्लष्टर माग गरिरहेको छ । तर, केन्द्रबाटै सबै टुंगो लाग्ने हुँदा प्रदेशलाई खासै जानकारी नभएको जसपाका नेता तथा प्रदेशका मन्त्री हरिशरण आचार्यले बताए ।

प्रदेशमा सरकारलाई सहयोग गरेर सत्ताबाहिर बसेको राष्ट्रिय जनमोर्चाले पनि गठबन्धनसँग एउटा क्लष्टर माग गरेको छ । राजमो गण्डकी संसदीय दलकी नेता पियारी थापाले एउटा क्लष्टर माग गरेको तर सहमति नभए एकल भए पनि तीनवटै क्लष्टरमा उमेदवारी दिन सकिने बताइन् ।

गठबन्धनको निर्णय आएपछि एक्लै निर्वाचन लड्ने वा सहमतिमा जाने टुंगो लाग्ने उनले जानकारी दिइन् ।

गण्डकीमा जनमोर्चाबाट प्रत्यक्ष र समानुपातिक एक/एक गरी दुई प्रदेशसभा सदस्य, स्थानीय तहमा प्रमुख एक र उपप्रमुख दुई गरी पाँच मतदाता छन् ।

गण्डकीमा ६० मध्ये हाल ५९ जना (राजमोका कृष्ण थापा पार्टीको कारबाहीपछि पदमुक्त) प्रदेशसभा सदस्य छन् । एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका दुई, जनमोर्चाका दुई र एक स्वतन्त्र सांसद छन् ।

त्यसमध्ये सांसदको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ कायम हुन्छ ।

गण्डकीमा ५९ सांसदको मतभार दुई हजार ८३२ र ८५ स्थानीय तहका १७० प्रमुख/उपप्रमुखको मतभार तीन हजार ६० सहित कुल पाँच हजार ८९२ मतभार रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro