site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बोली होइन परिणाम देऊ
SkywellSkywell

काठमाडौं । कुवेती नागरिक अब्दुल्लाह अल्मुताइरी गत चैतमा नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुँदा नेपालले कतारमा हुने फिफा विश्वकप–२०२२ तथा चीनमा हुने एएफसी एसियन कप–२०२३ को छनोट प्रतियोगिता खेलिरहेको थियो ।

अल्मुताइरीले नेतृत्व लिँदा नेपालको विश्वकप छनोटमा अघिल्लो चरण पुग्ने सम्भावनाा सकिइसकेको थियो । तथापी एएफसी एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने सम्भावना बाँकी थियो । र नेपालले साफ च्याम्पियनसिप खेल्दै थियो । ठीक त्यही बेला नेपाल आइपुगेका अल्मुताइरीले भनेका थिए, “मेरो मुख्य लक्ष्य साफ च्याम्पियनसिपको उपाधि जित्नु हो र एसियन कप छनोट हो । त्यसका लागि हाम्रो तयारी गर्नेछौं ।”

अल्मुताइरीले विश्वकप तथा एसियन कप छनोटमा कुवेत भ्रमणका लागि टिम बनाउँदा केही सियनर खेलाडीलाई हटाएर युवालाई मौका दिएका थिए । उनले गरेको खेलाडी छनोटले धेरैलाई अचम्ममा पारेको थियो । अल्मुताइरीले यसै विषयमा आलोचना पनि खेपेका थिए । तर उनी आफ्नो निर्णयमा विश्वस्त थिए । अल्मुताइरी भन्थे, “अहिले मैले छनोट गरेको टिम नेपाली फुटबलको भविष्य र साफलाई ध्यानमा राखेर टिम बनाएको हुँ ।”

KFC Island Ad
NIC Asia

मतलब, साफ च्याम्पियनसिपमा नेपालले राम्रो नतिजा ल्याउनुपर्छ भन्ने उनको जोड थियो । त्यसपछि अल्मुताइरीले हरेक अभिव्यक्तिमा साफलाई मुख्य प्राथमिकतामा राखेका थिए । हुन पनि साफमा नेपालले अहिलेसम्म सेमिफाइनलभन्दा अगाडिको यात्रा तय गर्न सकेको छैन । 

त्यसैले यसपटक माल्दिभ्समा नेपालले फाइनलमा स्थान बनायो भने सबभन्दा ठुलो उपलब्धि हुनेछ । र उपाधि जित्यो भने अल्मुताइरीको नाम नेपाली फुटबलको इतिहासमा स्वर्ण अक्षरमा लेखिनेछ । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जिताउने प्रशिक्षक अल्मुताइरी भनेर । 

Royal Enfield Island Ad

साफका लागि यसपटक नेपालले तयारी पनि राम्रो गरेको छ । सहायक प्रशिक्षक किरण श्रेष्ठले पनि बिहीबार त्यही भनेका छन्, “यस प्रतियोगितामा हामीले अहिलेसम्मकै राम्रो तयारी गरेका छौं ।” 

हुन पनि पछिल्लो समय नेपाली फुटबल टोली निकै व्यस्त छ । विश्वकप तथा एसियन कप छनोट खेलेर फर्किएपछि नेपाली टोलीले काठमाडौं र पोखरामा बन्द प्रशिक्षण गरेको थियो । त्यसैबीचमा नेपालले छिमेकी चीर प्रतिद्वन्द्वी भारतविरुद्ध दुई मैत्रीपूर्ण फुटबल खेल्यो । भारतविरुद्ध एउटा खेलमा १–१ को बराबरी खेलेको नेपालले अर्को खेलमा २–१ ले पराजित भयो । त्यसपछि नेपाल विशेष प्रशिक्षणका लागि कतार गयो । कतारमा झण्डै एक साता विशेष प्रशिक्षणमा रहँदा नेपालले ओमानविरुद्ध मैत्रीपूर्ण फुटबल खेलेको थियो । उक्त खेलमा नेपाल ७–२ ले हार्‍यो । नेपाली टोली कतारबाटै माल्दिभ्स गएको हो ।

तर माल्दिभ्स भ्रमण अल्मुताइरीका लागि सहज हुनेछैन । फिफाको निलम्बनका कारण पाकिस्तान र कोभिड–१९ महामारीका कारण भुटानले यस संस्करणमा सहभागिता जनाएका छैनन् । आयोजक माल्दिभ्ससहित नेपाल, बंगलादेश, भारत र श्रीलंकागरी पाँच टोलीले मालेमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका पाँचै टोलीविरुद्ध साफ च्याम्पियनसिपमा नेपालको नतिजा उत्साह जगाउने खालको छैन । नतिजामा नेपाल सबभन्दा कमजोर छ । 

प्रशिक्षक अल्मुताइरीले पनि यस तथ्याङ्कलाई स्विकार गरेका छन् । उनी भन्छन्, “विगत हेर्ने हो भने नेपाल सबभन्दा कमजोर टोली हो । तर हामीलाई विगतसँग कुनै मतलब छैन । हामी नयाँ गोर्खाली हौं । इतिहास रच्नका लागि खेल्नेछौं ।”

मुख्य प्रशिक्षक अल्मुताइरीले सधैँ रक्षात्मक फुटबल नखेल्ने बताउँदै आएका छन् । आक्रामक फुटबल खेल्ने र जित्नका लागि खेल्ने बताउँदै आएका छन् । तर उनले भनेको जस्तो नतिजा भने अहिलेसम्म आएको छैन । उनको प्रशिक्षणमा नेपालले खेलेको सात खेलमध्ये एक खेलमात्र जितेको छ । भारतविरुद्ध एक खेल बारबरी खेल्नुबाहेक बाँकी सबै खेल हारेको छ । तर ती सबै खेलमा नेपालले तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वीविरुद्ध खेलेको थियो । 

साफमा भने नेपाल सदाबहार दाबेदार हो । भलै अहिलेसम्म उपाधि जित्न नसकेको किन नहोस् । फिफा वरियाता हेर्ने हो भने पनि भारत र माल्दिभ्समात्र नेपालभन्दा माथि छन् । तर भारतविरुद्ध खेल्दा नेपालले सधै राम्रो प्रदर्शन गर्दै आएको छ ।

माल्दिभ्सको स्तर पनि नेपालभन्दा धेरै माथि होइन । 

नेपालका कप्तान किरण चेमजोङले पनि प्रशिक्षककै भाषामा भनेका छन्, “हामी गोर्खाली हौं । हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै इतिहास बनाएका छौं । हामी कसैसँग डराउँदैनौं । सबैसँग लड्छौं । यस प्रतियोगितामा हाम्रो लक्ष्य कम्तिमा फाइनल पुग्नु हो । त्यसकैे लागि हामी लड्नेछौं ।”

ओमानविरिुद्धको खेलअघि अल्मुताइरीले फेसबुकमा लेखेका छन्,  “हामीले ५, ६ महिनाको छोटो अवधिमा बलियो प्रतिद्वन्द्वीविरुद्ध ६ खेल खेल्यौं । अबको २३ दिनमा हामीले थप ५, ६  खेल खेल्दैछौं । फुटबल विकासका लागि बलियो प्रतिद्वन्द्वीविरुद्ध खेल्नु महत्वपूर्ण हुन्छ । अझ बुझ्नुपर्ने अर्को महत्वपूर्ण कुरा फुटबल विकास एक दिन वा एक महिनामा हुने होइन । त्यसका लागि लामो समय लाग्छ ।”

अब भने त्यो समय आएको छ । अल्मुताइरीले आफुलाई प्रमाणित गर्नुपर्ने । साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल नै आयोजक माल्दिभ्सविरुद्ध खेल्नेछ । र अल्मुताइरीले आफुलाई प्रमाणित गर्नुपर्ने यात्रा त्यहीँबाट सुरु हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro