site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाविरुद्ध नेपालको स्पिनर ‘मुख्य हतियार’
SkywellSkywell

मस्कट (ओमान) । विश्वकप क्रिकेटको खुड्किलोका रूपमा रहेको आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले भोलि (सोमबार) अमेरिकाविरुद्धको खेलमा त्रिदेशीय शृङ्खलाको सुरुआत गर्नेछ । 

ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपाली टिमले स्पिनरलाई आफ्नो मुख्य हतियार बनाउने नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बताएका छन् । तथापि, यसपटकको भ्रमणमा नेपाली टोलीले पाँच जना तीव्र गतिका बलर ल्याएको छ । त्यसका बाबजुद पनि कप्तान ज्ञानेन्द्रले अमेरिकाविरुद्ध स्पिनर नै आफ्नो मुख्य हतियार भएको बताए । 

‘‘अमेरिका बलियो प्रतिद्वन्द्वी हो । उनीहरूको मिडियम पेस बलरहरू राम्रा छन् । ब्याटिङ पनि राम्रो छ,’’ अमेरिकाविरुद्धको खेलबारे नेपालका कप्तान ज्ञानेन्द्रले भने, ‘‘हाम्रो स्पिनर बलर राम्रा छन् । हाम्रा ब्याट्सम्यानले उनीहरूको मिडियम पेसलाई ट्याकल गरेर हाम्रो स्पिनरले राम्रो गर्यो भने नतिजा पनि राम्रो आउनसक्छ ।’’

KFC Island Ad
NIC Asia

ओमान भ्रमणमा नेपाली टोलीको मुख्य स्पिनर भनेको सन्दीप लामिछाने र सुशन भारी हुन् । कुशल मल्ल पनि छन् । त्यसबाहेक पवन सर्राफ, शरद भेषावकर र ज्ञानेन्द्र आफैँले पनि ‘पार्ट टाइम’ बलिङ गर्छन् । तर, टिममा अहिले सोमपाल कामी, करण केसी, बिक्रम सोब, अभिनाष बोहरा, गुल्सनकुमार झा तीव्र गतिका बलर छन् । 

अमेरिका र ओमानविरुद्धको त्रिदेशीय शृंखलाअघि पपुवा न्युगिनी (पीएनजी)विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालका लेग स्पिनर सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका छन् । पीएनजीविरुद्धको दुई खेलमा नेपालले सन्दीपबाहेक सुशन, कुशल र पवनलाई प्रयोग गरेको थियो । कुशलले दुई र सुशनले एक विकेट लिएका छन् । पवनले पहिलो खेलमा दुई ओभर बलिङ गरेका थिए । 

Royal Enfield Island Ad

‘‘हामीले अहिलेसम्म धेरै स्पिनरको प्रयोग गर्नु परेको छैन । टिममा सुसन, कुशल छन् । अरूले पनि पार्टटाइम बलिङ गर्न सक्छन् । त्यसैले अमेरिकालाई हाम्रो स्पिनरले दबाबमा राख्न सक्छ भन्ने हो,’’ ज्ञानेन्द्रले थप प्रष्ट पारे । 

सन्दीपले अघिल्लो पीएनजीविरुद्धको दोस्रो खेलमा करियरकै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ५.१ ओभरमा ११ रन दिएर ६ विकेट लिएका थिए । पहिलो खेलमा पनि दश ओभरमा ३५ रन दिएर चार विकेट लिएका थिए ।

कप्तान ज्ञानेन्द्रले भोलि पिचको अवस्था हेरेर टोलीको समिश्रण निधो हुने बताएका छन् । ‘‘पीएनजीविरुद्ध खेलेको टोलीमा धेरै परवर्तन त हुँदैन । तर, हामी बलिङमा थप स्पिनर लिएर खेल्ने कि भनेर सोच्दैछौँ,’’ ज्ञानेन्द्रले थपे, ‘‘पिच र बाहिरको कन्डिसन कस्तो हुन्छ, अवस्था हेरेर हामी थप ब्याट्सम्यान राख्ने कि बलर थप्ने निर्णय लिन्छौँ ।’’

अमेरिकाले पनि ओमानमा पीएनजीविरुद्ध दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो । दुवै खेलमा अमेरिकाले उत्कृष्ट नतिजा निकालेको थियो । पहिलो खेलमा सात विकेटले जितेको अमेरिकाले दोस्रो खेलमा पनि १३५ रनको विजय हासिल गरेको थियो । दोस्रो खेलमा अमेरिकाका जसकरण मल्होत्राले ६ बलमा ६ छक्कासहित अविजित १७३ रन बनाएका थिए । 

अमेरिका पछिल्लो त्रिदेशीय शृंखलाकै लागि फेब्रुअरी २०२० मा नेपाल जादाँको टोलीमा केही खेलाडी परिवर्तन भएका छन् । ओमान आउँदा अमेरिकाले केही युवा खेलाडीलाई समेटिएको छ । दुई जनाले पीएनजीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए । अमेरिकामा प्रशिक्षक पनि नयाँ छन् । जे अरूण कुमारको प्रशिक्षणमा अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा पहिलोपटक खेल्न लागेको हो । 

‘‘अमेरिका राम्रो टिम हो । उनीहरूले टिममा केही परिवर्तन पनि गरेका छन् । पीएनजीविरुद्धको पछिल्लो दुई खेलमा पनि राम्रो नतिजा निकालेका छन्,’’ अमेरिकी टोली बारे नेपालका कप्तान ज्ञानेन्द्रले भने, ‘‘अमेरिकालाई सजिलो टिम भन्न मिल्छजस्तो लाग्दैन । उनीहरू अङ्क तालिकाको पनि राम्रो स्थानमा छन्,’’ ज्ञानेन्द्रले भने, ‘‘त्यसैले भोलिको खेल एकदम प्रतिस्पर्धात्मक हुन्छ । नेपालमा हामीले हराएपनि त्यहाँको र यहाँको कन्डिसनमा फरक छ । त्यसले नतिजामा पनि फरक पार्छ जस्तो लाग्छ ।’’ 

नेपाल र अमेरिका आईसीसी क्रिकेट विश्वकप लिग–२ मा तेस्रोपटक आमनेसामने हुन लागेका हुन् । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले अमेरिकालाई ३५ रन र आठ विकेटले हराएको थियो । एकदिवसीय क्रिकेटमा नेपाल र अमेरिका डिभिजन ५ देखिका प्रतिद्वन्द्वी हुन् । अहिलेसम्म नेपाल र अमेरीकाले  एकदिवसीयमा ६ पटक खेलेका छन् । त्यसमध्ये तीन खेल नेपालले जितेको छ भने अमेरिकाले पनि तीन खेल जितेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा अमेरिका दोस्रो स्थानमा छ भने ओमान शीर्ष स्थानमा छ । अमेरिकाले अहिलेसम्म खेलेको १२ खेलमा ६ मा जित र ६ मा हार ब्यहोरेको छ । चार खेलबाट चार अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ । नेपालले यसअघि पनि ओमान र अमेरिकाविरुद्ध नेपाललै त्रिदेशीय शृंखला खेलेको हो । ओमान १६ अङ्कका साथ शीर्ष स्थानमा छ । 

दीपेन्द्रसिंह ऐरीले शृंखला गुमाउने

नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले खुट्टाको चोटका कारण जारी शृंखला गुमाउने भएका छन् । दीपेन्द्रको अघिल्लो आइतबार अभ्यासका क्रममा घाइते भएका थिए । फिजियो विक्रम न्यौपानेकाअनुसार दीपेन्द्रको दायाँ कुर्कुच्चामा ‘हाइ ग्रेड एटीएफएल टियर’ भएको छ । 

चोटका कारण दीपेन्द्रले पीएनजीविरुद्धको दुवै खेल गुमाएका थिए । दीपेन्द्रको अनुपस्थितिले नेपालको कमजोर मानिने ब्याटिङ लाइनअपमा असर पर्ने पक्का छ । तथापि, पछिल्लो दुई खेलमा रोहितकुमार पौडेलको प्रदर्शनले नेपाललाई आशा जगाएको छ । 

‘‘अवश्य पनि उपकप्तान दीपेन्द्रसिंह हाम्रो टोलीको मुख्य खेलाडी हुन् । राम्रो ब्याट्सम्यान हुन् । त्यो हामी सबैलाई थाहा छ कि उनको क्षमता कस्तो छ भनेर,’’ दीपेन्द्रको अनुपस्थितिबारे कप्तान ज्ञानेन्द्रले थपे, ‘‘उनी घाइते हुनु हाम्रा लागि ठुलो सेटब्याक हो । तर यो स्तरमा हामीले क्रिकेट खेल्ने भएपछि टिममा परेका सबै खेलाडीले आफ्नो जिम्मेवारी पूरा गर्न सक्नुपर्छ ।’’

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  २०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro