site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालले नियमित टोली उतार्ने, राम्रो नतिजाको अपेक्षा
फाइल तस्बिर ।
SkywellSkywell

मस्कट (ओमान) । पपुवा न्युगिनी (पीएनजी)विरुद्धको पहिलो खेलमा संघर्षपूर्ण नतिजा निकालेको नेपाली क्रिकेट टोलीका लागि आज हुने दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा राम्रो गर्नुपर्ने दबाब छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा त्रिदेशीय शृंखलाको प्रतिद्वन्द्वी अमेरिकाले पीएनजीविरुद्ध गरेको प्रदर्शनले नेपालमाथि राम्रो प्रदर्शन गर्न अझ दबाब परेको छ ।

अमेरिकाले पहिलो खेलमा पीएनजीमाथि सात विकेटको विजय हासिल गरेको थियो भने दोस्रो खेल १३४ रनले जितेको थियो । यसको मनोवैज्ञानिक असर त्रिदेशीय शृंखलामा पर्न सक्छ । त्यसकारण पनि आज नेपालले पीएनजीमाथि सहज नतिजा निकाल्नुपर्ने दबाब छ ।

KFC Island Ad
NIC Asia

तथापि, पहिलो खेलमा नेपालले केही सिनियर खेलाडीलाई आराम दिएर नयाँ खेलाडीलाई मौका दिएको थियो । तर, त्रिदेशीय शृंखलाका लागि अन्तिम तयारी खेलका रूपमा लिएको पीएनजीविरुद्ध नेपालले आफ्नो पहिलो रोजाइको टोली खेलाउनेछ ।

‘‘लामो समयपछि हामीले खेलेका थियौँ । त्यसैले पनि पहिलो खेलमा नयाँ खेलाडीहरूलाई मौका दिएका थियौँ । सबैले एक्पोजर पाउनुपर्छ भनेर,’’ नेपालका कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘‘आज हामी सिनियर खेलाडीहरूलाई नै खेलाउनेछौँ । त्रिदेशीय शृंखलाका लागि यो खेल ‘म्याच प्राक्टिस’ हो । त्यसैले हामी राम्रो नतिजा निकाल्नेछौँ ।’’

Royal Enfield Island Ad

पीएनजीविरुद्धको पहिलो खेलमा नेपाल दुई विकेटले विजयी भएको थियो । बलिङमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा समस्या देखिएको थियो । पीएनजीलाई ३३ ओभरमै १३४ रनमा अलआउट गरेको नेपालले १३५ रनको लक्ष्य पूरा गर्न ३९.३ ओभर खेलेर आठ विकेट गुमाएको थियो ।

कप्तान ज्ञानेन्द्र पनि पहिलो खेलको तुलनामा ब्याटिङ प्रदर्शनमा सुधार गर्नुपर्ने बताउँछन् । ‘‘पहिलो खेललाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ । नयाँ कन्डिसनमा आएर एकैचोटि खेल्दा सजिलो हुँदैन । नयाँ खेलाडीलाई मौका दिएका थियौँ । दुर्भाग्य ! हामीले त्यो अवसरलाई सदुपयोग गर्न सकेनौँ,’’ कप्तान ज्ञानेन्द्रले थपे, ‘‘विस्तारै सिनियर खेलाडीलाई प्रतिस्थापन गर्नका लागि पनि नयाँ खेलाडीलाई मौका दिनुपर्थ्यो । हामीले त्यो गर्‍यौँ । सबैले राष्ट्रिय टोलीमा आउनेबित्तिकै राम्रो गर्छ भन्ने पनि हुँदैन । नतिजाका लागि केही समय कुर्नुपर्छ । पहिलो खेलको तुलनामा हामीले विशेष गरी ब्याटिङमा सुधार गर्नुपर्छ । ज–जसले आज मौका पाउँछन्, उनीहरूले राम्रो प्रदर्शन गर्नुपर्छ ।’’

पहिलो खेलमा सिनियर खेलाडी विनोद भण्डारी, करण केसीलगायत उपकप्तान दीपेन्द्रसिंह ऐरी, सुशन भारी, अभिनाश बोहरा र गुल्सन झालाई आराम दिइएको थियो । त्यसमध्ये आज विनोद, करण र अभिनाश वा सुशन टोलीमा फर्किने सम्भावना छ । शरद भेषावकर, पवन सर्राफ, विक्रम सोबलाई आज आराम दिने सम्भावना छ ।

दीपेन्द्रसिंह र गुल्सनको चोट
खुट्टाको चोटका कारण दीपेन्द्रसिंह र गुल्सनले पहिलो खेल गुमाएका थिए । चोटकै कारण दीपेन्द्रसिंहले बिहीबार साँझ पनि अभ्यास गरेनन् । गुल्सनले अभ्यास गरे पनि पूर्ण देखिएका छैनन् । आजको खेलमा पनि दीपेन्द्र हुने छैनन् । गुल्सनको खेल्ने सम्भावना पनि कम छ ।

‘‘दीपेन्द्रको मेडिकल रिपोर्ट आउन बाँकी नै छ । फिजियोले राम्रोसँग हेरिराख्नुभएको छ । अहिले केही भन्ने अवस्था छैन,’’ कप्तान ज्ञानेन्द्र मल्लले थपे, ‘‘फिजियोले दुवैको राम्रो रिकभर भइरहेको बताउनुभएको छ । आजको खेल हाम्रो लागि धेरै महत्वपूर्ण होइन । अर्को प्रतियोगिता महत्वपूर्ण हो । त्यसैले चोटबाट फर्किनेबित्तिकै खेल्दा केही हुनसक्छ । त्यसकारण हामी फिजियोको सुझाव र उनीहरूको फिटनेसको अवस्था हेरेर मात्र निर्णय लिनेछौँ ।’’

ओपनिङ जोडीमा परिवर्तन नहुने संकेत
नेपाली क्रिकेट टोलीमा ओपनिङ जोडीको प्रदर्शन लामो समयदेखि सन्तोषजनक छैन । यसबीचमा ओपनिङ जोडीमा धेरै प्रयोग भयो । धेरै खेलाडीलाई मौका दिइयो । तर, कसैले पनि लामो समय ओपनिङमा स्थान बनाउन सकेका छैनन् । तर, गत अप्रिलमा नेपालमै सम्पन्न मलेसिया, नेपाल र नेदरल्यान्ड्सबीचको त्रिदेशीय शृंखलाबाट कुशल भुर्तेल र आसिफ शेखको जोडी उदाएको छ ।

दुईजनाको जोडीले राम्रो सम्भावना देखाएको छ । कुशलले पाँच इनिङ्समध्ये चारमा अर्धशतक बनाए । उनले शृंखलामा सबैभन्दा धेरै २७८ रन बनाए । धेरै रन बनाउने सूचीको तेस्रो स्थानमा रहेका आसिफले १७२ रन बनाएका थिए ।

कुशल र आसिफको जोडीको नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ११६ र मलेसियाविरुद्धको दोस्रो खेलमा १०२ रनको साझेदारी गरेको थियो । त्यसपछिका खेलमा यो जोडीले औसत प्रदर्शन गरेको छ । तर, त्यो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल थियो । यो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । तर पनि पीएनजीविरुद्ध कुशल र आसिफले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । कुशल १५ र आसिफ ३० रन बनाएर पवेलियन फर्किएका थिए ।

‘‘ओपनिङमा अहिले जसले खेलेका छन्, उनीहरूलाई मौका दिनुपर्छ । अस्ति पनि राम्रो गरेका छन्,’’ कप्तान मल्लले भने, ‘‘ओपनिङ भन्ने कुरा धेरै परिवर्तन गर्दैमा राम्रो हुन्छ भन्ने हुँदैन । उनीहरू क्लियर माइन्ड लिएर क्रिजमा जानुपर्छ । ओपनिङमा पर्मानेन्ट स्पट दिनुपर्छ ।’’

एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो दिवारात्रि खेल
नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा यसअघि नै दिवारात्रि क्रिकेट खेलिसकेको छ । तर, एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पनि आज पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा त्रिदेशीय शृंखलाका सबै खेला दिवारात्रि हुनेछन् । त्यसका लागि पनि आजको खेल नेपाललाई महत्वपूर्ण छ ।

‘‘मुख्य प्रतियोगिता सुरु हुनुअघि हामीले दिवारात्रि क्रिकेट खेल्ने मौका पाएका छौँ । यसमा अभ्यस्त नभएका कारण पनि हाम्रो लागि राम्रो कुरा हो,’’ नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्रले भने, ‘‘बेलुका खेल्दा कन्डिसन फरक हुन्छ । लाइटले गर्दा फिल्डिङदेखि लिएर धेरै फ्याक्टरमा असर पार्छ । हाम्रो लागि नयाँ अनुभव हुन्छ । त्रिदेशीय शृंखलाका लागि तयारी गर्ने राम्रो अवसर पनि हो ।’’

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro