site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रविधिको प्रयोगबाट बजेट ल्याएको गण्डकीकै पहिलो स्थानीय तह
फाइल तस्बिर
SkywellSkywell

 पोखरा । बिहान ११ बजे सबै गाउँसभा सदस्यलाई खबर गरिएको थियो । असार १० गते गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउने बारेमा गाउँ कार्यपालिकाले ४२ जना गाउँसभा सदस्यलाई सभाको बैठकबारे जानकारी पनि गराएको थियो ।

तर, बाढीपहिरोले विपत्मा रहेको उत्तरी मनाङको मनाङ ङिस्याङ गाउँपालिकाका गाउँसभा सदस्य बाढी पहिरोका कारण गाउँपालिका कार्यालय जान सक्ने अवस्था छैन । भएका बाटादेखि पुल खोलाले बगाएको छ । तल्लो मनाङ क्षेत्रमा त भवन पनि आँखैअगाडि बाढीले बगाएको मनाङवासीले देखेका छन ।

यता गाउँ कार्यपालिकालाई असार १० गते बजेट ल्याउने बाध्यता थियो । त्यसकै चटारोले गाउँपालिका कार्यालय असारको पहिलो दिनदेखि नै आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटको मस्यौदा तयार गर्नतर्फ लाग्यो । ड्राफ्ट रेडी भइसकेपछि त्यसलाई गाउँसभामा पेश गर्ने तयारी पनि पूरा भयो ।

KFC Island Ad
NIC Asia

तर, अन्तिम समयमा गाउँसभा सदस्यहरूले भने, “बाटो छैन, हामी त्यहाँ (गाउँपालिका भवन) कसरी आउने ?”

प्राकृतिक विपत्तिले निम्त्याएको यो समस्या एकातिर, अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन अनुसार १० गते नै नीति तथा कार्यक्रम र बजेट ल्याउनु स्थानीय सरकारको अर्को बाध्यता । बजेट पेश गर्नुपर्ने गाउँसभा बैठकमा तर, बाढी पहिरो र कोरोना महामारीका कारण सभाका सदस्य नै आउन नसक्ने अर्को परिस्थिति ।

Royal Enfield Island Ad

गाउँपालिकाले जुक्ति लगायो, “प्रविधिको प्रयोग गरेर बजेट पेश गर्ने, गाउँपालिका आउन नसक्नेको हकमा त्यही प्रविधिबाट सहभागी गराउने ।”

हिमालपारीको जिल्ला मनाङ, त्यसमा पनि उत्तरी मनाङ । तिलिचो ताल रहेको ङिस्याङ गाउँपालिकामा यातायातको असुविधाकै कारण गाउँसभा सदस्य आउन सकेनन् । प्रविधिको व्यवस्थापनको कुरा त झनै फलामको च्युरा चपाए सरह नै थियो ।

छिनछिनमा विद्युत अवरुद्ध हुने, विद्युत नभएपछि इन्टरनेटको पनि उस्तै समस्या । यसको व्यवस्थापन गर्न गाउँपालिकालाई साँच्चिकै गाह्रो थियो ।

गाउँपालिकामा हालसम्म ल्यान्डलाइन पनि छैन । गाउँपालिकाले चितवनको पिडिएस सर्भर नेटवर्कसँग समन्वय गरेर विद्युतीय कार्यहरू गरिरहेको छ । तर, विद्युतको अवरोधका कारण इन्टरनेट उपयोगमा पनि उस्तै समस्या छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकाल भन्छन, “गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट १० गते आउँछ, उक्त दिन विद्युत र इन्टरनेट सेवा अवरुद्ध नहोस् भनेर जानकारी गराएका थियौँ ।”

ङिस्याङ गाउँपालिकाभित्रै थोराङ्ला पास, तिलिचो ताल पर्दछ । ३५ सय मिटर उचाइमा रहेको यो गाउँपालिकाले गण्डकी प्रदेशमा नै पहिलो (सम्भवत नेपालकै हकमा) प्रविधिको प्रयोग गरेर पहिलोपटक नीति तथा कार्यक्रम र बजेट ल्याएको हो ।

जुम प्रविधिको प्रयोग गरिएको गाउँसभा बैठकमा दुइतिहाई सदस्य त प्रविधिबाटै सहभागी हुन पुगे । ढकाल भन्छन, “सबै उपस्थित हुन नसक्ने अवस्था आयो । सक्नेजति गाउँपालिका भवनमै आउनुभयो । नसक्नेको हकमा प्रविधिको प्रयोग गरेका हौँ । ४२ जना गाउँसभा सदस्य रहेतापनि १४ जना मात्रै भौतिक रुपमा सहभागी हुनुहुन्थ्यो, बाँकी २८ जना चाहिँ प्रविधिको माध्यमबाट सहभागी हुनुभयो ।”

कतिपपय वडाका गाउँसभा सदस्य त अर्को वडामा गएर पनि सामूहिक रूपमा सहभागी भए । प्रविधिको प्रयोगबाट पहिलोपटक गरिएको बैठक रोचक र प्राविधिक समस्या दुवै रहेका उनको अनुभव छ ।

“सबै उपस्थित हुन नसक्ने सम्भावन नभएपछि हामीले के गर्ने भनेर छलफल गर्‍यौँ, छलफलबाट भर्चुअल माध्यमबाट गर्ने भन्ने निष्कर्ष निस्कियो । ल्यान्डलाइन नै छैन । पीडीएस सर्भरबाट त्यहाँ इन्टरनेटको काम भइरहेको छ । चिसो बढेको छ, ३५ सय मिटर माािथको उचाइमा छ । रमाइलो पनि भयो, प्रविधिले बेलाबेलामा दुख पनि दियो । नेट गयो । रोकिँदै रोकिँदै भएपनि गाउँसभा सक्यौँ । कहीँ बत्ती जाने, कहीँ नेट जाने । दुर्गम ठाउँमा प्रविधिको प्रयोग पनि गाह्रो हुँदो रहेछ,” उनले अनुभव सुनाए ।

विद्युतीय सेवा अवरुद्ध भएकै कारण गाउँपालिकाको वेवसाइटमासमेत बजेट राख्न नसकिएको उनले बताए ।

ङिस्याङले आगामी आर्थिक वर्ष ०७८/०७९ को लागि २८ करोड ५८ लाख ८ हजार रुपैयाँको बजेट ल्याएको छ । यसमा, समानीकरण ७ करोड ५० लाख, ८ करोड ९० करोड अन्तरसरकारी वित्तीय, राजस्व बाँडफाँड ४ करोड ३६ लाख र नगद मौज्दात ५ करोड रुपैयाँ रहेको छ ।

कोरोना जनस्वास्थ्य विपत, र पूर्वाधार विकास कृषि आधुनिकीकरण, पर्यटन विकासका क्षेत्रलाई प्राथमिकता दिइएको ढकालले जानकारी दिए ।

शीर्षकगत बजेट विनियोजन चाहिँ पछि छलफल गरेर टुंगो लगाइने उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  २२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro