विशेष
काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित चौबाटोमा रहेको आकाशे पुलको भित्तामा कोभिड–१९ महामारीमा फ्रन्टलाइनमा रहेर काम गरेकाहरुको सम्मानमा कलाकारहरुले भित्तेचित्र बनाइरहेका छन् । दुजङ्ग शेर्पाको अगुवाइमा साङ्गे थिन्ले लामा, किपा शेर्पा, सुमिना श्रेष्ठ र राकेश महर्जनले कोरोना महामारीको बेला अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, फोटोपत्रकारहरुको सम्मानमा चित्र बनाइरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८ १५:०९
प्रतिक्रिया दिनुहोस्