विशेष
काठमाडौं । आज २५६५औँ बुद्ध जयन्ती । बुद्ध जयन्तीमा अत्यधिक भिड हुने काठमाडौंको स्वयम्भूनाथ स्तूप सुनसान छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण स्वयम्भूनाथ परिसर सुनसान भएको हो । आज सुरक्षाकर्मी र स्वयंसेवकले आगन्तुकलाई भगवान् पाउभन्दा माथि जान दिएका छैनन् । केही मानिस पछाडिको बाटोबाट माथि गएर घुमिरहे पनि चैत्य परिसर सुनसानै देखियो ।
थप तस्बिर हेर्नोस्-
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८ १०:४५
प्रतिक्रिया दिनुहोस्