site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१२ अर्बका सिनेमा हल, नौ महिना बन्द हुँदा दुई अर्ब घाटा 
SkywellSkywell

काठमाडौं । नौ महिना बन्द हुँदा सिनेमा हल सञ्चालकलाई दुई अर्बभन्दा धेरै घाटा भएको छ । कोरोना संक्रमणको त्रासका कारण चैत ७ गतेबाट सिनेमा हल बन्द हुँदा देशभरका हल सञ्चालकलाई दुई अर्बभन्दा धेरै रकम घाटा भएको हो । 

काठमाडौं उपत्यकासहित पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रहेका करिब दुई सयवटा हल बन्द हुँदा हल व्यवसायीले दुई अर्बभन्दा धेरै रकम नौ महिनाको अवधिमा गुमाएको नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान बताउँछन् ।

सिनेमा घर रहेको घरभाडा, स्टाफ खर्च, बिजुली, पानी, ट्याक्सलगायतमा नौ महिनामा हल व्यवसायीले दुई अर्ब घाटा बेहोरेको अध्यक्ष प्रधानको भनाइ छ । अधिकांश हल भाडाको घरमा सञ्चालन हुँदै आएका छन् । “अधिकांश व्यवसायीले घरभाडामा लिएर हल चलाइरहनुभएको छ । हल सञ्चालन नभए पनि घरभेटीलाई हामीले भाडा तिर्नैपर्छ,” उनी भन्छन्, “पछिल्लो समय अधिकांश मल्टिप्लेक्सहरु बैंकको लोनमा बनाइएका छन् । बैंकलाई मासिक रुपमा ब्याज बुझाउनै पर्छ । यो सबै गर्दा हामीले नौ महिनामा दुई अर्बभन्दा धेरै रकम घाटा बेहोर्नुपरेको छ ।”
 
देशभर रहेका सिनेमा घरमध्ये करिब आधा मल्टिप्लेक्स छन् । अध्यक्ष प्रधानका अनुसार करिब ९५ वटा मल्टिप्लेक्स छन् । सिंगल स्क्रिनको मल्टिप्लेक्स निर्माणका लागि सामान्यतः ६ करोड लगानी हुन्छ । संघका अनुसार मल्टिप्लेक्स र सिंगल थिएटरमा गरेर १२ अर्बभन्दा धेरै लगानी छ । कोरोनाका कारण १२ अर्ब रुपैयाँबराबरका संरचना अलपत्र अवस्थामा छन् ।  

KFC Island Ad
NIC Asia

पछिल्लो समय बनेर भर्खरै सञ्चालनमा आएका अथवा निर्माण हुँदै गरेका सिनेमा घरका लगानीकर्ता झन ठूलो मारमा परिरहेको संघले जनाएको छ । हल बन्द हुँदा आम्दानी शून्य हुँदा बैंकलाई ब्याज तिर्नसमेत संकट रहको हल सञ्चालकहरु बताउँदै आएका छन् ।

हल बन्द हुँदा अफ्ठ्यारोमा परेका लगानीकर्तालाई सरकारले सहयोग गर्नुपर्ने माघ यसअघि नै व्यवसायीहरुले गरिसकेका छन् । नेपाल चलचित्र संघले चलचित्र विकस बोर्ड र सञ्चार मन्त्रालयसमक्ष हलमा लाग्दै आएको कर तथा, बिजुलीमा लाग्दै आएको कर छुट दिनुपर्ने माग गरेको छ । यस्तै बैंकमा रहेको लोनको ब्याजदरमा समेत सरकारले विशेष छुट दिने व्यवस्था गरिदिनुपर्ने माग छ ।

Royal Enfield Island Ad

चलचित्र विकास बोर्डसहित सम्बन्धित सबै सरोकारवाला संघ-संस्थाहरुले चलचित्र क्षेत्रलाई पनि कोरोना अति प्रभावित क्षेत्रमा राखेर सरकारले दिने सेवा-सुविधा दिनुपर्ने माग सरकारसमक्ष राखेका छन् । यद्यपि यसमा सरकारले केही निर्णय गरिसकेको छैन । चलचचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल यसमा सरकारको सकारात्मक जवाफ आएको बताउँछन् ।

हल सञ्चालक गोपालकाजी कायस्थ सरकारले सिनेमा क्षेत्रलाई अति प्रभावित क्षेत्रमा राख्ने आश्वासन दिए पनि पूरा नगरेको भन्दै असन्तुष्ट सुनिन्छन् । उनी भन्छन्, “सरकारले गर्छु भनेर आश्वासन दिन पनि छाड्दैन । तर निर्णय पनि गर्दैन । सधैंभरी आश्वासन मै बस्नुपर्ने हामीले । कति सानासाना क्षेत्रका माग पूरा भएको छ । तर हामीलाई सरकारले हेप्यो ।”

एकातिर व्यवसाय गर्छुभन्दा गर्न नदिने अनि कर र लोन समयमा नतिरेको भनेर सरकारले कस्ने गरेको उनको दुखेसो छ । 
यदि चलचित्रकर्मीहरुको यो माग पूरा भएको अवस्थामा चलचित्र क्षेत्रले पनि होटेल तथा पर्यटन क्षेत्रले जस्तै सरकारी सुविधा पाउनेछ । कोरोना अति प्रभावित क्षेत्रलाई सरकारले बिजुली, कर तथा बैंक लोनमा विशेष सहुलियत दिँदै आएको छ । 

कोरोनाको त्रास रहेको भन्दै सरकारले अझै सिनेमा हल सञ्चालनका लागि अनुमति दिएको छैन । सबै क्षेत्रले सञ्चालनको अनुमति पाइसक्दा चलचित्र क्षेत्रमा मात्रै बन्देज लगाइएको भन्दै हल सञ्चालकहरुको संस्था नेपाल चलचित्र संघले यही पुस १० गतेबाट हल खोल्ने एकपक्षीय निर्णय गरिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro