site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
‘शुक्रबार अन्त्येष्टि, शनिबार कोरोना पुष्टि’
Sarbottam CementSarbottam Cement

काठमाडौं । शनिबार बिहान ११ बजे प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोनासम्बन्धी नियमित प्रेस विज्ञप्ती जारी गर्‍यो । गण्डकीमा ४५ जना कोरोना संक्रमित थपिएको जानकारी त्यहाँ थियो । बुलेटिनको अन्तिममा कोरोना संक्रमितको निधन भएको बारेमा पनि लेखिएको थियो ।

कास्की जिल्ला पोखरा महानगरपालिका ५ का ४५ वर्षीय महिला मिति २०७७ भदौ २६ गते पोखरा महानगरपालिकास्थित फिस्टेल अस्पतालमा राती १:१५ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

पर्यटन व्यवसायी यी महिलाको २६ गते निधन भएको थियो । संक्रमितको निधन, अन्त्येष्टिसमेत भएको २४ घण्टापछि सरकारी संयन्त्रले विज्ञप्ती जारी गरेपछि अहिले परिवार, मलामी, मलामी गएका सांसददेखि अस्पताल प्रशासन समेत त्रसित छ । पोखरामा लापरबाही कसको भन्‍ने विषयको बहस समेत चलेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

 यस्तो छ घटना

पोखराकी पर्यटन व्यवसायी ती महिला पछिल्ला नौ महिनादेखि फिस्टेल अस्पतालमा नियमित उपचारको क्रममा सम्पर्कमा थिइन् । क्यान्सरको लक्षण तथा मृगौलामा समेत उनको समस्या थियो । फिस्टेल अस्पतालले नै उनको रेखदेख गर्दै आइरहेको थियो ।

Global Ime bank

पछिल्लोपटक गत बुधबार स्वास्थ्यमा समस्या देखिएपछि ती महिला अस्पताल गइन् । अस्पतालले उनलाई सघन उपचार कक्ष (आईसीयू)को १३ नम्बर क्याबिनमा भर्ना गर्‍यो । बुधबार भर्ना भएकी महिलाको बिहीबार कोरोना परिक्षणको लागि स्वाब लिइयो । तर, राति १:१५ मा उनको निधन भयो ।

कोरोना परीक्षणको रिपोर्ट आएको थिएन । राति निधन भएपछि अस्पताल प्रशासनले शुक्रबार शव आफन्तको जिम्मा लगायो । हिन्दु संस्कृति अनुसार उनको रामघाटमा अन्त्येष्टि भयो । अन्त्येष्टिमा सांसददेखि पर्यटन क्षेत्रका व्यक्तिहरु, आफन्त गरी सयौँको उपस्थिती थियो ।

अन्त्येष्टि सकियो । परिवार थप किरियाकर्ममा लागे ।

अन्त्येष्टि गरिसकेको लगभग २४ घण्टापछि स्वास्थ्य निर्देशनालयले विज्ञप्ती जारी गर्दै मृतकमा कोरोना पुष्टि भएको जानकारी दियो । रिपोर्ट नआउँदै शव किन आफन्तलाई जिम्मा लगाइयो ? अस्पताल प्रशासनको सोझो जवाफ छ, “रिपोर्ट आउन ढिलो भयो, आफन्तले नै भनेपछि बुझाएका हौँ ।”

अस्पतालले बिरामी भर्ना गर्ने तर रिपोर्ट नआउँदै मृतकको शव आफन्तलाई दिएर जोखिम बढाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले पनि फेसबुकमा नै अस्पताललाई ८ वटा प्रश्न सोधेका छन । त्यसमा, मृतक महिलाको कोरोना परीक्षण किन गरेको देखि लिएर मृतकको शव किन परिवारलाई हस्तान्तरण गरिएको ? एक दिन पनि रिपोर्ट कुर्न किन नसकेको ?  नमुना संकलन गरेपछि रिपोर्ट नआउन्जेल कुर्नुपर्छ भन्ने अस्पताल संचालकलाई थाहा नभएको हो ? भन्ने प्रश्न छन ।

त्यसबाहेक, उनले नीजि अस्पतालले प्रदेश सरकारलाई नटेरेको भन्ने प्रश्न समेत गरेका छन । मलामी गएका व्यक्रिमा संक्रमणको जोखिम बढेको, यो गल्तीमा प्रदेश सरकारले गर्ने सजाय स्वीकार गर्ने कि नगर्ने ? फिस्टेल अस्पतालले जे गरेपनि हुने हो, मनपरी छ अस्पताललाई जनस्वास्थ्यको विषयमा ? यो महामारीको बेलामा यस्तो मनपरी किन ? भन्दै उनले फेसबुकमा लेखेका छन् ।

रिपोर्ट किन ढिला दिने ?

यता, अस्पताल व्यवस्थापनका बोर्ड सदस्य अशोक पालिखे भन्छन्, “रिपोर्ट दिन ४८ घण्टा किन लगाउने ? निजी अस्पताललाई स्वाब परिक्षण गर्न किन नदिने ? परिक्षणको अनुमति दिन किन रोक्ने ? शव लैजानुअघि नै रिपोर्ट किन दिन नसकेको सरकारले ? आफन्तले शव लैजान्छौँ भनेपछि हामीले नलैजानुस कसरी भन्ने ?”

बिरामीको मृत्यु भएपछि त्यसको रिपोर्ट तुरुन्तै दिएको भए आफन्तले तुरुन्तै सावधानी अपनाउँथे । अस्पतालले पनि सावधानी अपनाउथ्यो, त्यो अनुसारको व्यवस्था गर्थ्यो । उनले पछिल्लो ९ महिनादेखि यहीँ उपचार गराउँदै आएकी थिइन् । निधन भएपछि हामीले प्रमाणपत्र दिएर लैजान के गर्ने भन्दा लैजान्छौँ भनेर दिएको हो । न कुनै लक्षण थियो, न रिपोर्ट आयो ।

अब, अस्पतालले त मृत्युपछि शव लैजानुस भन्ने स्वभाविक कुरा हो । उहाँहरुले लिएर जानुभयो, कि सरकारले निधन भएको यति घण्टासम्म शव नलैजानु भन्नुपर्‍यो, कि स्वावको रिपोर्ट छिटो दिनुपर्‍यो ।

हामीले अस्पतालमा राख्न नसक्ने होइन, रिपोर्ट ढिलो आउँछ । उनले आफ्नो समस्या देखाए, “अस्पतालका डाक्टरहरुलाई थाहा छैन, नर्सहरुलाई थाहा छैन । हाम्रो १० बेडको आइसियु शिल भयो, १३ नम्बरको क्याबिन पनि सिल भयो । ३ जना डाक्टरहरु आइसोलेसनमा बस्नुभएको छ, नर्सहरुलाई पनि आइसोलेसनमा राखिएको छ । अब फेरि अस्पतालले बिरामी भर्ना गरेन भन्ने आरोप आउला ।”

पालिखेका अनुसार मृतकका श्रीमानले “रिपोर्ट नआउँदै किन शव बुझाएको ? रिपोर्ट पाँच घण्टामा आउँदो रहेछ” भन्ने प्रश्न गरेका थिए । पालिखे भन्छन्, “पाँच घण्टामा आउने रिपोर्ट ४८ घण्टासम्म किन आएन त ? सबै स्वाव परिक्षण गराउन स्वास्थ्य विज्ञान प्रतिष्ठान नै लैजानुपर्ने, रिपोर्ट समयमा नदिने अनि पाँच घण्टामा रिपोर्ट आउँछ भनेर प्रचारबाजी गर्ने ?”

"मृतकमा कोरोना पुष्टि भएको बारेमा निर्देशनालयले आफूहरुलाई आधिकारिक जानकारी नदिइ अनौपचारिक माध्यमबाट थाहा पाएको उनी बताउँछन् । अस्पतालमा थाहा नै नदिने ? आजपनि डाक्टरहरुलाई ड्युटीमा पठाएको भए के हुन्थ्यो ? राज्यले खबर गर्नुपर्दैन ?," उनले प्रश्न गरे ।

स्वाबको रिपोर्ट ढिलाइबारे स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले अस्पतालले नै बिरामीको प्रकृति नखुलाएको र नियमित समयमै रिपोर्ट आएको दाबी गरे ।

उनले भने, "प्रोटोकल अनुसार परिक्षण हुन्छ, डेथ केस, सिरियस केस र हवाइजहाजमा नै बिरामी ल्याइएको छ भने हामीले सुरुमा परिक्षण गर्छौं, फिस्टेल केसमा अस्पतालले हामीलाई इमर्जेन्सी भनेन् ।" 

उनका अनुसार अस्पतालले नै मृत्यु भएको, आईसीयूमा उपचार भइरहेको अवस्थाको जानकारी दिनुपर्ने तर नदिएको हुनाले प्रोटोकल अनुसार नै परीक्षण गरिएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement