site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जलवायुप्रतिरोधी आलु उत्पादन गर्दै चीन

काठमाडौं । चीनले जलवायुप्रतिरोधी आलु उत्पादन गर्न सुरु गरेको छ । चिनियाँ वैज्ञानिक जलवायुप्रतिरोधी आलु बनाउने अभ्यासमा सफल भएका हुन् ।

चीनको राजधानी बेइजिङको उत्तरपश्चिमी क्षेत्रस्थित अन्तर्राष्ट्रिय आलु केन्द्रमा चीनले जलवायुप्रतिरोधी आलु उत्पादन गरेको छ । उक्त केन्द्रका वैज्ञानिक ली जिपिङको टोलीले आलु फल्ने सामान्य तापक्रमभन्दा तीन डिग्री सेल्सियस उच्च तापक्रममा बट्टाइँको अन्डाजत्रो आकारका आलु उत्पादन गरेको छ । मात्र १३६ ग्रामका यी आलुको तौल चीनमा पाइने औसत आलुको भन्दा आधा कम हो ।

यो शताब्दीको अन्तसम्म पृथ्वीको तापक्रम बढ्ने अनुमान गरिएको छ । सोही अनुमानानुसार चिनियाँ वैज्ञानिक उच्च तापक्रममा आलु फलाउन सफल भएका छन् । उच्च तापक्रममा फलाइएका यी आलुले जलवायु परिवर्तनका कारण भविष्यमा हुन सक्ने खाद्य असुरक्षाबाट जोगाउने अपेक्षा गरिएको छ ।

चीन विश्वकै सबैभन्दा ठूलो आलु उत्पादक हो । आलु विश्वको खाद्य सुरक्षाका निम्ति सबैभन्दा महत्त्वपूर्ण खाद्यवस्तु मानिन्छ । आलु चिसो स्थानमा फल्ने तरकारी हो । तर, जलवायु परिवर्तनले पृथ्वीको तापक्रम बढ्दै गर्दा आलु उत्पादनमा संकट आएको छ ।

वैज्ञानिक ली र उनको टोली उच्च तापक्रममा आलु फलाउने अभियानमा तीन वर्षदेखि लागेको थियो । टोलीले भित्री मंगोलिया र उत्तरी हेबेई क्षेत्रको औसत तापक्रमभन्दा तीन डिग्री सेल्सियस बढी तापक्रममा आलु फलाए । यी दुई क्षेत्र चीनको आलु फल्ने उच्च भूभाग हुन् ।

adsfg-1732792667.jpg
पृथ्वीको तापक्रम बढ्दै गए किसानले आलु खेती गर्न छाड्छन् कि भनेर चिन्ता गर्छन् वैज्ञानिक ली । उनी भन्छन्, “भविषयमा के हुन्छ भनेर मलाई चिन्ता छ । तापक्रम बढ्दै गएमा किसानले आलुको खेती कम गर्नेछन् र यसले खाद्य असुरक्षा बढाउनेछ ।”

उनीहरूको अनुसन्धानअनुसार, तापक्रम बढ्दा आलुको बिरुवा सामान्य तापक्रमको तुलनामा १० दिन छिटो उम्रिन्छ । उत्पादन भने सामान्यभन्दा आधाले कम हुन्छ ।

यो वर्ष भित्री मंगोलियामा अत्यधिक वर्षाका कारण आलु उत्पादन राम्रो भएन । बर्सेनि फेरिँदो मौसमी चक्रलाई ध्यानमा राखेर चीनका वैज्ञानिक जलवायुप्रतिरोधी आलुको विकासमा लागिरहेका छन् । रोयटर्सबाट ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  ०८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro