site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
  पोखरामा निषेधाज्ञा थप : पूर्वाधारमा बेवास्ता, गतिविधी घटाउनेमा ध्यान
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा ।  दैनिकरुपमा नोभेल कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएपछि प्रदेश राजधानी रहेको पोखरा महानगरपालिकाले गत हप्तामात्रै निषेधाज्ञा जारी गर्ने टुंगोमा पुग्यो । 

हुनपनि पछिल्लो समय पोखरामा मात्रै दैनिक दर्जन बढीको संख्यामा कोरोना संक्रमित थपिएका छन् । पोखरामा भएका दुईवटा कोरोना डेडिकेटेड अस्पतालमा बेडसंख्या सीमित छ । कतिपय संक्रमित त होम आइसोलेसनमा नै छन् । सिरियस केसको लागि भनेर अस्पतालका बेड रिजर्भ छन् ।

कार्यालय, पसल, सबै खुल्दा मानिसहरुको आवतजावत बढेको र त्यहाँबाट संक्रमणको स्थिती भयावह हुन सक्ने भयले नै पोखरा महानगरपालिका निषेधाज्ञातर्फ अगाडि बढ्यो । महानगरको कोरोना नियन्त्रण तथा रोकथाम समितिले जिल्ला प्रशासन कार्यालयलाई सुरुमा एक हप्ताको लागि निषेधाज्ञा प्रस्ताव गरेको थियो । तर, सुरुमा प्रशासनले जारी गरेको पाँचदिने निषेधाज्ञा आइतबार रातिदेखि सकिँदै छ र कास्कीमा आज रातीदेखि नै थप पाँचदिने अर्को निषेधाज्ञा पनि आइतबार जिल्ला स्थित कोरोना व्यवस्थापन तथा रोकथाम केन्द्रको निर्णयानुसार थप गरिएको छ ।

KFC Island Ad
NIC Asia

गण्डकी प्रदेशको राजधानी रहेको जिल्लामा निषेधाज्ञा जारी हुँदा यता प्रदेश सरकार भने खुसी छैन । दोश्रोपटक निषेधाज्ञाको म्याद थपेको निर्णयलगत्तै प्रदेशका अर्थमन्त्री किरण गुरुङले फेसबुकमा व्यंग्य कसे, “हाँगामा बसेर रुखको फेद काट्ने र निषेधाज्ञा जारी गरेर कोरोनाबाट बच्न खोज्नेहरु एकै हुन ।”

सुरुमा नेपाल सरकारले चैतदेखि लकडाउन गर्दापनि मन्त्री गुरुङले गण्डकी प्रदेशमा दैनिक ३८ करोडको आर्थिक नोक्सानी भएको हुँदा सुरक्षा मापदण्ड अपनाएर व्यवसायहरु सुचारु गर्नुको औचित्य नभएको बताउँदै आएका थिए ।

उसो त प्रदेशका अर्थमन्त्री मात्र होइनन, मुख्यमन्त्री पृथ्वीसुब्बा  गुरुङ पनि लकडाउनको विपक्षमा नै छन । त्यही पक्ष विपक्षका कारण पहिलो निषेधाज्ञा २४ घण्टापछि मात्र जारी भयो । महानगरका मेयर मानबहादुर जिसीले प्रदेश राजधानी भएको हुँदा मान राखिदिन प्रदेशलाई पनि सोधेको बताएका थिए । सामाजिक सञ्जालमा त्यसलाई प्रदेश र स्थानीय तहको द्वन्द्व भनेर टिकाटिप्पणी पनि भए ।

तर, पछिल्लो पाँचदिन निषेधाज्ञा जारी गरेर कोरोना कति रोकथाम भयो त ? कोरोना रोकथाममा कास्की कहाँसम्म अगाडि बढ्यो त ? पछिल्लो समय सर्वसाधारण देखि लिएर विभिन्न व्यापार व्यवसायमा संलग्नहरुले प्रश्न गर्न थालेका छन ।

पछिल्लो पाँचदिनमा प्रदेशको राजधानी समेत रहेको महानगरले के के गर्यो त ? महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले भने, “चाडपर्व थिए,  चाडपर्व केन्द्रित मोबिलिटी कम भएका छन ।” यो समयमा संक्रमितसँगको सम्पर्कमा रहेकाहरुको पहिचान देखि लिएर स्वाब संकलन गरिएको उनले बताए । 

“यो टेस्टिङ फेज हो । हामीले बाँकी रहेकाहरुको टे«सिङ गर्यौँ । फस्टलाइनको पाँच दिनमा सक्यौँ । आजदेखि सेकेन्ड लाइनको गर्दैछौँ । यो पाँच दिनमा तेश्रो फेज पनि सक्नेगरि अघि बढ्छौँ । संक्रमण त जति स्वाब लियो त्यति देखिन्छ ।” उनले थपे, “टार्गेटेड ग्रुपलाई मोबिलिटी कम गराउने, उनीहरुको टे«सिङमा अगाडि बढ्ने र त्यसबाट आएका पोजेटिभका सम्पर्कमा आएकाहरुको ट्रेसिङ र टेस्टिङ गर्न हामीलाई समय पुग्छ ।”

कोरोनालाई शून्यमा ल्याउन नसेकतापनि केही हदसम्म न्यूनीकरण गर्ने, संक्रमितको व्यवस्थापनको लागि यो समय उपयोग गर्न सकिने उनको भनाई छ । 

शर्मा भन्छन, “यो त चक्र हो । रुघाखोकी, ज्वरो त आइरहन्छ । संक्रमितलाई व्यवस्थापन गर्न सक्ने क्षमतामा ल्याउन सकिन्छ । सँधै बन्द गरेर सम्भव त छैन, ठुलो मात्रामा संक्रमित देखिए फेरि केही समयलाई हेर्ने हुनसक्छ । व्यवस्थापकीय रुपमा दैनिक यतिलाई क्वारेन्टिन र आइसोलेसनमा राख्न सक्छौँ, उपचारमा लैजान सक्छौँ भन्ने लेभलसम्म त हामी जानैपर्छ । यो भनेको हामीले व्यवस्थापनको हिसाबले संक्रमितको संख्या घटाउनु हो ।”

असार मसान्तसम्म महानगरले स्वास्थ्य महाशाखा र प्रकोप व्यवस्थापन कोषबाट कोभिड १९ रोकथामको लागि भनेर ६ करोड १७ लाख रुपैयाँ खर्चेको छ । लकडाउनका चार महिनामा करोड खर्चेको महानगरले पूर्वाधार व्यवस्थापन तर्फ भने ध्यान दिएन । राहत, स्वास्थ्यकर्मीलाई भत्ता देखि लिएर क्वारेन्टिन व्यवस्थापन लगायतका क्षेत्रमा खर्चियो । तर, त्यतिबेला पोखरामा संक्रमितको संख्या शून्य थियो ।

अहिले दैनिक दर्जन बढि संक्रमित फेला पर्दा पनि महानगरको तयारी भने यथावत नै छ । 

फेरि निषेधाज्ञा थप हुँदा महानगरको पूर्वाधार व्यवस्थापनतर्फको तयारी के त ? गतिविधी घटाउनेतर्फ ध्यान दिएको महानगरले संक्रमितको व्यवस्थापनको लागि पूर्वाधार विकल्पबारे भने बल्ल सोच बनाएको छ । 

“पूर्वाधार व्यवस्थापनमा छलफल सुरु भएको छ । नयाँ पूर्वाधार तत्काल बनाउन सम्भव पनि छैन । भएकालाई नै प्रयोगमा ल्याउने हो । दीर्घकालीन रुपमा कहिलेसम्म चल्छ त भन्नेबारेमा छलफल भएको छ । निर्णयमा चाहिँ पुगेको छैन,” शर्माले भने ।

यता महानगरका मेयर मानबहादुर जिसीले भने आइसोलेसन बेडको संख्या बढाउने तयारी गरिरहेको जानकारी दिए । “अहिले हामीसँग १४० बेड छन्, अब ११० थपेर २५० बेडसंख्या पुर्‍याउँछौं ।”

यसपछि भने निषेधाज्ञा नथप्ने र छिटै नयाँ मोडालिटी सार्वजनिक गर्ने उनले बताए । “बैंक, वित्तीय संस्था, स्टोरहरु सबै ठाउँमा समस्या देखेर नै निषेधाज्ञाको सिफारिस गरेका हौँ । भदौ १६ बाट अन्तर्राष्ट्रिय उडान पनि खुलाउने भनेको छ । संक्रमण झन बढ्न सक्छ कि भनेर हामीले आइसोलेसन बेड बढाउन लागेका छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  २०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro