काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञाका क्रममा अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले गएराति १२ बजेदेखि लागु हुने गरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी गरेको थियो ।
निषेधाज्ञा भदौ १० गते राति १२ बजेसम्म कायम हुनेछ । यो समयमा अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक लगाइएको छ । कोभिड-१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उक्त आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन् ।
‘निषेधाज्ञा मिच्नुलाई बहादुरी नसम्झौं, घरमै बसौँ’
जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन पाउने छैनन् ।
निषेधाज्ञामा काठमाडौं उपत्यकामा देखिएका तस्बिरहरु बाह्रखरीका फोटो पत्रकार सुनील प्रधानको लेन्सबाट यस्तो देखियो । हेरौं थप तस्बिर :