site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘निषेधाज्ञा मिच्नुलाई बहादुरी नसम्झौं, घरमै बसौँ’ 
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । काठमाडौं उपत्यकामा गएराति १२ बजेबाट जारी निषेधाज्ञा कडाइका साथ पालना गराउन प्रहरीलगायत अन्य सुरक्षा संयन्त्र सक्रिय भएका छन् ।  उपत्यकामा कोरोना जोखिम बढ्दै गएपछि उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीको वैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
गएरातिबाट १० गते रातिसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गर्दै अटेरी गर्नेलाई नियन्त्रणमा लिएर कारवाही गरिने बताए ।  बिहानैदेखि प्रहरीले विभिन्न स्थानमा  निषेधाज्ञा मिच्नेहरुलाई नियन्त्रणमा लिएर सडकमै होल्ड गरेर राखेको छ । निषेधाज्ञा जारी भए पनि अस्पतालमा जाने बिरामी,मालवाहक ढुवानीका सवारी साधन तथा विद्युत्, दूरसञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोर व्यवस्थापन, मृत्यु संस्कारका लागि हिँडेका सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगातयका सवारीमा भने रोक लगाइएको छैन ।

एसएसपी ज्ञवालीले भने, “निषेधाज्ञा नागरिककै स्वास्थ्य जोखिमलाई  मध्यनजर गरेर गरिएको हो । कोरोनाविरुद्धको लडाई साझा लडाई हो । त्यसैले निषेधाज्ञा मिच्नुलाई बहादुरी नसम्झौं । घरमै बसौं सुरक्षित रहौं ।” उनले अत्यावश्यक काममा प्रहरीले समेत आवश्यक समन्वय गरिरहेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  ०८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro