site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
महालेखाको प्रणालीमा समस्या, सिस्टम अपग्रेड गर्दा प्राविधिक कठिनाइ
SkywellSkywell

काठमाडौं । कम्प्युटरमा आधारित सरकारी लेखा प्रणाली (सिगास) अपग्रेड गर्ने क्रममा समस्या देखिएको छ । सरकारको लेखापाल मानिने महालेखा नियन्त्रकको कार्यालयले खर्च भुक्तानी तथा राजस्व प्राप्तिको विवरण सूचना प्रविधिमा आधारित बनाउने क्रममा समस्या देखिएको हो ।

महालेखाले सिगास प्रयोगलाई व्यापाक विस्तार गर्ने गरी चालू आवको सुरुदेखि नै काम थालेको थियो । सिगास गत आवदेखि आंशिक रुपमा प्रयोग गर्न थालिएको छ । महालेखा नियन्त्रकको कार्यालयका कामलाई डिजिटल बनाउने क्रममा समस्या देखिएको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बाह्रखरीलाई जानकारी दिए ।

उनका अनुसार महालेखाले प्रयोग गर्ने २-३ वटा सिस्टमलाई इन्टिग्रेट गर्न लाग्दा समस्या देखिएको हो । उनले भने, “सिस्टम अपग्रेड तथा रिफर्म गर्दै छौं । जसका लागि गत शनिबार सबै प्रणाली अवरुद्ध गरेका थियौं । त्यसयता आंशिक रुपमा बनाउँदै, देखिएका कमी कमजोरी सच्याउँदै गएका छौं ।” पौडेलले १ सातामा सबै प्राविधिक समस्या समाधान हुने दाबी पनि गरे ।

Dabur Nepal
NIC Asia

महालेखाको कामलाई पूर्ण डिजिटल बनाउने क्रममा कार्यालय चालू वर्ष उल्लेख्य सुधारको काम गर्ने जनाएको छ । 

महालेखा नियन्त्रक गोपीनाथ मैनाली भन्छन्, “कम्प्युटरमा आधारित सरकारी लेखा प्रणालीको प्रयोग व्यापाक बनाउने क्रममा समस्या देखिएको छ । समस्या देखिएको करिब एक महिनाजति भइसकेको छ ।” जसकारण कतिपय निकायका कर्मचारीलाई तलब पठाउन पनि पाइएको उनले बताए ।

मैनालीका अनुसार कार्यालयका कर्मचारीलाई समस्या ठीक पार्न अहोरात्र खटाइएको छ ।

कार्यालयले गत शनिबार बिहान ७ देखि १० बजेसम्म पावर मेन्टेनेन्स तथा एकल खाता कोष प्रणाली, सिगास, विद्युतीय भुक्तानी प्रणालीलगायत प्रणाली सञ्चालन गर्न कार्यालयले ल्याएको सबै प्रणाली अवरुद्ध गरेको थियो ।

सिगासलाई अपग्रेड गर्ने क्रममा आएको समस्याले असार महिनाको पेन्सन पठाउन समस्या भएको थियो ।

महालेखाको काम-कारबाही सुधार गर्ने क्रममा चालु आवदेखि सिगास प्रयोगलाई व्यापकता दिनेसमेत सबै सरकारी भुक्तानी विद्युतीय बनाइनेछ । यस्तै वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्ने साना करदाताले बैंकमार्फत कर भुक्तानी गर्ने र आय विवरण बुझाउन सक्ने विद्युतीय प्रणाली कार्यान्वयनमा आइसकेको छ ।

यस्तै दुई वर्षमा सबै सरकारी भुक्तानी विद्युतीय बनाउने सरकारको योजना छ । अहिले एकचौथाइ भुक्तानी विद्युतीय हुने गरेको छ । संख्याका आधारमा दुईतिहाइ भुक्तानी विद्युतीय हुन्छ । यस्तो भुक्तानी तलबभत्तादेखि ठूलाठूला भुक्तानीसमेत पर्छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu