site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले काठमाडौंको मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले लामो समयसम्म पनि निर्माण सम्पन्न हुन नसकेको मूलपानी क्रिकेट मैदानको छिटो निर्माणसम्पन्न गर्नका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, बैठकले राष्ट्रिय गौरवका आयोजनाका लागि जनशक्तिलगायत आवश्यक पूर्वाधार तयार गरी खेलकुदका आयोजनालाई समयमा नै सम्पन्न गर्ने गरी काम गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ । 

बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले पूर्वाधारमा एक वर्ष परेको बजेटले अर्को निरन्तरता पाउन नसक्दा समयमा सम्पन्न गर्न कठिन हुने गरेको बताए । फुटबल रंगशालाका लागि विश्व फिफाले सहयोग गर्न तयार भए पनि जग्गा प्राप्त भने गर्न नसकिएको उनले बताए । 

मन्त्री चौधरीले सीमित स्रोत साधनकाबीच पछिल्लो समय खेलाडीको प्रदर्शन निकै राम्रो हुँदै गएको बताए । 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्