site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो इनिङमा आर्मीको बलियो योगफल, इम्रान र बसिरले बनाए अर्धशतक 

काठमाडौं । मोफसलमा जारी जय ट्रफी पुरुष इलाइट कपमा वाग्मती प्रदेशविरुद्ध विभागीय टोली त्रिभुवन आर्मी क्लबले उत्कृष्ट ब्याटिङ गर्दै पहिलो इनिङमा २७६ रन बनाएको छ । 

बुधबार जनकपुरको रामजानकी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको पहिलो इनिङको निर्धारित ६० ओभरमा पाँच विकेट गुमाएर २७६ रन बनाएको हो । योसँगै आर्मी जारी प्रतियोगितामा एक इनिङको निर्धारित ओभर पूरा खेल्ने पहिलो टिमसमेत बन्यो ।

आर्मीका ओपनर इम्रान सेखले उत्कृष्ट ब्याटिङ गर्दै ७२ रनको अर्धशतकीय इनिङ खेले । उनले १०४ बलमा ११ चौका प्रहार गरे । सेखले अर्का ओपनर तीर्थराज दाससँग पहिलो विकेटका निम्ति १०३ रनको शतकीय साझेदारी गर्दै आर्मीलाई बलियो सुरुआत दिलाएका थिए । 

२३.२ ओभरमा सन्दीप लामिछाने एलबीडब्लूको धरापमा पर्नुअघि दासले ४४ रन बनाए । उनले ७८ बलमा ६ चौका प्रहार गरे । 

आर्मीबाट मध्यक्रम ब्याटर बसिर अहमदले पनि अविजित अर्धशतकीय इनिङ खेले । उनले ६४ बलमा आठ चौकासहित ५३ रन बनाए । बसिरले २०७–५ को स्थितिबाट कुशल मल्लसँग ६९ रनको साझेदारी गर्दै आर्मीलाई बलियो योगफलसम्म पुर्याएका हुन् ।

बसिरसँगै अविजित रहेका कुशलले ४३ बलमा चार चौका र एक छक्कासहित ३५ रन थपे । 

यसबाहेक, भीम सार्कीले ५१ बलमा ३२ रन थपे । उनले दुई चौका र दुई छक्का प्रहार गरे । आर्मीका कप्तान विनोद भण्डारी भने ‘डक’ भए । यसअघि पहिलो खेलमा नेपाल पुलिस क्लबविरुद्ध अर्धशतक बनाएका सोमपाल कामी आज भने सात रनमा पभेलियन फर्किए । 

बाग्मतीका विपीन आचार्यले तीन विकेट लिए । १३ ओभर बलिङ गरेका विपीनले एक मेडन फ्याँक्दै ४६ रन खर्चिए । कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । २२ ओभर बलिङ गरेका सन्दीपले एक मेडन फ्याँक्दै १०३ रन खर्चिए । 

यसअघि पहिलो खेलमा यी दुवै टिमले बराबरी खेलेका थिए । आर्मी विभागीय डर्बीमा पुलिससँग बराबरीमा रोकिँदा बाग्मतीले मधेश प्रदेशविरुद्ध बराबरी खेलेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro