site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश २ मा थप एकको मृत्यु, ११७ संक्रमित 

जनकपुर । प्रदेश २ मा शनिबार थप एक जनाको मृत्यु भएको छ भने एक सय १७ जना संक्रमित थपिएका छन् । २८ जना डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमण भएर प्रदेश २ मा शनिबार थप एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका –३ घर भएका ७४ वर्षीय पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

त्यस्तै, शनिबार यस प्रदेशमा एक सय १७ जना संक्रमित थपिएका छन् । विज्ञप्तिमा उल्लेख भएअनुसार धनुषामा १६, महोत्तरीमा १४, पर्सामा ४७, बारामा ७ र सर्लाहीमा ३३ जनालाई कोरोना संक्रमण भएको छ ।  शनिबारसम्म यस प्रदेशमा मृतकको संख्या २६ पुगेको छ । तीमध्ये पर्सामा सबैभन्दा बढी १७ जना छन् भने बारा, सप्तरी र रौतहटमा दुई जनाको दरले तथा धनुषा, महोत्तरी र सिरहामा एक जनाको दरले मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश २ मा अहिलेसम्म पाँच सय ५८ महिलासमेत पाँच हजार छ सय ३१ पुगेको छ । ती मध्ये तीन हजार तीन सय ३४ जना अस्पतालबाट निको भएर घर फर्केका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro