
काठमाडौं । नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले राजतन्त्रसहितको हिन्दुराज्यको नारा चर्काइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई चुनौती दिएका छन् ।
राप्रपाले राजसंस्थाका पक्षमा वकालत गरिरहेको छ । रिजालले राप्रपाकै पूर्वअध्यक्ष पशुपतिशमशेर राणालाई ‘किन श्री ३ नबनाउने ?’ भन्दै प्रश्न गरेका हुन् ।
“तत्कालीन राजा त्रिभुवन र मोहनशमशेरको सम्झौताबाट राणाशासन अन्त्य भयो । ०६५ जेठ १५ बाट श्री ५ समाप्त भयो । अहिले आएर श्री ५ फर्कन्छ भने श्री ३ किन नफर्किने ?,” प्रतिनिधिसभा बैठकमा आइतबार (वैशाख १४) प्रश्न गर्दै रिजालले भने, “ज्ञानेन्द्रका नाति हृदयेन्द्र (शाह)लाई श्री ५ बनाउने हो भने राप्रपाले मोहनशमशेरका नातिलाई न्याय गर्नुपर्यो । पशुपतिशमशेरलाई श्री ३ बनाउनुपर्यो ।”