site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बानेश्वर झडपमा ६० शिक्षक घाइते भएको महासंघको दाबी, प्रहरी भन्छ– थाहा भएन

काठमाडौं । नेपाल शिक्षक महासंघले आज भएको शिक्षक र प्रहरीबीचको झडपमा ६० जना शिक्षक घाइते भएको जनाएको छ । महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले 'नियोजितरूपमा शिक्षकमाथि गरिएको आक्रमण'मा परी ६० जना घाइते भएको दाबी गरिन् ।

“म अस्पतालमा छु । हाम्रा ६० जना शिक्षक साथी घाइते भएका छन् । राज्यले नियोजितरूपमा शान्तिपूर्ण आन्दोलन बिथोल्ने प्रयास गर्‍यो । सुरुमा प्रहरीलाई बाहिरको मान्छेले ढुंगा प्रहार गर्‍यो । त्यसपछि माहोल बिथोलियो,” उनले भनिन् ।

काठमाडौं उपत्यका प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले भने ६० जना शिक्षक घाइते भएकोबारे आफूलाई जानकारी नभएको बताए ।

“६० जना घाइते भएको भन्ने कुरा हामीलाई थाहा भएन । हाम्रो तथ्यांकमा २० जना घाइते छन्,” उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro