site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नवाज कप फुटबलमा १६ टोली

अस्ट्रेलिया । नेपाल अस्ट्रेलिया वेलफेयर सोसाइटी (नवाज)ले सामाजिक कार्यसँगै खेलक्षेत्रमा पनि आफ्नो सहभागिता बढाएको छ । नवाजले ‘मार्की नवाज कप फुटबल’ यही आउँदो मे ४ देखि आयोजना गर्ने भएको छ ।  

अस्ट्रेलियाको सिड्नी वरपर रहेका १६ वटा फुटबल टोलीले सहभागिता जनाउने प्रतियोगितालाई यसपटक मार्की होक्सले मुख्य प्रायोजन गर्ने आयोजकले जनाएको छ । 

आठ हप्तासम्म चल्ने ‘मार्की नवाज कप फुटबल’मा पहिलो हुने टोलीलाई तीन हजार डलर, दोस्रोले १२ सय र तेस्रो हुने टोलीलाई ६ सय डलर नगदसहित पदक तथा प्रमाणपत्र वितरण गरिने आयोजक समितिका संयोजक बैकुण्ठ डंगोलले जानकारी दिए । 

प्रतियोगतामा उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार र ट्रफी रहेको बताउँदै भेट्रानका विजेतालाई समेत आकर्षक नगद पुस्कार रहने डंगोलले बताए ।

नवाजका अध्यक्ष चिरन तिवारीले २६ वर्षदेखि सोसाइटीले विभिन्न सामाजिक तथा खेलकुद कार्यक्रम आयोजना गर्दै आएको बताए । पैसाभन्दा पनि आपसी सद्भाव र भाइचाराका लागि जोड्ने अभियान नवाज कप रहेको अध्यक्ष तिवारीको भनाइ छ । 

कार्यक्रममा मुख्य प्रायोजक मार्की होम्सका कार्यकारी इर्शाद अहमदले समाजिक कार्य र समुदायको हितमा हुने हरेक  कार्यक्रममा आफ्नो सहभागिता र सहयोग रहँदै आएको बताए ।

इर्शादले भने, “एनआरएनमा युवा संयोजक हुँदा पनि नेपाली राष्ट्रिय फुटबल टोलीलाई अस्ट्रेलिया ल्याएर विशेष प्रशिक्षण गराएका थियौँ । भविष्यमा पनि खेल क्षेत्रमा आफ्नो सहभागिता रहनेछ ।” 

कार्यक्रममा एनआरएन एनएसडब्लूका सचिव कल्याण खड्काले फुटबलप्रेमीहरूका लागि यस्ताखाले प्रतियोगिता उत्सवका रूपमा रहने र यसले समाजका युवावर्गलाई जोड्ने कार्य गर्दै आएको बताए । 

प्रतियोगिताका ‘डाइरेक्टर’ डा. राजु मानन्धरले मुलुक चिनाउने अभियानका रूपमा रहेको खेलकुद र युवा वर्गलाई अनुशासनको ढांचामा बाध्ने फुटबल नेपाली समुदायको लागि अभिन्न अंग बनिसकेको बताए ।

अखिल नेपाल फुटबल संघका अस्ट्रेलिया प्रतिनिधि सुवास तामाङले नेपाली फुटबललाई अस्ट्रेलियासँंग जोड्ने र यसको विकासमा लागिपर्ने अभियानमा आफू रहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ११:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro