site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी भएको छ । 

न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले प्रारम्भिक सुनुवाइपछि कारण देखाऊ आदेश जारी गरेको हो । उक्त रिट अब आदेशका लागि संयुक्त इजलासमा जाने भएको छ । 

सभापति लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले गत आइतबार बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन् । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुल्सीपुर बुटवल इजलासको आदेशमा रवि पूर्वपक्षका लागि थुनामा छन् । 

यसअघि लामिछानेले ७३ नम्बर निवेदनमार्फत उच्च अदालतको आदेश बदरको माग गरेका थिए । उक्त निवेदनमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । 

उक्त आदेशको सुनुवाइ नहुँदै रविका तर्फबाट श्रीमती निकिताले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । रिटमा रविलाई गैरन्यायिक थुनामा राखिएको भन्दै रिहा गर्न माग गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro