
काठमाडौं । गोर्खा समाज अस्ट्रेलियाको नयाँ कार्यसमिति चयन गरिएको छ । छैटौँ साधारणसभामार्फत योगेन्द्रराज जोशी नेतृत्वमा आएका छन् ।
शनिबार (अप्रिल २६) सिड्नीमा आयोजित गोर्खा समाज अस्ट्रेलियाको साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो । समाजको उपाध्यक्षमा ईश्वरबाबु दाहाल, महासचिवमा राजु पोखरेल, सचिवमा कृष्ण भट्ट, कोषाध्यक्षमा सुजन श्रेष्ठ, प्रवक्तामा रीतु श्रेष्ठ र पब्लिक अफिसरमा सन्जिव अमगाई निर्विरोध चयन भए ।
युवा संयोजकमा अन्जन श्रेष्ठ, महिला संयोजकमा सुमित्रा मगराती र कार्यसमिति सदस्यमा दिनेश श्रेष्ठ, प्रेम खड्का, रेखा भट्ट, सविता डल्लाकोटी, उद्धव पोखरेल, रेश्मा ढकाल, विनय पन्त र विजयजंग थापालाई चयन गरिएको निवार्चन समितिका संयोजक डिल्ली ढकालले जानकारी दिए ।
नवनियुक्त अध्यक्ष जोशीले समाज अस्ट्रेलियाले आउँदा दिनमा थप सामाजिक कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
समाजले मानव सेवा आश्रमका निम्ति अस्ट्रेलियाभर च्यारिटी कार्यक्रमको आयोजना गरेर कुल एक लाख ९३ हजार डलर सहयोग गरेको थियो ।