site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पानीको फोहोरा लागेर पत्रकार सविना कार्की घाइते, तिलगंगामा उपचार हुँदै

काठमाडौं । शिक्षकको आन्दोलनमा भएको झडपमा परेर एक पत्रकार घाइते भएकी छन् । घाइते हुनेमा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की छिन् ।

जिल्ला परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार, प्रहरीले भिड तितरबितर पार्न पानीको फोहोरा प्रहार गर्दा सविनालाई लागेको हो ।

“उहाँलाई पानीको फोहोरा लागेको हो । उहाँसँग क्यामेरा पर्सन हुनुहुँदो रै'छ । उहाँले नै पानीको फोहोरा लागेको हो भन्नुभएको छ,” एसपी बोहोराले भने ।

प्रहरीका अनुसार, सुरुमा सविनालाई बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएको थियो । त्यहाँका चिकित्सकले ट्रमा सेन्टर रिफर गरेका थिए । तर, आँखामा गम्भीर चोट देखिएपछि तिलगंगा अस्पताल लगिएको छ ।

“उहाँको अहिले तिलगंगा अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म २० जना शिक्षक र तीनजना प्रहरी घाइते भएका छन्,” एसपी बोहोराले भने ।

कार्की आइतबार रिपोर्टिङका क्रममा बानेश्वर पुगेकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro