site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वोच्चले सबै पक्षको फाइल मगाएपछि एनआरएनए विवाद जटिल मोडमा

सिड्नी । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) विवादमा सबै पक्षका मिसिल फाइल मगाएपछि विवाद थप जटिल मोडमा धकेलिएको थियो ।

एनआरएनए निर्वाचनसम्बन्धी विवादबारे दायर भएको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले गत बुधबार यसअघि भएका फैसला र फैसला कार्यान्वयन निर्देशनालयका सबै फाइल मगाउन आदेश दिएको थियो ।

शेष घले नेतृत्वको उच्चस्तरीय समितिले मे ३ देखि ५ सम्म गर्ने भनेको एकता महाधिवेशनलाई ६ महिनापछि सार्न परराष्ट्र मन्त्रालयले दिएको निवेदनविरुद्ध घलेनिकट राजेश राणा अदालत पुगेपछि नयाँ आदेश आएको हो । 

सर्वोच्च अदालतले यसअघिका २०८० चैत र २०८१ साउनमा भएका फरकफरक फैसला र त्यसपछि फैसला कार्यान्वयन निर्देशनालयले पठाएको पत्रसमेत मगाएको हो ।

०७८ मा सम्पन्न एनआरएनएको १०औँ महाधिवेशन अवैधानिक भएको भन्दै घले पक्ष अदालत पुगेपछि सर्वोच्च अदालतले घले नेतृत्वको १३ सदस्यीय उच्चस्तरीय समितिलाई एकता महाधिवेशन गर्ने जिम्मेवारी दिएको थियो ।

यही फैसलाको आधारमा परराष्ट्र मन्त्रालयले ११औँ महाधिवेशनबाट निर्वाचित बद्री केसीको कार्यसमितिलाई काम गर्न रोक लगाएको थियो ।

परराष्ट्रको निर्णयविरुद्ध केसी नेतृत्वको कार्यसमिति फेरि सर्वोच्च अदालत गएको थियो ।

०८१ साउनमा सर्वोच्च अदालतले दशौँ महाधिवेशनको विवादले ११औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई असर नगर्ने भनेर अर्को फैसलासमेत गरेको थियो । त्यो फैसलापछि बद्री केसी नेतृत्वको एनआरएनएले आफ्ना गतिविधि गरिरहेको छ ।

सर्वोच्चले एनआरएनएको निर्वाचन विवादसँग सम्बन्धित विषयमा परराष्ट्र मन्त्रालयबाट भए/गरेका कारबाही, निर्णय, पत्राचारसहितका सक्कल फाइल पेसीका दिन महान्यायाधिवक्ताको कार्यालयमार्फत मगाउन आदेश दिएको छ ।

घले नेतृत्वको उच्चस्तरीय समितिले मे ३ देखि ५ सम्म गर्ने भनेको एकता महाधिवेशनमा घले पक्षका सातजना सहमति भए पनि संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामीछाने, भवन भट्ट, कुमार पन्तलगायत भने सहमतिबिना निर्वाचन गर्न नहुने पक्षमा छन् ।

संसारभर फैलिएको गैरआवासीय नेपाली संघको राष्ट्रिय संघहरूको समेत सहभागिताबिना घले पक्षले मे महिनामा गर्ने भनिएको चुनावको सर्वत्र विरोध भएपछि परराष्ट्रले निर्वाचन सार्न सर्वोच्चमा निवेदन दिएको हो ।

घले बसोबास गर्ने एनआरएन अस्ट्रेलियासमेत निर्वाचन प्रक्रियामा सहभागी भएको छैन । झन्डै १७ हजार सदस्य रहेको अस्ट्रेलियाबाट टिपनटापन गरेर १९९ सदस्य सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro