देश

काठमाडौं । घुसपैठ गरेको आरोपमा आन्दोलनरत शिक्षकहरूले एक विद्यालयकै कार्यालय सहयोगीलाई कुटपिट गरेको खुलेको छ ।
शिक्षक आन्दोलनमै सहभागी हुन आएका सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ स्थित श्री बोल्दे आधारभूत विद्यालयका कार्यालय सहयोगी पेम्बु नुर्बु तामाङ कुटिएका हुन् ।
घुसपैठको आरोपमा शिक्षकहरूले उनको कपडा च्यातेर कुटपिट गरेका थिए । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।
“शिक्षकहरूबाटै कुटिएका तामाङको मुख र कानमा चोट लागेको छ । घुसपैठ कतै पनि भएको छैन । शिक्षक समूहकै कार्यालय सहयोगीमाथि कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्छौं,” जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले भने ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२ १६:४४
प्रतिक्रिया दिनुहोस्