site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झिनो अंकले बढ्यो नेप्से, झन्डै ११ अर्बको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक ३.५८ अंकले बढेर २,६६१.६० विन्दुमा बन्द भएको हो ।

यसदिन कारोबार रकम तीन अर्ब रुपैयाँ बढेको छ । आज १० करोड ८७ करोड ५९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गत बिहीबार सात अर्ब ८७ करोड ९३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज १०४ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै, १४१ कम्पनीको सेयरमूल्य घटेको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.०२ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३ मध्ये ६ कम्पनीको सेयरमूल्य बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro