site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालको वैदेशिक व्यापार : किन्‍ने पनि तेल बढी, बेच्‍ने पनि तेल नै
Sarbottam CementSarbottam Cement

काठमाडौं । आर्थिक वर्ष ०७६/७७ मा पनि सर्वाधिक आयात र सर्वाधिक निर्यात हुने वस्तु ‘तेल’ नै बनेको छ । गत वर्षभर सबैभन्दा बढी जैविक तेल आयात भएको छ भने सबैभन्दा बढी निर्यात खाने तेल भएको छ ।

गत आर्थिक वर्षमा ८७ अर्ब ३७ करोड रुपैयाँको डिजेल आयात भएको थियो भने २८ अर्ब ३८ करोड रुपैयाँको पेट्रोल आयात भएको छ । यसमा अन्य जैविक इन्धनको आयात रकम जोड्दा १ खर्ब ९४ अर्ब रुपैयाँ पुग्छ । 

खाने तेलले कुल निर्यातको एकतिहाइ हिस्सा ओगट्छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षभर १८ अर्ब ३१ करोडको पाम आयल (ताडीको तेल) र १२ अर्ब ६९ करोड बराबरको भटमासको तेल निर्यात भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्यात रकममा अरु जनावर र वनस्पतिबाट उत्पादित तेलजन्य उत्पादन जोड्दा ३१ अर्ब १९ करोड रुपैयाँ हुन्छ । सवारी तथा उद्योगमा इन्धनका रुपमा प्रयोग हुने जैविक तेलको आयात सर्वाधिक हुँदा नेपालमा प्रशोधन गरेर भारततर्फ निर्यात हुने खाने तेलको निर्यात सर्वाधिक हुन्छ । पछिल्लो २ वर्षदेखि पाम तेल शीर्ष स्थानमा रहँदा अहिले भटमासको तेलले पछ्याइरहेको हो ।

आयाततर्फ जैविक तेल शीर्षमा, पछिल्लो वर्षभन्दा निकै कम
वर्षभर १५ लाख किलोलिटर डिजल आयात भएको छ । जसको मूल्य ८७ अर्बभन्दा बढी हुन्छ । डिजल आयातबाट सरकारले २९ अर्ब ७२ करोड रुपैयाँ राजस्व उठाएको छ ।

Global Ime bank

यस्तै ५ लाख १२ हजार किलोलिटर पेट्रोलको आयातमा २८ अर्ब रुपैयाँभन्दा बढी नेपाली मुद्रा बिदेसिएको छ । यसबाट राज्यले १७ अर्ब ८ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ । कुल १ खर्ब ९४ अर्ब ७९ करोड रुपैयाँको जैविक इन्धन आयात गर्दा राज्यले ६२ अर्ब ९९ करोड रुपैयाँ राजस्व उठाएको भन्सारको तथ्यांक छ ।

अघिल्लो आवको तुलनामा भने जैविक इन्धनको आयात घटेको छ । आर्थिक वर्ष ०७५/७६ मा २ खर्ब ५३ अर्ब ९९ करोड रुपैयाँको जैविक इन्धन आयात भएको थियो । जसबाट राज्यले ६६ अर्ब ३२ करोड रुपैयाँ राजस्व प्राप्त गरेको थियो ।

वस्तुगत हिसाबअनुसार सो आर्थिक वर्ष १ खर्ब १९ अर्ब ८८ करोड रुपैयाँको डिजेल आयात भएकामा २९ अर्ब रुपैयाँ ६० करोड रुपैयाँमात्र राजस्व उठेको थियो । त्यही वर्ष पेट्रोल पनि आव ०७६/७७ को भन्दा बढी आयात भएको थियो । पेट्रोल ३५ अर्ब ५४ करोड रुपैयाँको आयात भएको थियो भने १७ अर्ब ८६ करोड रुपैयाँ राजस्व उठेको थियो ।

राज्यले प्राप्त गरेको राजस्वमा भन्सार शुल्क, मुअ करलगायत इन्धनमा लाग्ने कर समावेश हुन्छ । आव ०७५/७६ को तुलनामा आव ०७६/७७ मा सरकारले इन्धनमा प्रतिलिटर १० रुपैयाँभन्दा बढी कर बढाएको छ । यस अर्थमा आयात घटे पनि इन्धनबाट उठ्ने राजस्व भने बराबरीजस्तो देखिएको हो ।

निर्याततर्फ खाने तेल अगाडि
पछिल्लो समय निर्याततर्फ पाम र भटमास तेलको चर्चा छ । एक वर्षको अवधिमा खाने तेलको निर्यात अढाइ गुणाले बढेको छ । आव ०७५/७६ मा पौने १३ अर्ब रुपैयाँको खाने तेल निर्यात भएकामा गत आवमा ३१ अर्ब रुपैयाँको खाने तेल निर्यात भएको छ ।

आव ०७५/७६ को कुल निर्यातमा १० प्रतिशत हिस्सा ओगटेको पाम तेलको निर्यात अघिल्लो आवमा बढेको छ । आव ०७६/७७ को कुल निर्यात रकमको करिब २० प्रतिशत पाम हो । यस्तै थप १३ प्रतिशत हिस्सा अर्को तेल अर्थात् भटमासले ओगटेको छ ।

आव ०७५/७६ मा २ अर्ब ३४ करोड रुपैयाँबराबरको मात्र भटमास तेल निर्यात भएको थियो । निर्यात भएको खाने तेलको रकम त बढेको छ नै लकडाउनका कारण अन्य वस्तुको निर्यात रोकिँदा कुल निर्यातमा खाने तेलको हिस्सा पनि बढेको हो ।

निर्यातित दुवै खाने तेल नेपालमा प्रशोधन मात्र, अर्को वर्ष भटमासले जित्ने सम्भावना
खाने तेलले निर्यातको हिस्सा ओगट्दै गर्दा यी दुवै तेलको निर्यात दिगो भने होइन । जसको कारण हो, दुवै तेलको कच्चा पदार्थ विदेशबाट आयात भएर नेपालमा प्रशोधन हुन्छ । नेपाली व्यवसायीले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रको लाभ उठाउँदै नेपालमा तेल प्रशोधन गरेर भारत निर्यात गर्ने गरेका हुन् ।

नेपाली व्यवसायीले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) को लाभ उठाएर पाम आयल र भटमासको तेल निर्यात गर्छन् । अतिकम विकसित मुलुकबाट हुने वस्तुजन्य आयातमा शून्य ट्यारिफको व्यवस्था विश्व व्यापार संगठनको ‘रुगिरो इनिसिएटिभ’ मा छ । साफ्टामा पनि यस्तै व्यवस्था छ ।

यसकारण नेपाली व्यवसायीले कच्चा सामग्री आयात गरी शून्य ट्यारिफ भारतमा निर्यात गराउँछन् । मलेसिया वा इन्डोनेसियाबाट हुने आयातमा ट्यारिफ ४० प्रतिशतको हाराहारीमा छ । सोही कारण भारतीयले नेपाली व्यवसायीसँग मिलेर नेपालमा प्रशोधन गर्ने र सस्तोमा भारत आयात गरिरहेका छन् । आयातित कच्चा तेल प्रशोधन गरी नेपाली व्यवसायीले ३० प्रतिशतसम्म मूल्य अभिवृद्धिसहित नाफा गर्ने गरेको दाबी गर्छन् ।

भटमासको तेलको पनि उस्तै अवस्था छ । भारतमा ताडी र भटमासको तेलको माग उच्च छ । भारतले पनि विगतमा केही छुट दिएको देखिन्छ । एलसी खोल्न सहज हुने, भारतीय व्यवसायी लाभान्वित हुने र उपभोक्ताले कम मूल्यमा किन्न पाउने हुँदा अरु देशभन्दा नेपालबाटै आयात गर्दा फाइदा छ ।

तर, पाम तेल दीर्घकालमा नेपालको निर्यात धान्ने उत्पादन भने होइन । नेपाल चाँडै अतिकम विकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा प्रवेश गर्दै छ । त्यसपछि पाम र भटमासको कच्चा पदार्थ आयात गरी, प्रशोधनपछि बेच्दा भारतीयका लागि केही महँगो पर्न जान्छ ।

गत आर्थिक वर्षभर १७ अर्ब ९९ करोड रुपैयाँबराबरको कच्चा पाम आयल आयात भएको छ । सो अवधिमा कच्चा भटमासको तेलको आयात कच्चा पाम आयलको भन्दा बढी अर्थात् १८ अर्ब ७२ करोड रुपैयाँको छ ।

तथ्यांकले नेपाली प्रशोधनकर्ताले ठूलो परिमाणमा कच्चा भटमास तेल आयात गरी होल्ड गरेको देखाउँछ जसको परिमाण पामको भन्दा बढी छ । वर्षभरमा १२ अर्बको मात्र मात्र भटमास तेल निर्यात भएको छ । नेपालको सानो बजारमा बाँकी परिमाणको तेल खपत नभएको अनुमान गरिन्छ । चालु आर्थिक वर्षमा थप पामको कच्चा तेल आयात नभए निर्यातमा पामलाई भटमासले उछिन्नेछ ।

भन्सार विभागका अनुसार कच्चा पामको आयात इन्डोनेसिया, मलेसिया, सिंगापुर र पपुवान्युगिनीबाट हुन्छ भने कच्चा सोयाबिन तेल अर्जेन्टिना, ब्राजिल, पाराग्वे, युक्रेन र इन्डोनेसियाबाट हुने गरेको छ ।

लकडाउन प्रभाव : आयात घट्यो र निर्यात स्थिर, व्यापार घाटामा भारी गिरावट
आर्थिक वर्ष ०७६/७७ मा नेपालको वैदेशिक व्यापार १४.५९ प्रतिशतले घटेको छ । आयातमा गिरावट आउँदा र निर्यात यथावत् रहँदा देशको वैदेशिक व्यापार आव ०७५/७६ को तुलनामा २ खर्ब २१ अर्ब रुपैयाँले घटेर १२ खर्ब ९४ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको हो ।

अघिल्लो आर्थिक वर्ष १५ खर्ब १५ अर्ब रुपैयाँबराबरको वस्तु तथा सेवा विदेशमा बिक्री वा विदेशबाट खरिद भएको थियो ।

लकडाउनका कारण ठप्प हुँदा चार महिना उपभोग्य सामानको आयातमा भारी गिरावट आएको छ । निर्यात भने सामान्य रुपमा बढेको देखिएको छ । विभागको तथ्यांकअनुसार आयातमा १५.६३ प्रतिशत कमी आएको हो भने निर्यात ०.६३ प्रतिशतले बढेको छ ।

विभागका अनुसार आव ०७६/७७ को १२ महिनामा ११ खर्ब ९६ अर्ब रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको छ । जबकि अघिल्लो आवको यही अवधिमा १४ खर्ब १८ अर्ब रुपैयाँको आयात भएको थियो ।

यस्तै गत आवको पहिलो ८ महिनामा उत्साहपूर्ण तरिकाले सुधार भएको निर्यातमा ब्रेक लागेको छ । आवभर भएको आयात अघिल्लो वर्षको भन्दा ०.६३ प्रतिशतले मात्र बढेको हो । आव ०७५/७६ मा ९७ अर्ब ११ करोड रुपैयाँको निर्यात भएकामा आव ०७६/७७ मा ९७ अर्ब ७० करोड कायम भएको छ ।

वैदेशिक व्यापारमा आयात घट्दा व्यापार घाटा पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा व्यापार घाटा १६.८३ प्रतिशतले खुम्चिएको हो । गत आवमा व्यापार घाटा २ खर्ब २२ अर्बले कम भएर १० खर्ब ९९ अर्ब रुपैयाँ कायम भएको छ ।

वैदेशिक व्यापार खुम्चिँदा भन्सार राजस्व संकलन पनि प्रभावित बनेको छ । आर्थिक वर्ष ०७५/७६ मा ३ खर्ब ६२ अर्ब ७५ करोड रूपैयाँ भन्सार राजस्व संकलन भएकोमा गत वर्ष २ खर्ब ९८ अर्ब रूपैयाँ मात्र संकलन भएको छ ।

यी पनि पढ्नुहोस् :

 

पाम आयलको भ्रम र यथार्थ : चर्चा निर्यातको, तर उल्टै पौने ३ अर्बको व्यापार घाटा

पाम आयल : कच्चा पदार्थ आयात गरेर निर्यातमा ‘नम्बर वान’

नेपालबाट निर्यात हुने पाम आयलमा भारतको रोक

पाम तेलमाथि भारतको प्रतिबन्ध : अल्पकालीन लाभका लागि पुनः पहल किन गर्ने ?

अर्थमन्त्रीले भने, ‘पाम तेल उद्योगको अन्त्य भयो’

तथ्यांकमा देखिएन पाम प्रतिबन्धको असर, व्यापार घाटा गत वर्षभन्दा ६ प्रतिशत कम

भारतमा पाम तेल निर्यात सहज हुने 

‘खाने तेल’ बेचेर ‘इन्धन’ किन्न कति सम्भव ?

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC