site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले भने– इजरायल र इरानलाई केही समय लड्न दिऊँ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच सम्झौता गराउन चाहेको र यसको सम्भावना  भएको बताएका छन् । तर, उनले कहिलेकाहीँ उनीहरूलाई संघर्ष वा लडाईं लड्न छोडिदिनु पर्ने बताएका छन् । 

दुई देशबीच बढ्दो द्वन्द्व कसरी सामाधान गर्ने भन्ने प्रश्नमा ट्रम्पले भने, “सम्झौता हुनेछ भन्नेम म आशावादी छु । सम्झौताको समय आएको छ  । के हुन्छ हामी हेर्दैछौँ । तर, कहिलेकाहीँ उनीहरूलाई लड्न दिनुपर्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ट्रम्पले क्यानाडामा जी–७ शिखर सम्मेलनमा जान तयार हुँदै गर्दा यसो भनेका हुन् । उनले अगाडि थपे, “मलाई लाग्छ सम्झौता हुने राम्रो सम्भावना छ ।”

ट्रम्पले अमेरिका र इरानसँग धेरै राम्रो सम्बन्ध भएको तथा इजरायल र इरानले एकअर्काप्रति उच्च आदर गर्ने बताए । 

तर, ट्रम्पले इजरायललाई इरानमा हवाई हमला रोक्न नभनेको प्रष्ट पारे । 

ट्रम्पकोे केही समय लडिरहुन् भन्ने अभिव्यक्ति रूस र युक्रेनबीचको द्वन्द्वको समयमा पनि प्रयोग गरेका थिए । यसमा उनले रुसको आक्रमणलाई दुई बच्चाहरूबीचको झगडासँग तुलना गरेका थिए । 

“कहिलेकाहीँ तपाईंले दुई साना बच्चाहरू पागलजस्तै झगडा गर्दै गरेको देख्नुहुन्छ । उनीहरू एकअर्कालाई घृणा गर्छन् र पार्कमा झगडा गरिरहेका हुन्छन्,” ट्रम्पले यो महिनाको सुरुमा ह्वाइट हाउसको ओभल अफिसमा भनेका थिए, “तपाईंले उनीहरूलाई छुट्याउन खोज्नुहुन्छ तर उनीहरू छुटिन चाहँदैनन् । कहिलेकाहीँ उनीहरूलाई केही समय लड्न दिएपछि छुट्याउनु राम्रो हुन्छ ।” सीएनएन

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ०८:२४
प्रतिक्रिया दिनुहोस्