site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालबाट निर्यात हुने पाम आयलमा भारतको रोक
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारत सरकारले नेपालबाट निर्यात हुन पाम आयलको आयात रोक लगाएको छ । भारतले बुधबार नेपाललगायत अन्य देशबाट हुने आयातमा रोक लगाएको हो । 

वैदेशिक व्यापार सम्बन्धी ऐन १९९२ अन्तर्गतको वैदेशिक व्यापार नीति २०१५-२०२० मा संशोधन गर्दै भारतले प्रशोधित पाम आयल आयातमा रोक लगाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

एग्जिम कोड १५११९० अन्तर्गत रहेको पाम तेल तथा पामोलिन आयात रोक लगाएको हो । एग्जिम को १५११९० मा पाम तेल र यसका रेसिडुअल पर्दछन् । यो भारतको  वाणिज्य विभागको वैदेशिक व्यापार महानिर्देशनालयले जारी गरेको हो ।

आयातित वस्तुको भारतीय व्यापार वर्गीकरण (एचएस) २०१७ को च्याप्टरमा १५ लाई संशोधन गरेको थियो । भारतीय व्यापार नीति २०१५-२० मा नियमन नगरुन्जेलसम्म आयातित वस्तुहरुमा एग्जिम कोड १५११९० को आयातमा प्रतिबन्ध लगाएको हो । 

Global Ime bank

चालु आर्थिक वर्षको पाँचौं महिनासम्म पाम आयल गत वर्षको सोही अवधिको तुलनामा ७५६.१ प्रतिशतले वृद्धि भइ ११ अर्ब ५२ करोडको निर्यात भएको थियो ।  पाम आयल नेपाली उत्पादन नभई तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरेर भारत पठाइँदै आएको थियो । जसले गर्दा निर्यात बढेको र व्यापार घाटामा केही आएको देखिन्थ्यो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  २२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय