अर्थ व्यवसाय
16138872711681016527.jpg)
काठमाडौं । नेपाली बजारमा सोमबार (असार २) सुनचाँदीको मूल्य स्थिर छ । यस दिन सुनचाँदी आइतबार (असार १)कै मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार ५०० रुपैयाँ कायम छ । आइतबार पनि छापावाल सुन यही मूल्यमा खरिद–बिक्री भएको थियो ।
चाँदीको मूल्य तोलाको दुई हजार १६५ रुपैयाँ कायम छ । आइतबार पनि चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा नै कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, असार २, २०८२ ११:२२
प्रतिक्रिया दिनुहोस्