site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तथ्यांकमा देखिएन पाम प्रतिबन्धको असर, व्यापार घाटा गत वर्षभन्दा ६ प्रतिशत कम
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालू वर्षको पहिलो ६ महिनासम्म पनि नेपालको व्यापार घाटा कम नै भएको देखिएको छ । वैदेशिक व्यापारमा निर्यातको ठूलो हिस्सा आगटेको पाम तेल निर्यातमा भारतले प्रतिबन्ध लगाए पनि नेपालको व्यापार घाटा भने अझै अघिल्लो वर्षको यही अवधिको तुलनामा कम देखिएको हो ।

पहिलो ५ महिनामा ११ अर्ब ५२ करोड रुपैयाँ बराबरको निर्यात भएको पाम तेलमा पुसको अन्तिम साता भारतले आयातमा प्रतिबन्ध लगाएको थियो । तर, सुरुको तीन साता नै हासिल भएको गुणात्मक वृद्धिले व्यापार घाटा कम बनाउन साथ दिएको देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो ५ महिनामा औसतमा प्रतिमहिना २ अर्ब ३० करोड रुपैयाँको पाम तेल निर्यात भएकोमा पुसमा त्यो बढेर २ अर्ब ३७ करोड रुपैयाँको निर्यात भएको छ ।

भन्सार विभागले प्रकाशन गरेको वैदेशिक व्यापारको अवस्थामा चालू आवको पहिलो ६ महिनामा नेपालले ६ अर्ब ३७ करोड रुपैयाँ व्यापार घाटा बेहोरेको देखिन्छ । तर, सो घाटा अघिल्लो आवको तुलनामा ६ दशमलब शून्य ६ प्रतिशत कम हो । आर्थिक वर्षको सुरुदेखि नै ओरालो लागेको व्यापार घाटाले पुस मसान्तसम्म नै निरन्तरता पाएको हो ।

Global Ime bank

भन्सार विभागका अनुसार गत आवको पहिलो ६ महिनामा नेपालले ६ खर्ब ७८ अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । यस अवधिमा नेपालको समग्र वैदेशिक व्यापार नै घटेको देखिन्छ । नेपालले पुससम्ममा कुल ७ खर्ब ५१ अर्ब रुपैयाँको व्यापार गरेकोमा सो आकार अघिल्लो आवको सोही अवधिको तुलनामा २ दशमलब २६ प्रतिशतले कम हो ।

आयातमा अघिल्लो आवको पहिलो ६ महिनाको तुलनामा ४ दशमलब शून्य ४ प्रतिशतको कमी आउनुले समग्र वैदेशिक व्यापार र व्यापार नै घटाएको देखिन्छ । अवधिमा ६ खर्ब ९४ अर्ब रुपैयाँमा ओर्लिएको छ ।

अस अवधिमा निर्यात भने अघिल्लो आवको सोही अवधिको तुलनामा एक–चौथाइले बढेको छ । चालू आवको ६ महिनामा निर्यात २६ दशमलब १३ प्रतिशतले बढेर ५७ अर्ब २७ करोड रुपैयाँ पुगेको हो ।

पहिलो ६ महिनामा सबैभन्दा बढी पाम तेल निर्यात भएको छ । पामलाई पछ्याउँदै भटमासको तेल निर्यात दोस्रो स्थानमा छ । यस अवधिमा ४ अर्ब ३७ करोड रुपैयाँको भटमास तेल निर्यात भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय