site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पाम आयलको भ्रम र यथार्थः चर्चा निर्यातको, तर उल्टै पौने ३ अर्बको व्यापार घाटा
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही समययता पाम आयल (ताडीको तेल) को चर्चा बढिरहेको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा पाम आयल नेपालबाट सबैभन्दा बढी निर्यात हुने उत्पादन रहेको चर्चा हुने गर्छ । 

चर्चा गरिएअनुसार पाम आयल गत आर्थिक वर्षमा सबैभन्दा बढी निर्यात भएको पनि हो । तर, यसबाट राज्य र व्यवसायी स्वयम्ले पाउने प्रतिफल भने निकै कम छ । किनकि पाम आयलले निर्यात बढाए पनि राज्यले व्यापारघाटा सहिरहेकै छ । 

कसरी ?

Prabhu Bank
Agni Group
NIC Asia

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा १० अर्ब ३३ करोड ३० लाख रुपैयाँको प्रशोधित पाम आयल निर्यात भएको देखिन्छ । वर्षभर ९ करोड ५६ लाख ६४ हजार किलो पाम आयल निर्यात भएको हो । यससँगै अरु १५ किलो कच्चा पाम आयल २ हजार रुपैयाँमा नेपालबाट निर्यात गरिएको भन्सार विभागको तथ्यांकले बताउँछ ।

यसैगरी चालू आर्थिक वर्षको पहिलो महिना पनि पाम आयलले नै नेपालको निर्यातको सबैभन्दा ठूलो हिस्सा ओगटेको देखिन्छ । पहिलो महिनामा भएको कूल ८ अर्ब ८३ करोड रुपैयाँको निर्यातमध्ये १ अर्ब ७५ करोड रुपैयाँको निर्यात पाम आयल नै भएको हो ।

Global Ime bank

राज्यबाट निर्यात हुने सबैभन्दा ठूलो वस्तु र तथ्यांकमा निर्यात बढाउने काम भए पनि राज्यलाई पाम आयलको निर्यातबाट धेरै लाभ छैन । किनकि नेपालमा पामको कच्चा पदार्थ पर्याप्त मात्रामा उपलब्ध छैन । कच्चा तेल पनि इन्डोनेसिया, मलेसिया तथा थाइल्यान्डबाट आयात गरेर प्रशोधन गरिन्छ ।

भन्सार विभागको तथ्यांकले पनि पाम आयलको निर्यातमार्फत् राज्यमा ठूलो मूल्य अभिवृद्धि (भ्यालु एड) भएको पुष्टि गर्दछ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष पाम आयल निर्यात भए पनि ठूलो व्यापार घाटा छ । गत वर्षभर ११ अर्ब ८६ करोड रुपैयाँको कच्चा पाम आयल आयात गरी प्रशोधन गरिएको हो । यसमा पाम बनाउन प्रयोग गरिने एसिड र इस्टरको आयात समावेश छैन । सो वर्ष ११ करोड ६२ लाख रुपैयाँको ती कच्चा वस्तु आयात भएको विभागको तथ्यांक छ ।

यसबाहेक पामकै अन्य उत्पादन हेर्ने हो भने गत वर्षभर ९९ करोडको पाम आयल आयात भएको छ । यसैगरी १२ करोड ६३ लाख रुपैयाँ बराबरको पामबाट बन्ने बाबासु तेल, १ लाख ८३ हजार रुपैयाँको पाम हार्ट (खाद्य पदार्थ) र ५६ हजार रुपैयाँ बराबरको पामको फल आयात भएको छ ।

यसको अर्थ गत वर्षभर १३ अर्ब १० करोड रुपैयाँको पामजन्य तयारी वस्तु तथा कच्चा पदार्थ आयात गरी नेपालले १० अर्ब ३३ करोड रुपैयाँ बराबरको प्रशोधित तेल र कच्चा पदार्थ निर्यात गरेको छ ।

अर्थात् राज्यले पामबाट २ अर्ब ७७ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

चालू आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकले पनि पामजन्य उत्पादनको आयात–निर्यातबाट नेपाललाई खासै फाइदा नभएको प्रष्ट पार्दछ । यद्यपि पहिलो महिना पाममा व्यापार घाटा नहुनुले सकारात्मक संकेत गर्दछ ।

भन्सार विभागका अनुसार साउनमा १ अर्ब ६७ करोड रुपैयाँको पामजन्य उत्पादन तथा कच्चा पदार्थ आयात भएर १ अर्ब ७५ करोड रुपैयाँको प्रशोधित पाम आयल निर्यात भएको देखिन्छ । आयातमध्ये इन्डोनेसिया, मलेसिया र पपुवा न्युगिनीबाट कच्चा तेल, इन्डोनेसिया र मलेसियाबाट प्रशोधित तेल, चीनबाट पाम हार्टस् तथा चीन, भारत र मलेसियाबाट प्रशोधन गर्न आवश्यक एसिड तथा इस्टर नेपाल भित्रिएको छ ।

भन्सारको तथ्यांकबाट नेपालमा प्रशोधन भएको पाम आयल सबै भारत निर्यात हुने गरेको देखाउँछ । यसअर्थमा नेपालले स्वयम् ताडीको कच्चा सामग्री उत्पादन गर्न नसक्ने देखिन्छ । तर, तराईका जिल्लामा केही स्थानमा पाम (ताडी) रोपिने भएपनि यसको उपयोग निकै कम हुने गरेको छ । ती पदार्थ स्थानीय बजारमै खपत हुने गरेको छ ।

व्यापार घाटा भए पनि राजस्वमा ठूलो योगदान

निर्यातमा टेवा पुर्याएको पाम आयलमार्फत् राज्यले व्यापार घाटा नै सहे पनि राजस्वमा भने ठूलो मात्रामा योगदान दिने गरेको भन्साको तथ्यांकले देखाउँछ । विभागका अनुसार गत वर्षभर पामजन्य उत्पादन आयातमार्फत् राज्यले २ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी चालू आवमा पनि साढे २८ करोड रुपैयाँ आयातबापत राजस्व संकलन गरिएको छ ।

आयातमार्फत् उठाइने राजस्वमध्ये सबैभन्दा बढी कच्चा पाम आयलमार्फत् नै उठ्ने गरेको हो । प्रशोधित पाम आयल गत वर्षदेखि निर्यात हुन थालेको जानकारहरु बताउँछन् ।

सरकारी अधिकारीहरु नेपाली व्यवसायीले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)को लाभ उठाएर पाम आयल निर्यात गरेको दाबी गर्छन् । उनीहरुका अनुसार अल्पविकसित मुलुकले गरेको वस्तुजन्य निर्यातमा शून्य ट्यारिफको व्यवस्था साफ्टामा छ । यसकारण नेपाली व्यवसायीले कम ट्यारिफ कच्चा सामग्री आयात गरेर शून्य ट्यारिफ निर्यात गर्ने गरेका हुन् ।

भारतमा यस्तो उत्पादन आयातमा ट्यारिफ उच्च छ । सोहीकारण नेपाली व्यवसायीले उनीहरुसँग मिलेर नेपालमा प्रशोधन गर्ने र नेपालबाट भारत निर्यात गर्ने गरेको बताइन्छ ।

यसकारण पनि नेपाली व्यवसायीले अंगालेको यो व्यवसाय गैरकानुनी नरहेको दाबी गरिएको छ । एकजना नेपाली पाम आयल निर्यातकर्ताले बाह्रखरीसँग भने, “हामीले कुनै गैरकानुनी काम गरेका छैनौं । हामीले कच्चा तेल प्रशोधन गरेर ३० प्रतिशतसम्म मूल्य अभिवृद्धि गर्ने गरेका छौं ।”

तर, व्यवसायीले भनेझैं सरकारी अधिकृतहरु पाम आयलको निर्यातले उच्च भ्यालु एड गर्ने स्वीकार गर्दैनन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका एक अधिकारीले भने, “पाम आयलबाट धेरै मूल्य अभिवृद्धि नहुने कुराको पुष्टि कच्चा र प्रशोधित तेलको हार्मोनाइज्ड सिस्टम (एचएस) कोडले देखाउँछ ।” उनका अनुसार एचएसको पहिलो चार अंक फरक भएमात्र उच्च मूल्य अभिवृद्धि हुन्छ । तर, कच्चा तेलको एचएस कोड १५१११००० हो भने प्रशोधित तेलको एचएस कोड १५११९००० हो ।

नेपालबाट यसकारण बढ्यो पाम आयलको निर्यात

पाम आयल आयात गर्ने विश्वको सबैभन्दा ठूलो मुलुक भारत हो । भारतले एक वर्षमा करिब १५ मिलियन टन पाम आयल आयात गर्ने गरेको भारतीय मिडियाको दाबी छ । तर, भारतमा पाम आयल तीन लाख टनमात्रै उत्पादन हुन्छ ।

पामको बढ्दो आयातदरसँगै भारत सरकारले पाम तेल आयातको भन्सारदर बढाइरहेको छ । जसकारण पामको सबैभन्दा ठूला उत्पादक मुलुकहरु इन्डोनेसिया, मलेसियाबाट हुने आयात निकै घटेको थियो । तर, अल्पविकसित मुलुक भएकाले नेपालबाट भित्रिने पाम आयलमा शून्य भन्सार छ । यसैको फाइदा उठाउँदै नेपाली व्यवसायीहरुले ईन्डोनेसिया, मलेसियालगायत मुलुकबाट कच्चा तेल अयात गरेर प्रशोधन गरी मुनाफा आर्जन गरेका छन् । फलस्वरुप नेपालको निर्यात दर बढी देखिन थालेको छ ।

पाम र यसको प्रयोग

पाम एक तेलजन्य वनस्पति हो । पाम आयलको प्रयोग पनि दक्षिण एसियाली मुलुक र अफ्रिकामा एकदमै बढी छ । यसले कुनै पनि पकाएको वस्तुलाई अलि लामो आयु दिन तथा ‘क्रन्ची’ बनाइराख्न मद्दत गर्दछ । यो तेल पिज्जा, दुनोट, चकलेट, स्याम्पु, टुथपेस्ट, लिपिस्टिकसमेत बनाउन उपयोगी हुने गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय