site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

सरकारका अस्थिर र उटपट्याङ देखिने रणनीति तथा अभ्यासले महामारीको त्रास झन् बढाएको छ । मूलतः नागरिकको जीवन रक्षा राज्यको पहिलो प्राथमिकता हुनुपर्ने भए पनि नेपालमा सरकारले अरू नै पक्षलाई बढी महत्त्व दिने गरेको हुन्छ । यसपटक कोभिड–१९ महाव्याधिको संकटमा त झन् सरकारको सामान्य जनताको जीवन जोखिममा पारेर पनि ठालुहरूको सुविधा र सुरक्षा बढाउने चरित्रमा भने राणाकालकै झल्को देखिन थालेको छ । एकातिर खर्च जोगाउने नाममा क्वारेन्टिनमा राखिएका जनसाधारणमा कोभिड–१९को लक्षण नदेखिएसम्म कुनै पनि परीक्षण नगर्ने निर्णय गरिएको छ भने अर्कातिर कथित विशिष्ट व्यक्तिहरूको भने धमाधम पीसीआर परीक्षण गरिएको छ । यो जनसाधारणको जिन्दगी मामुली र ठालुहरूको जीवन महत्त्वपूर्ण ठान्ने सामन्ती अधिनायकवादी मानसिकताबाट प्रेरित निर्णय हो । 

कोभिड–१९ को संक्रमण फैलन थाल्नेबित्तिकै फर्कन चाहने विदेशमा बसेका नेपालीलाई स्वदेश फर्काउने योजना बनाउन देशभित्रबाट सरकारलाई विज्ञहरू, सामाजिक अगुवा र सञ्चार माध्यमबाट सल्लाह दिइयो । प्रधानमन्त्री केपी ओलीलगायतले फर्काउने आश्वासन दिनुको साटो सार्वजनिकरूपमै कटुवचन सुनाए । अहिले सरकार केही नेपालीलाई खाडी र मलेसियाबाट फर्काउने तयारीमा लागेको बताइएको छ । तर, यसरी फर्काउँदा सरकारले महँगो चार्टर्ड उडान गर्न लागेपछि मलेसिया, कतार र साउदी अरेबियामा कार्यरत नेपाली राजदूतहरूले नै त्यसको औचित्यमा प्रश्न उठाएका छन् । उनीहरूले सरकारलाई महँगो चार्टर्ड उडानको साटो नियमित उडान सञ्चालन गर्ने अनुमति दिन र श्रम सम्झौताअनुसार श्रमिकले रोजगारदाताबाट पाउने फिर्ती हवाई टिकटको सुविधा उपयोग गर्न पनि सल्लाह दिएका छन् । उनीहरूको परामर्श मानियो भने सम्भवतः करोडौँ रुपियाँ जोगिने थियो ।

KFC Island Ad
NIC Asia

क्वारेन्टिनमा राखिएका जनसाधारणको कोभिड –१९ को परीक्षणमा खर्च जोगाउने नाममा कन्जुसी गर्ने तर नियमित उडानबाट आउनसक्ने र पहिले नै हवाई टिकट भएकाहरूलाई फर्काउन हवाई जहाज चार्टर गर्ने सरकारी निर्णय मूर्खतामात्र हो कि ‘ओम्नी’सँगको चिकित्सा सामग्री खरिदजस्तै कुनै बदनियत प्रेरित हो अहिल्यै किटेर भन्न सकिँदैन । तर, दुवै निर्णय गलत भएकाले तत्काल सच्याउनुपर्छ भन्न भने हिचकिचाउन पर्दैन । व्यवस्थापनको कमजोरी र हेलचेक्य्राइँका कारण क्वारेन्टिनहरू सुरक्षित आश्रयको सट्टा भाइरस सल्काउने ठाउँ बनेका छन् । कतिपयलाई अहिले क्वारेन्टिनमै कोभिड–१९ संक्रमण भएको छ । लक्षण नदेखिएका संक्रमितको सम्पर्कमा पुग्नेहरूलाई पनि भाइरस सर्ने जोखिम हुन्छ । 

अव्यवस्थित क्वारेन्टिनमा रहेकाहरूलाई पीसीआर परीक्षण नगरी पठाउँदा सिंगै समुदाय जोखिममा पर्छ । पैसा जोगाउनज परीक्षणै नगर्ने निर्णय  गर्ने सरकारले उपचार गरिदेला भनेर कसरी विश्वास गर्ने ? विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको ¥यापिड डायग्नोस्टिक टेस्टमा जोड दिने तर पैसा जोगाउने भन्दै समुदाय नै संक्रमित बनाउने मूर्खतापूर्ण निर्णय सरकारले तत्काल सच्याओस् । आफ्ना राजदूतहरूसँग परामर्श गरेर नागरिकको जीवन जोखिममा नपर्ने भए हवाई उडानको खर्च घटाउने उपाय खोज्नु बुद्धिमानी हुनेछ । यस्तो कुव्यवस्थाका लागि इतिहासले प्रधानमन्त्री ओलीलाई दोषी ठहर गर्नेछ भने सरकारले अहिले गर्ने मूर्खता, भ्रष्टाचार र हेलचेक्य्राइँको दुष्परिणाम सामान्य जनताले भोग्नुपर्छ । प्रधानमन्त्री ओलीले बुद्धि र विवेक प्रयोग गरेर जनतालाई दुष्परिणाम भोग्नबाट र आफूलाई कलंकबाट जोगाऊन् । 
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro