site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दरबारमार्गमा सुरू भयो २५ तले अन्नपूर्ण स्क्वायरको निर्माण, अध्यक्ष गुरूङ भन्छन्– सुन्दर नेपालको प्रतीक हुनेछ 

काठमाडौं । दरबारमार्गमा २५ तलासहितको अन्नपूर्ण स्क्वायर निर्माण प्रारम्भ भएको छ ।

यसअघि होटल अन्नपूर्ण रहेको स्थानमा भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा निर्माण थालेको हो ।

सोमबार एक विशेष समारोहका बीच भूमि पुजा सम्पन्न गर्दै कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा निर्माण थालिएको बताए ।

bhatbhateniaanpurna-(24)-1731913399.jpeg
 

उनी भाटभटेनी सुपरमार्केटका अध्यक्ष पनि हुन् । “भारतको आर्किटेक्चर कम्पनीले यसको डिजाइन गरेको छ,” उनले बाह्रखरीसँग कुरा गर्दै भने, “दुई चरणमा काम सम्पन्न गर्ने योजना बनाएका छौँ । २०८५ वैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।”

bhatbhateniaanpurna-(22)-1731913398.jpeg
 

अन्नपूर्ण स्क्वायर २५ तलाको हुनेछ । जहाँ होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा रहनेछ भने ४० कोठा अपार्टमेन्ट हुनेछ । भाटभटेनीको एउटा स्टोर पनि त्यहाँ रहनेछ ।

कम्तिमा पनि ६ अर्ब रूपैयाँको लगानीमा निर्माण थालिएको होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउनेछ ।

bhatbhateniaanpurna-(18)-1731913397.jpeg
 

“सुन्दर नेपालको सुन्दरताको प्रतीक निर्माण गर्ने लक्ष्य राखेर काम अघि बढाएका छौँ,” अध्यक्ष गुरूङले भने, “२०८५ वैशाख १ गतेबाट होटल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । अहिले पुरानो संरचना भत्काइरहेका छौँ । नगरपालिकाले जति छिटो अनुमति दिन्छ हामीले त्यति नै छिटो निर्माण पनि थाल्नेछौँ ।”

साढे तीन सय कोठा रहने उक्त होटल नेपालकै गौरव गर्न सक्ने संरचनाको रूपमा निर्माण गर्न लागिएको भए पनि मूल्य भने ‘रिजनेवल’ हुने उनले बताए ।

bhatbhateniaanpurna-(19)-1731913397.jpeg
 

“होटल र आर्केड निर्माण हुन्छ । होटल अलग्गै र आर्केड अलग्गै हुन्छ,” गुरूङले भने, “साढे तीन सय कोठासहितको होटल निर्माण हुन्छ । बैंक्वेट हल २५ सय, २ हजार  र १५ सय क्षमताका तीनवटा हुनेछ । धेरै राम्रा कोठा हुनेछन्  तर महंगा होइनन् । मूल्य रिजनेबल हुन्छ ।”

bhatbhateniaanpurna-(21)-1731913397.jpeg
 

आर्केड डेढ वर्षमा र होटल साढे दुई वर्षमा निर्माण सकिने पनि उनले बताए ।

“नेपालमा पनि केही हुन सक्छ भन्ने सन्देश जाओस् भनेर निर्माण थालेका हौँ,” उनले भने, “तीनवटा समूह मिलेर निर्माण थालेका हौँ । व्यवस्थापन आईटीसीको वेलकम ब्रान्डलाई दिएका छौँ । सबै व्यवस्थापन उहाँहरुले हेर्नुहुनेछ ।”

bhatbhateniaanpurna-(5)-1731913393.jpeg
 

गुरूङलाई बढी कर तिर्नेको सूचीमा राख्दै सरकारले शनिबार विशेष सम्मान पनि गरेको थियो ।

“हाम्रा (भाटभटेनी) दुईवटा लक्ष्य छन्, एउटा हो– रोजगारी सिर्जना गर्दै जाने र राज्य कोषमा अत्यधिक भन्दा अत्यधिक कर तिर्दै जाने ।”

त्यसपछि मात्रै मुलुक समृद्ध बन्ने उनको धारणा छ ।

bhatbhateniaanpurna-(4)-1731913392.jpeg
 

“राजश्व चाहिँ देशमा जरुरी छ । सबै व्यवसायी दत्तचित्त भएर लागे भने सम्भव पनि छ,” उनले भने, “देश बनेन भने हामी बन्न सक्दैनौँ । देश सम्पन्न भएन भने हामी सम्पन्न हुँदैनौँ । देश सम्पन्न हुनका लागि राजश्व बढ्नैपर्छ ।”

bhatbhateniaanpurna-(3)-1731913392.jpeg

bhatbhateniaanpurna-(2)-1731913392.jpeg

bhatbhateniaanpurna-(1)-1731913392.jpeg

bhatbhateniaanpurna-(6)-1731913393.jpeg

bhatbhateniaanpurna-(10)-1731913394.jpeg

bhatbhateniaanpurna-(15)-1731913395.jpeg

bhatbhateniaanpurna-(17)-1731913396.jpeg

bhatbhateniaanpurna-(12)-1731913395.jpeg

bhatbhateniaanpurna-(13)-1731913395.jpeg

 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro